भारतले श्रीलंकामा तीन एकदिवसीय र पाँच टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने

एजेन्सी। भारतीय क्रिकेट टिमले श्रीलंकामा तीन एकदिवसीय अन्तर्राष्ट्रिय र पाँच ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखला खेल्ने भएको छ। भारतीय क्रिकेट बोर्डका अध्यक्ष सौरभ गांगुलीले जुलाईमा श्रीलंकाको भ्रमण गर्ने बताए। श्रीलंका भ्रमणमा भारतले दोस्रो रोजाईको टिम खेलाउने सम्भावना छ। किनकि साउथह्याम्पटनमा हुने न्युजिल्यान्डविरुद्धको टेष्ट च्याम्पियनसिप फाइनल र इङ्ल्यान्डविरुद्ध पाँच खेलको टेष्ट शृंखलाका लागि विराट कोहली नेतृत्वको टिम जुनको सुरुमै इङ्ल्यान्ड जानेछ।

सम्बन्धित सामग्री

अफगानिस्तानलाई हराउन दुई पटक सुपर ओभर खेल्यो भारतले

काठमाडौं । भारत र अफगानिस्तानबीच बुधवार ऐतिहासिक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट भयो । २ सय १३ रनको लक्ष्य पाएको अफगानिस्तानले खेल टाई गरेपछि सुपर ओभरमा पुगेको थियो । तर पहिलो सुपर ओभर पनि टाई भएपछि फेरि सुपर ओभर भएको थियो । यस पटक भने भारत भाग्यमानी साबित भयो । पहिलो सुपर ओभरमा अफगानिस्तानले १६ रनको लक्ष्य […]

टी-२० वरियतामा नेपालको सुधार, उक्लियो १२ औँ स्थानमा

काठमाडौं । नेपाल टी-२० अन्तर्राष्ट्रिय क्रिकेटको विश्व वरियतामा १२ औँ स्थानमा उक्लिएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले आइतबार ताजा वरियता सार्वजनिक गरेको हो । नेपाल एक स्थानमाथि उक्लिएको छ। घरेलु मैदानमा आयोजित त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखला जितेपछि नेपालको वरियता सुधार भएको हो । विश्व वरियतामा भारत शीर्षस्थानमा छ । इङ्गल्यान्ड दोस्रो, पाकिस्तान […]