एमाले अध्यक्ष ओली फुटबल हेर्न दशरथ रंगशालामा

काठमाडौं : पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाल र भारतबीचको मैत्रीपूर्ण फुटबल खेल अवलोकन गर्न दशरथ रंगशालामा पुगेका छन्।आइतबार अपरान्ह उनी फुटबल हेर्न दशरथ रंगशालामा पुगेका हुन्। यस्तै गृहमन्त्री बालकृष्ण खाण पनि खेल हेर्न दशरथ रंगशाला पुगेका छन्। नेपाल र भारतबीच दोस्रो मैत्रीपूर्ण खेल भर्खरै सुरु भएकाे छ। यसअघि गत बिहीबार भएको पहिलो मैत्रीपूर्ण खेलमा दुबै टिमले १–१ गोलको बराबरी खेलेका थिए। तस्वीर :  शिला तिम्सिना

सम्बन्धित सामग्री

सन्ध्याकालीन आरतीमा सहभागी हुन पशुपति पुगे एमाले अध्यक्ष ओली

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पशुपतिनाथ मन्दिर परिसरमा आयोजना गरिएको सन्ध्याकालीन आरतीमा सहभागी भएका छन्।साउनको तेस्रो सोमबारको अवसर पारेर बागमती गंगा आरती सेवा समितिको आयोजनामा गरिएको कार्यक्रमको प्रमुख अतिथिको रुपमा एमाले अध्यक्ष ओली पशुपतिमा सहभागी भएका हुन्।वेदको मन्त्रोचारणबाट सुरु भएको कार्यक्रमा एमाले अध्यक्ष ओलीलाई रामनामी ओढाएर सम्मान गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै नेता ओलीले यस कार्यक्रमले संस्कृति र सभ्यतालाई अघि बढाउन महत्त्वपूर्ण भूमिका खेलेको बताए।कार्

एमाले अध्यक्ष ओली हुम्ला आउँदै

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली आज हुम्लाको दुई स्थानमा हुने आमसभालाई सम्बाेधन गर्न  आउँदै छन् । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन लक्षित  प्रचार र पार्टीको जिल्लाको अवस्था बुझ्न  अध्यक्ष ओली हुम्ला आउन लागेको नेकपा एमाले जिल्ला पार्टी सचिव तीर्थराज बोहराले बताए ।जिल्लाको तीन ठाउँमा अध्यक्ष ओलीले भ्रमण गर्ने भएपनि निर्वाचन केन्द्रीत दुई वटा वृहत आमसभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । बिहान ११ वजे हेलिकोप्टरबाट हुम्ला पुगे लगत्तै एमाले अध्यक्ष ओली पहिले उत्तरी

एमाले अध्यक्ष ओली पोखरामा

काठमाडौं, २३ फागुन । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली पोखरा पुगेका छन् । पार्टीको कार्यक्रममा सहभागी हुन अध्यक्ष ओली पोखरा पुगेका हुन् । प्रेस चौतारीका उपाध्यक्ष गणेश पाण्डेले अध्यक्ष ओलीलाई पोखरामा स्वागत गरेको तस्विर सार्वजनिक गरेका छन् ।

एमाले अध्यक्ष ओली पोखरामा

काठमाडौं, फागुन १३ । पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पोखरा पुगेका छन् । ओली दिउँसो २ बजेको उडानबाट काठमाडौं फर्कने कार्यक्रम रहेको छ । आजै दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बस्दैछ । प्रतिनिधि सभामा पेस अमेरिकी सहायता सम्झौता अनुमोदनमा सत्ता गठबन्धनका दल नेकपा (माओवादी केन्द्र) […]

एमाले अध्यक्ष ओली अस्वस्थ

काठमाडौँ, २३ मङ्सिर। नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएका छन्। रुघाखोकीसँगै ज्वरो आएपछि उनी बालकोटस्थित आफ्नै निवासमा आराम गरिरहेको उनको सचिवालयले जनाएको छ। अध्यक्ष ओली आज (बिहीबार) काठमाडौको तीनकुनेस्थित रोयल ब्यांक्वेटमा ओलीले आज (बिहीबार) दिउँसो पत्रकारसँग छलफल गर्ने भनिएपनि अन्तिम अवस्थामा स्थगित गरिएको छ।

एमाले अध्यक्ष ओली शनिबार इटहरी आउँदै

इटहरी : नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली शनिबार इटहरी आउँदै छन्। यहाँ आयोजना हुने वृहत कार्यकर्ता भेला र मजदुर नेता ओम कोइरालाको अभिनन्दनमा सहभागी हुन उनी आउने भएका हुन्।नेकपा एमाले इटहरीले शुक्रबार पत्रकार सम्मेलन गरि यसबारे जानकारी दिएको हो। एमाले इटहरी उपमहानगर समिति अध्यक्ष याम सुब्बाले एमालेको ऐतिहासिक विधान महाधिवेशनपछि सम्भवतः अध्यक्ष ओलीको पहिलो कार्यक्रम भएको बताए। एमाले अध्यक्ष ओली शनिबार बिहान साढे ११ बजे इटहरी–२ मा हुने एमालेका पुराना अ

एमाले अध्यक्ष ओली तेस्रोपल्ट प्रधानमन्त्री

काठमान्डाैं / कांग्रेस र माओवादी केन्द्रले वैकल्पिक सरकार बनाउन गरेको प्रयास विफल भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समय सीमाभित्र विपक्षी गठबन्धनले बहुमत जुटाउन नसकेको हो। यससँगै एमाले अध्यक्ष केपी शर्मा ओली सबैभन्दा ठूलो दलका नेताको हैसियतमा पुनः प्रधानमन्त्री नियुक्त भएका छन्। राष्ट्रपति भण्डारीले बिहीबार बेलुका संविधानको धारा ७६ (३) बमोजिम एमाले संसदीय दलका नेता... The post एमाले अध्यक्ष ओली तेस्रोपल्ट प्रधानमन्त्री appeared first on Purbeli News.

एमाले अध्यक्ष ओली पुन: प्रधानमन्त्री नियुक्त हुँदै

काठमाडौं। एमाले अध्यक्ष केपी शर्मा ओली पुन: प्रधानमन्त्री नियुक्त हुने भएका छन्।संविधानको धारा ७६ को उपधारा २ अनुसारको बहुमतीय सरकार गठनका लागि विपक्षी दलले बहुमत संख्या पुरर्‍याउन नसकेपछि अब संविधानको धारा ७६ को उपधारा ३अनुसार सवैभन्दा ठूलो दलको हैसियतमा एमाले अध्यक्ष ओली प्रधानमन्त्रीमा नियुक्त हुनेछन्। उक्त सरकारले एक महिनाभित्र संसदबाट विश्वासको मत लिनुपर्छ।

एमाले अध्यक्ष ओली र नेता नेपालबीच भेटवार्ता

काठमाण्डाै – एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको भेटवार्ता सकिएको छ । काठमाण्डौको एक होटलमा बुधवार (आज) प्रधानमन्त्री एवम् एमाले अध्यक्ष ओली र नेता नेपालबीच भेटवार्ता भएको हो । भेटवार्तामा सहमति भए/नभएकोबारे नेताहरूले केही बताएका छैनन् । आज भएको भेटसँगै ओली र नेपालबीच लामाे समयकाे संवादहीनताको अवस्था तोडिएको छ । गएको चैत ३ गते पार्टी कार्यालय धुम्बाराहीमा भएको भेटवार्तापछि आज ओली र नेपालबीच पहिलो पटक भेटवार्ता भएको हो ।भेटमा बिग्रिएको सम्बन्धलाई सुधार गर्ने र ...