अंकभार प्रणालीबाट लाइसेन्सको परीक्षा लिन सबै प्रदेश सहमत

२३ साउन, काठमाडौं । अब सबै प्रदेशहरुले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को परीक्षा एकै किसिमबाट लिने भएका छन् । भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईको अध्यक्षतमा सातवटै प्रदेशका यातायात मन्त्रीहरुको यातायातको अन्तरतह समन्वय बैठकले  सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका २०७७ अनुसार परीक्षा लिने निर्णय गरेको हो । यातायात मनत्रालय स्रोतका अनुसार १ […]

सम्बन्धित सामग्री

६ महिनादेखि लाइसेन्स छपाइ ठप्प, १४ लाख लाइसेन्सको प्रतीक्षामा

लाइसेन्स (सवारी चालक अनुमति पत्र) छाप्ने र वितरण गर्ने काम विगत ६ महिना देखि ठप्प छ। यसबाट लाइसेन्सको परीक्षा पास गरेका तथा सवारी चालक अनुमति पत्र नवीकरण गरेका सवारी चालकहरू चर्को मारमा परेका छन्।...

नर्सिङ लाइसेन्सको परीक्षा मंसिरमा

काठमाडौं । नेपाल नर्सिङ परिषद्ले आउँदो ९ मंसिरमा परिषद्को नाम दर्ता प्रमाणपत्र (नर्सिङ लाइसेन्स) परीक्षा सञ्चालन गर्ने भएको छ । परिषद्का अनुसार परीक्षार्थीले २१ असोजदेखि २० कात्तिकसम्म फारम भर्नुपर्नेछ ।  यस समयावधिमा छुटेका परीक्षार्थीले दोब्बर दस्तुर तिरेर २१ कात्तिकदेखि २३ कात्तिकसम्म फारम भर्न पाइने परिषद्को सूचनामा उल्लेख छ । परीक्षा फारम दस्तुर नियमित तर्फ ३ […]

सबै प्रदेशमा अंकभार प्रणालीबाट लाइसेन्सको परीक्षा हुने

काठमाडौं।नेकपा एमालेले आउने चुनावका लागि दल दर्ता गराएको छ।नर्भिक अस्पतालको टहरा महानगरले तत्काल नभत्काउने भएको छ।राष्ट्रिय युवा संघले जिल्ला इन्चार्ज र सहइन्चार्ज तोकेको छ।अबदेखि सातै प्रदेशमा अंकभार प्रणालीबाट लाइसेन्सको परीक्षा हुने भएको छ।काठमाडौंबाट तीन जना हुण्डी कारोबार गर्ने पक्राउ परेका छन्।

अब विराटनगरबाटै सवारी लाइसेन्सको परीक्षा

१२ साउन, विराटनगर । प्रदेश १ सरकारले विराटनगरबाट पनि सवारी चालक अनुमति पत्र (लाइसेन्स) को परीक्षा लिने प्रक्रिया सुरु गरेको छ । बिहीबार विराटनगरस्थित यातायात व्यवस्था सेवा कार्यालयले पनि लाइसेन्सको अनुमति पत्रका लागि अनलाइन आवेदन आह्वान गरेको छ । आवेदन भरेकाहरुले विराटनगरमा नै लिखित र  प्रयोगात्मक परीक्षा दिन पाउनेछन् । यसअघि प्रदेश १ मा इटहरी […]

२० गतेबाट लाइसेन्सको परीक्षा खुल्दै कसरी के छ व्यवस्था ?

आगामी भदौ २० गतेदेखि यातायात व्यवस्था कार्यालयहरूले देश भरी सवारी चालक अनुमती पत्रका लागि लिखित परिक्षा दिएर बसेका वा एक पटक अनु उत्तिर्ण भई पुर्न परिक्षा दिन बसेकाहरूका लागि सेवा सुचारु गर्ने भएको छ । कोरोना महामारीको दोस्रो लहर सुरु भएसँगै गत वैशाख १६ गतेबाट देशभर लाइसेन्सको परीक्षा बन्द हुदै आएको थियो । कोभिड–१९ संक्रमणको विशेष अवस्थामा यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्र परीक्षा सञ्चालन तथा व्यवस्थापन सम्बन्धी मापदण्ड–२०७८ स्वीकृत भएपछि यातायात व्यवस्था कार्यालयहरूले परीक्षा सुचारु गर्न लागेक...

भदौ २०गतेदेखि सवारी लाइसेन्सको परीक्षा सुरु

काठमाडौँ । आगामी भदौ २० गतेदेखि काठमाडौँका दुई वटा लाइसेन्स कार्यालयले सवारी चालक अनुमतिपत्रको लिखित तथा प्रयोगात्मक (ट्र्रायल) परीक्षा पुन सुरु गर्ने भएका छन् । कोरोना महामारीको दोस्रो लहर सुरु भएसँगै गत वैशाख १६ गतेबाट देशभर लाइसेन्सको परीक्षा बन्द भएको थियो ।

ड्राइभिङ लाइसेन्सको परीक्षा अझै अनिश्चित

सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) का लागि लाखौं मानिस पर्खाइमा रहेको पाइएको छ ।

लाइसेन्सको परीक्षा भदौमा नहुने

काठमाडौैं, २८ साउन । सवारी चालक अनुमति पत्र (लाइसेन्स)को परीक्षा भदौमा पनि नहुने भएको छ । यातायात व्यवस्था विभागले भदौ १ गतेबाट सवारी चालकको परीक्षाको लागि लिखित तथा प्रयोगात्मक परीक्षा आवेदन खोल्ने तयारी गरेको थियो । विभागको अनुसार लाइसेन्सको लागि करीब ७ लाख आवेदकले आवेदन दिएका छन् । कोभिड–१९ को तेस्रो भेरियन्ट तीव्र रुपमा फैलिएको […]

सवारी लाइसेन्सको परीक्षा खोल्ने तयारी

काठमाडौं । दशैंअघि सवारीचालक अनुमतिपत्र (लाइसेन्स)को परीक्षा खोल्न नसकिने बताएको यातायात व्यवस्था विभागले साउनदेखि नै परीक्षा लिने तयारी गरेको छ । निषेधाज्ञा खुलेर अवस्था सामान्य भएको भन्दै विभागले साउन अन्तिम साता ट्रायलका लागि आवेदन खुलाउने तयारी गरेको हो । विभागका महानिर्देशक नमराज घिमिरेले साउन अन्तिम साता सूचना सार्वजनिक गरी ट्रायल परीक्षा पुनः सञ्चालन गरिने जानकारी दिए । विभागले निषेधाज्ञा शुरू भएपछि गत वैशाख १६ गतेदेखि ट्रायल परीक्षाको आवेदन बन्द गरेको थियो । यातायात कार्यालयले निषेधाज्ञा खुकुलो नभएकाले तत्काल ट्रायल शुरू गर्न नसकिने बताएका थिए । निषेधाज्ञाअघि नै ट्रायल परीक्षाका लागि आवेदन दिएकामध्ये ४ लाखले परीक्षा दिन बाँकी छ । अहिले निषेधाज्ञा पूर्णरूपमा नहटे पनि अन्य परीक्षा सञ्चालन हुन थालेकाले सवारीसाधनको ट्रायल खुलाउने तयारी गरिएको विभागका महानिर्देशक घिमिरेले बताए । उनले भने, ‘आगामी साता प्रदेश मातहतका कार्यालयसँग समेत छलफल गरी ट्रायल खोल्ने तयारी गरेका छौं ।’ विभागले लिखित र ट्रायल दुवैको मोडालिटी परिवर्तन गरेर विभागले ‘सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि २०७७’ अनुसार परीक्षा लिन लागेको हो । विभागले यसअघि एउटै गल्ती भए पनि त्यस्ता चालकलाई अयोग्य ठहराई लाइसेन्सका लागि अस्वीकृत गर्दै आएको थियो । तर नयाँ व्यवस्थाअनुसार लिखितका लागि पहिले नै ५०० प्रश्न सार्वजनिक गरी सोहीबाट प्रश्न सोध्ने तयारी गरिएको छ । यसैगरी ट्रायलमा पनि अब ७० अंक मात्रै प्राप्त गरे लाइसेन्स दिइने भएको छ । विभागले आवेदन भरेर ट्रायल दिन बाँकी रहेकाको ट्रायल खुला गर्ने र नयाँ आवेदन पनि खोल्ने तयारी गरेको महानिर्देशक घिमिरेले बताए । यसअघि कोटा तोकेर आवेदन लिने व्यवस्था थियो । अब उक्त कोटा प्रणाली हटाएर ट्रायल खोल्न लागिएको उनले जानकारी दिए । विभागले यसै आर्थिक वर्षदेखि एकवर्षे परीक्षणकालीन लाइसेन्स दिने निर्णय पनि गरेको छ ।

चिकित्सक लाइसेन्सको परीक्षा फागुनमा, भोलिबाट फाराम भर्न सकिने

काठमाडौं / नेपाल मेडिकल काउन्सिलले चिकित्सक दर्ता प्रमाणपत्र परीक्षा (लाइसेन्स परीक्षा) को लागि आवेदन फाराम खुला गरेको छ । काउन्सिलले फागुन ९ र १० गते हुने ५१ औँ चिकित्सक प्रमाणपत्रको परीक्षाका लागि अनलाइन फाराम खुला गरेको हो । माघ ५ गतेदेखि २४ गतेसम्म नियमित तथा माघ २५ र २६ गते अतिरिक्त शुल्कसहित फारम बुझाउन सकिने... The post चिकित्सक लाइसेन्सको परीक्षा फागुनमा, भोलिबाट फाराम भर्न सकिने appeared first on Purbeli News.