नर्सिङ लाइसेन्सको परीक्षा मंसिरमा

काठमाडौं । नेपाल नर्सिङ परिषद्ले आउँदो ९ मंसिरमा परिषद्को नाम दर्ता प्रमाणपत्र (नर्सिङ लाइसेन्स) परीक्षा सञ्चालन गर्ने भएको छ । परिषद्का अनुसार परीक्षार्थीले २१ असोजदेखि २० कात्तिकसम्म फारम भर्नुपर्नेछ ।  यस समयावधिमा छुटेका परीक्षार्थीले दोब्बर दस्तुर तिरेर २१ कात्तिकदेखि २३ कात्तिकसम्म फारम भर्न पाइने परिषद्को सूचनामा उल्लेख छ । परीक्षा फारम दस्तुर नियमित तर्फ ३ […]

सम्बन्धित सामग्री

भदौदेखि सुरु हुँदै नर्सिङ तथा मिडवाइफको लाईसेन्स परिक्षा

काठमाडौं। नेपाल नर्सिङ काउन्सिलले नर्स तथा मिडवाइफको लाइसेन्सको परीक्षा भदौ १९ गतेदेखि सुरु हुने भएको छ। काउन्सिलले साउन १०गतेदेखि भदौ ७गतेसम्म परीक्षाको लागि अनलाइन फारम भर्नुपर्ने बताएको छ र सोपछि भदौ ८ गतेदेखि भदौ१३गतेसम्म दोब्बर दस्तुरमा फारम भर्न पाइनेछ। पिसिएल वा बिएस्सी नर्सिङ र ब्याचरल इन मिडवाइफ्री साइन्समा उत्तीर्ण भएका विद्यार्थीहरुले मात्र लाईसेन्स प्रमाणपत्रका लागि नाम दर्ता गराउन सक्नेछ।

नर्स तथा मिडवाइफको लाइसेन्स परीक्षाको फारम खुल्यो

नेपाल नर्सिङ काउन्सिलले नर्स तथा मिडवाइफको लाइसेन्सको परीक्षा अगामी भदौ १९ गतेबाट सुरु गर्ने भएको छ । काउन्सिलले साउन १० गते देखि भदौ ७ गते सम्म परीक्षाका लागि अनलाइन फारम भर्न सक्ने जनाएको छ । यस्तै भदौ ८ गतेदेखि भदौ १३ गतेसम्म दोब्बर दस्तुर तिरेर फारम भर्न सकिनेछ । नाम दर्ता प्रमाणपत्रका लागि नेपाल नर्सिङ काउन्लिलले पिसिएल वा बिएस्सी नर्सिङ र व्याचरल इन मिडवाइफ्री साइन्समा उत्तीर्ण भएका विद्यार्थी सहभागी हुन सक्ने काउन्सिलले जनाएको छ ।  परीक्षाका लागि आवेदन अनलाइन माध्येमबाहेक अन्य म