आगामी भदौ २० गतेदेखि यातायात व्यवस्था कार्यालयहरूले देश भरी सवारी चालक अनुमती पत्रका लागि लिखित परिक्षा दिएर बसेका वा एक पटक अनु उत्तिर्ण भई पुर्न परिक्षा दिन बसेकाहरूका लागि सेवा सुचारु गर्ने भएको छ ।
कोरोना महामारीको दोस्रो लहर सुरु भएसँगै गत वैशाख १६ गतेबाट देशभर लाइसेन्सको परीक्षा बन्द हुदै आएको थियो ।
कोभिड–१९ संक्रमणको विशेष अवस्थामा यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्र परीक्षा सञ्चालन तथा व्यवस्थापन सम्बन्धी मापदण्ड–२०७८ स्वीकृत भएपछि यातायात व्यवस्था कार्यालयहरूले परीक्षा सुचारु गर्न लागेक...