अपांगतामैत्री शैक्षिक वातावरण निर्माण गर्न त्रिवि उपकुलपतिलाई मागपत्र

काठमाडौँ । श्रव्य पुस्तकालय तथा श्रोतकेन्द्र नेपालले त्रिविमा अपाङ्गतामैत्री शैक्षिक वातावरण निर्माण गर्ने माग राख्दै उपकुलपति डा. धर्मानन्द बास्कोटालाई ज्ञापनपत्र बुझाएको छ । श्रोतकेन्द्रका अध्यक्ष रमेशबाबु तिवारीको नेतृत्वमा पदाधिकारीहरू डा. गोविन्दप्रसाद आचार्य, अनुमिस्त तिमिल्सिना, कोपिला गुरुङ, जगत् थापा, चन्द्रा बस्नेत र सुदिप रैलासहितको प्रतिनिधि मण्डलले उपकुलपति बास्कोटालाई २०७७ पुस २८ गते मागपत्र बुझाएको हो । मागपत्रको पूर्ण पाठ यस्तो छ– “नेपालको जेठो विश्वविद्यालय—जहाँबाट अन्य विश्वविद्यालयको निर्माण भएको हो—मा विभिन्न विषयहरू अध्ययन–अध्यापन गराइन्छ, यो गौरव गर्ने विषय हो । विभिन्न विभागमा दृष्टिविहीन भएका विद्यार्थी पनि अध्ययन गर्छन् । विभागले आआफ्नो उद्देश्य, विषय, प्रकृतिअनुसारको पाठ्यक्रम र पाठ्यपुस्तक निर्माण गर्छन् । तर विगतदेखि वर्तमानसम्म समस्या परेका दृष्टिविहीनलाई ती पाठ्यक्रम र पाठ्यपुस्तक अध्ययन गर्ने सवालमा बेवास्ता गरिँदै आएको छ । पाठ्यक्रम र पाठ्यपुस्तक निर्माण गर्दा न अपाङ्गता भएका व्यक्तिको सहभागिता गराइन्छ, न तिनीहरूलाई छलफलमा सहभागी गराइन्छ; न विज्ञ व्यक्तित्वले वास्ता गरेको पाइन्छ, न दृष्टिविहीनमैत्री बनाउने प्रयत्न वा कार्यक्रम बनाइन्छ । अपाङ्गता भएका व्यक्तिमा पनि विज्ञता हासिल गरेका विज्ञ व्यक्तित्व छन् भन्ने कुरालाई नजरअन्दाज गरिएको छ । सबल, सक्षम र सफल व्यक्ति छन् भन्ने कुरालाई ध्यान नदिई तिनीहरूका विषयमा बनाएका केही कार्यक्रम औपचारिकताका र आवरणमा मात्र सीमित भएका छन् । तिनीहरूको समस्या र मर्म अनुकूल हुन सकेका छैनन् । यसो हुनुको मूल कारण छलफलमा वा कुनै पनि कार्यक्रममा लक्षितवर्गलाई सहभागी नगराउनुको परिणाम हो । नेपालको संविधान–२०७२ ले शिक्षाको माध्यम ब्रेललिपि हुने छ भनी संविधानको मौलिक हकअन्तर्गत धारा–३१ को बुँदा नम्बर ४ मा स्पष्ट किटान गरेको छ । यसका साथै अपाङ्गता भएका व्यक्तिलाई लक्षित गरी बनाइएका शिक्षासम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ऐन, नीतिनियम, सन्धिसम्झौतानुरूप विश्वविद्यालयले व्यवहारमा लागु वा पालना गरेका छैनन् । यसप्रति कसैको ध्यान नगएको हुँदा यस विश्वविद्यालयका आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसमा अध्यनरत दृष्टिविहीन विद्यार्थीलाई दृष्टिविहीनमैत्री पाठ्यपुस्तकको अभावमा गुणस्तरीय शिक्षाको विकासमा अवरोध सिर्जना भएकाले उक्त अवरोध समाधान गर्नका लागि त्रिभुवन विश्वविद्यालयअन्तर्गतको केन्द्रीय पुस्तकालयमा समेत बारम्बार अनुरोध गर्दा पनि तिनीहरूलाई ...

सम्बन्धित सामग्री

स्ववियु निर्वाचनको तयारीमा त्रिवि, के भन्छन् विद्यार्थी सङ्घहरु?

काठमाडौं : त्रिभुवन विश्वविद्यालय आगामी फागुनमा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको तयारीमा जुटेको छ। विसं २०६५ देखि नियमित हुन नसकेको स्ववियु निर्वाचन यसपटक निर्धारित मिति आगामी फागुन १४ गते गर्ने तयारीमा त्रिवि रहेको छ। त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले सबै निर्वाचन सकिएकाले अब त्रिवि स्ववियु…

स्ववियु निर्वाचनको तयारीमा त्रिवि

त्रिभुवन विश्वविद्यालय (त्रिवि) आगामी फागुनमा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको तयारीमा जुटेको छ।...

स्ववियु निर्वाचनको तयारीमा त्रिवि

काठमाडौँ,२२ मङ्सिर । त्रिभुवन विश्वविद्यालय (त्रिवि) आगामी फागुनमा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको तयारीमा जुटेको छ । विसं २०६५ देखि नियमित हुन नसकेको स्ववियु निर्वाचन यसपटक निर्धारित मिति आगामी फागुन १४ गते गर्ने तयारीमा त्रिवि रहेको छ । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले सबै निर्वाचन सकिएकाले अब त्रिवि स्ववियु निर्वाचनको […]

स्ववियु निर्वाचनको तयारीमा त्रिवि

काठमाडौं : त्रिभुवन विश्वविद्यालय (त्रिवि) आगामी फागुनमा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको तयारीमा जुटेको छ। विसं २०६५ देखि नियमित हुन नसकेको स्ववियु निर्वाचन योपटक निर्धारित मिति फागुन १४ गते गर्ने तयारीमा त्रिवि रहेको छ। त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले सबै निर्वाचन सकिएकाले अब त्रिवि स्ववियु निर्वाचनको तयारीमा लाग्ने बताए। ‘सबै निर्वाचन सकिए, अब हामी पनि नियमित हुन नसकेको स्ववियु निर्वाचनको तयारीमा लाग्छौँ’&s

स्ववियु निर्वाचनको तयारीमा त्रिवि

त्रिभुवन विश्वविद्यालय (त्रिवि) आगामी फागुनमा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको तयारीमा जुटेको छ । वि.सं २०६५ देखि नियमित हुन नसकेको स्ववियु निर्वाचन यसपटक निर्धारित मिति आगामी फागुन १४ गते गर्ने तयारीमा त्रिवि रहेको छ ।त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले सबै निर्वाचन सकिएकाले अब त्रिवि स्ववियु निर्वाचनको तयारीमा लाग्ने बताए । “सबै निर्वाचन सकिए, अब हामी पनि नियमित हुन नसकेको स्ववियु निर्वाचनको तयारीमा लाग्छौँ”, उनले भने, &l

त्रिवि कार्यकारी परिषद्‌को बैठकबाटै नेविसंघले लियो कागजात नियन्त्रणमा

काठमाडौँ । नेपाल विद्यार्थी सङ्घ (नेविसंघ) त्रिवि इकाइ समितिले त्रिवि कार्यकारी परिषद्‌को बैठकबाट कागजातहरू नियन्त्रणमा लिएको छ । शुक्रबार होटेल यल्लो पेगोडामा बसिरहेको त्रिवि कार्यकारी परिषद्को बैठकबाट कागजातहरू नियन्त्रणमा लिइएको नेविसंघ त्रिवि इकाइ समितिका सचिव योगेन्द्र रावलले बताए । उनले त्रिवि परिसरमै परिषद्को बैठक नबसुन्जेलसम्म नेविसंघले परिषद्का सबै बैठकहरू बिथोल्ने चेतावनीसमेत दिए । त्रिवि पदाधिकारी […]

त्रिवि कार्यकारी परिषद्‌को बैठकबाटै नेविसंघले लियो कागजात नियन्त्रणमा

१० भदौ, काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) त्रिवि इकाइ समितिले त्रिवि कार्यकारी परिषद्‌को बैठकबाट कागजातहरु नियन्त्रणमा लिएको छ । शुक्रबार होटल यल्लो पेगोडामा बसिरहेको त्रिवि कार्यकारी परिषदको बैठकबाट कागजातहरु नियन्त्रणमा लिइएको नेविसंघ त्रिवि इकाइ समितिका सचिव योगेन्द्र रावलले बताए । उनले अनलाइनखबरसँग भने, ‘ त्रिविमा यति धेरै संरचना हुँदा हुँदै यस्तो महँगो होटलमा त्रिवि […]

त्रिवि सेवा आयोगमा अनेरास्ववियुको प्रदर्शन

त्रिभुवन विश्वविद्यालय सेवा आयोगले तोकेको प्राध्यापक र सहप्राध्यापकको अन्तर्वार्ता सञ्चालनको माग गर्दै अनेरास्ववियुले प्रदर्शन गरेको छ। अखिलका त्रिवि इन्चार्ज मदन विष्टले आइतबारदेखि सुरु हुने भनिएको अन्तर्वार्ता सञ्चालन गर्न माग गरेको बताए।निर्धारित अन्तर्वार्ता तुरुन्त गर्न भन्दै अनेरास्ववियुले प्रदर्शन गरेको हो । नेविसंघले पनि त्रिवि सेवा आयोगमा ताला लगाएको छ ।त्रिवि सेवा आयोगको ताला तत्काल खोल्न र निर्धारित प्राध्यापकको अन्तर्वार्ता सुरु गर्न माग गर्दै प्रदर्शन भएको हो

त्रिवि सभाको निर्णय तत्काल कार्यान्वयन नगर्न आन्दोलनरत विद्यार्थी र त्रिवि सहमत

त्रिभुवन विश्वविद्यालय र आन्दोलनरत संयुक्त विद्यार्थी संगठनबीच त्रिवि सभाले गरेको निर्णय तत्काललाई कार्यान्वयन नगर्ने सहमति भएको छ ।

त्रिवि सपना, सेवा आयोग र हाम्रो भविष्य

आजभोलि विभिन्न कारणले त्रिवि समाचारको मुख्य केन्द्र बन्न पुगेको छ। संघ, संगठन, प्राध्यापक, कर्मचारीदेखि आंशिक शिक्षक र विद्यार्थी पनि त्रिविको बेथिति देखेर वाक्क परेको बेलामा लेखिएको यो आलेख खासगरी त्रिवि सुधारको नाममा यसलाई दोहन गर्ने र आफूलाई प्राज्ञिक भन्न रुचाउनेहरुका कारणले कसरी त्रिवि राजनीति, नातावाद र कृपावादको चपेटामा परेको छ भन्ने कुराको महसूस गर्न तथा […]