काठमाडौंः निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका सन्दर्भमा राजनीतिक दलहरुलाई ६० बुँदे निर्देशन दिएको छ।
निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र निष्पक्ष रुपमा सम्पन्न गर्न भन्दै आयोगले निर्देशन जारी गरेको हो। निर्वाचन कसुर तथा सजाय ऐन तथा निर्वाचन आचारसंहिताका व्यवस्था परिपालनाका लागि आयोगले निर्देशन दिएको हो।
निर्वाचन प्रचारप्रसार, आचारसंहिताको कार्यान्वयनलगायतका विषयमा…