मैलुङ खोला जलविद्युत कम्पनीको शेयर कारोबार रोक्का

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले मैलुङ्ग खोला जलविद्युत कम्पनी लिमिटेडको शेयर कारोबार रोक्का गरी स्पष्टीकरण पेस गर्न भनेको छ । कम्पनीले चैत ७ गते साढे ३ बजे बसेको सञ्चालक समितिको बैठकले लाभांशसम्बन्धी निर्णय गरेको तर सोको जानकारी नेप्सेमा चैत ८ गते ११ः१७ बजे कारोबार समयमा प्राप्त भएकाले नेप्सेले शेयर कारोबार रोक्का गरेको हो ।   नेप्सेले शेयर कारोबार रोक्का गर्दै कम्पनीलाई ३ कार्यदिनभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ । बुधवार कम्पनीको सञ्चालक समिति बैठक बसेर शेयरधनीलाई २ दशमलव २२११ प्रतिशत बोनस शेयर दिने प्रस्ताव गरेको थियो ।

सम्बन्धित सामग्री

मैलुङखोला जलविद्युतको लाभांश आजसम्म कायम शेयरधनीले मात्र पाउने

काठमाडौं । मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडले प्रस्ताव गरेको २ दशमलव ३४ प्रतिशत लाभांश बिहीवार (आज)सम्म कायम शेयरधनीले मात्र पाउने भएको छ । कम्पनीले लाभांश प्रस्तावसहित अन्य विविध प्रस्ताव पारितका लागि चैत २९ गते दशौं वार्षिक साधारण सभा बोलाएको छ । सो सभा प्रयोजनका लागि कम्पनीले चैत १६ गते एक दिन बुक क्लोज गर्न लागेको छ । बुक क्लोजको आधारमा चैत १५ गतेसम्म कायम शेयरधनी मात्र लाभांश प्राप्त गर्न र सभामा भाग लिन योग्य हुनेछन् ।  कम्पनीले गत आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट हाल कायम चुक्ता पूँजीको आधारमा २ दशमलव २२११ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दमलव ११६९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्ता पूँजी ३६ करोड ८१ लाख ४३ हजार रुपैयाँ छ । बोनस शेयर वितरणपछि कम्पनीको चुक्ता पूँजी ३७ करोड ६३ लाख १९ हजार रुपैयाँ कायम हुनेछ । सभा लैनचौर ब्यांक्वेट, लैनचौर, काठमाडौंमा बिहान ११ बजे शुरु हुनेछ । सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ । हालको चुक्ता पूँजी वृद्धि गर्ने र सोको लागि प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्तावसमेत सभाका लागि तय भएको छ । यस कार्यका लागि सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ ।

मैलुङ खोला जलविद्युत कम्पनीको शेयर कारोबार फुकुवा

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको शेयर कारोबार फुकुवा गरेको छ । नेप्सेले सोमवारबाट कम्पनीको शेयर फुकुवा गरेको हो । कम्पनीले धितोपत्र मूल्यसँग सम्बन्धित निर्णय समयमै जानकारी नगराएको भन्दै नेप्सेले बिहीवार कम्पनीको शेयर कारोबार रोक्का गरी ३ दिनभित्र स्पष्टीकरण पेस गर्न भनेको थियो ।  कम्पनीले ‘एनओटीएस’मा सूचना अपलोड गर्दा प्राविधिक समस्या आएको कारण समयमा जानकारी गराउन नसकेको स्पष्टीकरण पेस गर्दै आगामी दिनमा गल्ती नदोहोर्याउने प्रतिबद्धता गरेपछि नेप्सेले शेयर कारोबार खुला गरेको हो ।

मैलुङ खोला जलविद्युत कम्पनीको शेयर कारोबार फुकुवा

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको शेयर कारोबार फुकुवा गरेको छ । नेप्सेले सोमवारबाट कम्पनीको शेयर फुकुवा गरेको हो । कम्पनीले धितोपत्र मूल्यसँग सम्बन्धित निर्णय समयमै जानकारी नगराएको भन्दै नेप्सेले बिहीवार कम्पनीको शेयर कारोबार रोक्का गरी ३ दिनभित्र स्पष्टीकरण पेस गर्न भनेको थियो ।  कम्पनीले ‘एनओटीएस’मा सूचना अपलोड गर्दा प्राविधिक समस्या आएको कारण समयमा जानकारी गराउन नसकेको स्पष्टीकरण पेस गर्दै आगामी दिनमा गल्ती नदोहोर्याउने प्रतिबद्धता गरेपछि नेप्सेले शेयर कारोबार खुला गरेको हो ।

मैलुङ खोला जलविद्युत कम्पनीको स्वतन्त्र सञ्चालकमा प्रविन अर्याल नियुक्त

काठमाडौं । मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडले स्वतन्त्र सञ्चालक पदमा इञ्जिननीयर प्रविन आर्याललाई नियुक्त गरेको छ । माघ ८ गते बसेको कम्पनीको सञ्चालक समिति बैठकले स्वतन्त्र सञ्चालक डा. विरेन्द्र प्रसाद महतोले राजीनामा दिएका कारण रिक्त उक्त पदमा अर्यालाई नियुक्त गरेको नेप्सेमार्फत जानकारी दिएको हो ।

नेप्सेमा सामान्य सुधार, चार अर्बको कारोबार

बुधबार सेयर बजारमा परिसूचक नेप्सेमा सामान्य सुधार आएको छ ।  नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक १.८९ अंकले बढ्दै २७ सय ३५ विन्दुमा पुगेको हो । करिब दुई अंकले बढेको बजारमा आज ४ अर्ब २१ करोडको कारोबार भएको नेप्सेले जनाएको छ । तर, आज यता ‘क’ वर्गको सेन्सेटिभ इन्डेक्स भने ०.२९ अंकले घट्दै ५१५.१९ बिन्दुमा झर्न पुगेको छ ।  यस दिन बैंकिङ, ट्रेडिङ र जीवन बीमा उपसमूह ऋणात्मक भएका छन् भने बाँकी अन्य समूह धनात्मक भएका छन् । आज सबैभन्दा बढी मैलुङ खोला जलविद्युत कम्पनी लिम

मैलुङखोला जलविद्युतको शेयर रजिष्ट्रारमा बिओके क्यापिटल नियुक्त

काठमाडौं, १५ भदौ । मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडले शेयर रजिष्ट्रारमा बिओके क्यापिटल मार्केट लिमिटेडलाई नियुक्त गरेको छ । कम्पनीले शेयर रजिष्ट्रारमा भदौ ११ गतेदेखि लागु हुने गरी बिओके क्यापिटललाई नियुक्त गरेको हो । आईपीओ निष्कासन तथा विक्री प्रबन्धकको जिम्मेवारी सिद्धार्थ क्यापिटलले पुरा गरेको थियो । शेयर रजिष्ट्रार परिवर्तन गर्नुपरेकाले आईपीओ सूचीकरण ढिलाई भएको कम्पनीले […]

मैलुङ खोला जलविद्युतको आइपीओ भोलि बाँफाँड हुने

काठमाडौँ– मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको साधारण शेयर (आईपीओ) भोलि बाँडफाँड हुने भएको छ । कम्पनीले आज प्रि अलोटमेन्ट सम्पन्न भएसँगै कम्पनीको आइपीओ भोलि बाँडफाँड हुने विक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ । उक्त आइपीओ भोलि बिहान ९ बजे विक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको कार्यालयमा बाँफाँड हुने जनाइएको छ । कम्पनीले साउन १४ गते, बिहीबारबाट साउन […]

मैलुङ खोला जलविद्युतले साउन १४ गतेदेखि ७ लाख कित्ता आईपीओ जारी गर्ने

काठमाडौं, १२ साउन । मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडले साउन १४ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १०० अंकित दरका ७ करोड ३६ लाख २८ हजार ६०० बराबरको ७ लाख ३६ हजार २८६ कित्ता आईपीओ विक्री गर्न लागेको हो । सर्वसाधारणका लागि छुट्टाइएको कुल शेयरमध्ये २ प्रतिशत अर्थात १४ हजार […]

मैलुङ खोला जलविद्युतले साउन १४ गतेदेखि आईपीओ निष्कासन गर्ने

काठमाडौं, ६ साउन । मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले साउन १४ गतेदेखि सर्वसाधारणका लागि प्रतिकित्ता १०० अंकित दरका ७ करोड ३६ लाख २८ हजार ६०० बराबरको ७ लाख ३६ हजार २८६ कित्ता आईपीओ विक्री गर्न लागेको हो । सर्वसाधारणका लागि छुट्टाइएको कुल शेयरमध्ये २ प्रतिशत अर्थात १४ हजार […]