'राष्ट्रपतिमाथि महाअभियोग ? प्रधानमन्त्रीमाथि ल्याऊ अविश्वासको प्रस्ताव'

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिपतिमाथि आक्रोश किन भन्दै प्रश्न गरेका छन् । आज बालुवाटारमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपतिको हुर्मत लिने, अपमान गर्ने काम भएको बताए । “राष्ट्रपतिलाई महाअभियोग लगाउने आक्रोश, कुण्ठा अथवा के हो यो ? राष्ट्रपतिलाई हामीले संविधानमा के अधिकार दिएका छौं । प्रधानमन्त्रीमाथि ल्याउन अविश्वासको प्रस्ताव,” उनले...

सम्बन्धित सामग्री

राजीनामा नदिने ‘मुड’मा प्रधानमन्त्री, अविश्वासको प्रस्ताव सामना गर्ने

काठमाडौं । आफूले गरेको प्रतिनिधि सभा विघटनको निर्णय सर्वोच्च अदालतले बदर गरिदिए पनि प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा नदिने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले ओलीले राजीनामा नदिने बरु अविश्वासको प्रस्ताव आए त्यसलाई सामना गरेर जाने बताउनुभयो । त्यस बारे निर्णय गर्न बुधबार ओलीपक्षीय नेकपाको स्थायी कमिटी बैठक बसिरहेको छ । बीबीसीसँगको कुराकानीमा नेता थापाले ओलीले अहिले राजीनामा नदिने स्पष्ट पार्नुभएको हो । सर्वोच्च अदालतले गरेको फैसला मानेर अगाडि बढ्ने तर, राजीनामा नदिने थापाले बताउनुभयो । ‘फैसलाले प्रतिनिधिसभाको बैठक बोलाउने भनेको छ । प्रतिनिधिसभा भित्र यी कुराहरू जान्छन्’ थापाले भन्नुभयो, ‘प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन चाहने व्यक्तिहरूले ल्याउनु होला । प्रधानमन्त्रीज्यूले त्यसको सामना गर्ने कुरा हुन्छ ।’ प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएपछि नेकपा प्रचण्ड–नेपाल पक्षले प्रधानमन्त्री ओलीको राजीनामा माग गरेको छ । केही नेताहरुले प्रधानमन्त्रीले राजीनामा नदिए अविश्वासको प्रस्ताव पेश गर्ने र राष्ट्रपतिविरुद्ध पनि महाअभियोग लगाउने बताउँदै आएका छन् । अविश्वासको प्रस्ताव दर्ता भइसकेपछि के गर्ने भन्ने कुरा त्यसपछिको विषय भएको तर अहिले अदालतको फैसलालाई हेरेर राजीनामा दिनुपर्ने आवश्यकता नभएको थापाको भनाइ छ। सर्वोच्च अदालतले पुष ५ गते गरिएको प्रतिनिधि सभा विघटनको निर्णय मंगलबारको फैसलाले असंवैधानिक भएको ठहर गर्दै १३ दिनभित्र बैठक बोलाउन आदेश दिएको थियो । ओली पक्षीय नेताहरु अब संसद, सरकार र पार्टी पुष ५ अघिको अवस्थामा मात्रै पुगेको भन्दै सर्वोच्चको फैसलाले राजनीतिक निकास नदिने बताएका छन् । प्रधानमन्त्री ओलीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले अदालतको फैसला मान्य भएपनि यसले राजनीतिक निकास नदिने स्पष्ट पार्नुभएको छ ।

ट्रम विरुद्ध अमेरिकी तल्लोसदनबाट अविश्वासको प्रस्ताव पारित

अमेरिकी तल्लो सदनले राष्ट्रपति डोनाल्ड ट्रम विरुद्ध अविश्वासको प्रस्ताव पारित गरेको छ । उहाँ विरुद्ध गम्भीर अपराध तथा जनविश्वास गुमाएको अभियोगमा महाअभियोग लगाइएको हो ।