बङ्लादेशले सरकारी कर्मचारीलाई पहिलो श्रेणीको हवाई यात्रामा रोक लगाएको छ । देशमा आर्थिक संकट बढ्दै गएको भन्दै बङ्लादेश सरकारले मितव्ययी बन्न आग्रह समेत गरेको छ ।घोषणा अनुसार अब सरकारी कर्मचारीले महँगो मानिने 'ए' श्रेणीको हवाई यात्रा गर्न नपाउने भएका चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । कोरोना महामारीको प्रभाव र विश्वव्यापी आर्थिक सङ्कटसँग जुध्न बङ्लादेश सरकारले मितव्ययिताका उपायहरू अवलम्बन गरेको छ ।बङ्लादेशले गएकाे वर्ष नोभेम्बरमा अर्को सूचना नभएसम्म सबै सार्वजनिक कर्मचारीहरूको विदेश यात्रामा प्रतिबन्ध समेत लग...