धनगढी : सुदूरपश्चिम प्रदेशमा प्रभावशाली मानिएका दुई कम्युनिष्ट नेता भीम रावल र लेखराज भट्ट एकै ठाउँमा पुगेका छन्। कम्युनिष्ट राजनीतिमा आएको उथलपुथलपछि रावल र भट्टलाई समयले फेरि एकै ठाउँमा ल्याइदिएको हो।रावल नेकपा एमालेका उपाध्यक्ष हुन भने भट्ट तत्कालीन माओवादी केन्द्रका नेता। २०७४ सालको प्रदेश तथा प्रतिनिधिको निर्वाचनपश्चात् २०७५ जेठमा एमाले र माओवादी केन्द्र मिलेर नेकपा बनेयता रावल र भट्ट एउटै पार्टीमा थिए।तर, दुवै नेताको ‘गुट’ भने फरक थियो। नेकपाभित्र पूर्व माओवादी र पूर्व एमालेको