केपी ओली जहाजमा, भीम रावल सडकमा

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष डा. भीमबहादुर रावल चितवन आइपुगेका छन् । १०औं महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी घोषणा गरेका रावल बिहीबार अपराह्न चितवनको सौराहा आइपुगेका हुन् । रावल स्थलमार्ग अर्थात् सडकमार्गबाट महाधिवेशनस्थल आइपुगेका हुन् । वर्तमान अध्यक्ष केपी शर्मा ओली भने सुवासचन्द्र नेम्वाङ, गोकर्ण विष्टसहित जहाजबाट उडेर चितवन आएका थिए । ओली जहाजबाट भरतपुर ओर्लिँदा भीम […] The post केपी ओली जहाजमा, भीम रावल सडकमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सम्बन्धित सामग्री

केन्द्रीय कमिटीमा समेटिए भीम रावल र घनश्याम भुसाल

नेकपा एमालेको नयाँ केन्द्रीय समितिमा भीम रावल र घनश्याम भुसाल समेटिएका छन् । आइतवार मध्यरातमा भएको बन्दसत्रमा अध्यक्ष मण्डलका अध्यक्ष केपी शर्माले ३ सय १ केन्द्रीय सदस्यको सूची पेश गरेका हुन् । केन्द्रीय कमिटीमा भीम रावल र घनश्याम भुसालको नाम समेटिएको हो । रावलले अध्यक्षमा केपी ओलीविरुद्ध उम्मेदवारी दिने बताएका छन् । केन्द्रीय कमिटीमा केन्द्रीय समितिका यसअघिका अधिकांश अनुहार समेटिएका छन् । केही नयाँ अनुहार समेटिएका छन् । १ सय २ जना खुल्ला सदस्यमा परेका छन् ।

निर्वाचनमा गए पार्टीमा भीम रावल एक्लै : तामाङ

नेकपा एमालेको १० औँ महाधिवेशन निर्वाचन प्रक्रियामा गए उपाध्यक्ष भीम रावल पार्टीमा एक्लै पर्ने शेरबहादुर तामाङले बताएका छन् । महाधिवेशनस्थलमा पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै तामाङले भीम रावल सहमतिमा नआए ध्वनि मतले ५ मिनेटमा बन्दसत्र टुंगाउने बताए ।उनले भने, '७ बजेबाट बन्दसत्र सुरु गर्ने तयारी छ ।  सहमति भएर आए नामावली वाचन गरेर बन्दसत्र सकिन्छ । भीम रावलजी सहमतिमा आउनुभएन भने ध्वनि मतको आधारमा हात उठाएर  ५ मिनेटमा बैठक टुङ्ग्याइन्छ । निर्वाचन प्रक्रियामा गए पार्टीमा भीम

भीम रावल को हुन् ? (परिचयसहित)

काठमाडौं, ५ मंसिर । नेकपा एमालेको १०औं महाधिवेशनमा अध्यक्षको उम्मेदवारी घोषणा गर्ने पहिलो व्यक्ति हुन् डा. भीम रावल । एमालेको नवौं महाधिवेशनमा रावल सर्वाधिक मत ल्याई उपाध्यक्ष निर्वाचित भएका थिए । कडा बोलीले विपक्षीलाई प्रहार गर्ने स्वभावका उनीसँग लामो राजनीतिक अनुभव छ । ४ साउन २०१३ मा अछामको साँफेबगर नगरपालिका ६ कालाआम गाउँमा जन्मिएका उनले […]

बैठक छाडेर निस्किए भीम रावल

नेकपा एमालेका उपाध्यक्ष भीम रावल जारी केन्द्रीय कमिटी बैठकबाट बाहिरिएका छन्। बैठकमा उनले आफ्नो केही कुरा नरहेको भन्दै मौन बसेका थिए।

सुदूरपश्चिममा एक्लिँदै भीम रावल, विश्वासपात्रले नै साथ छाडे

धनगढी : सुदूरपश्चिममा एमाले उपाध्यक्ष भीम रावल एक्लिँदै गएका छन्। यसअघि सुदूरपश्चिम प्रदेशमा बलियो वर्चस्व रहेका रावल एमालेमा खुलेसँगै प्रदेशमा उनकै विश्वासपात्र मानिएकाले समेत साथ छाड्न थालेका छन्।एमाले पार्टीमा विवाद भएपछि अध्यक्ष केपी शर्मा ओलीको खरो विरोध गर्ने भीम रावल एमालेमा खुलेका हुन्। एमालेभित्रको विवादले गर्दा सात महिनासम्म रावलको सुदूरपश्चिम प्रदेशमा निकै दबदबा रह्‍यो। यतिसम्म कि एमालेभित्र विवाद भएदेखि रावलको अनुमतिबिना प्रदेश सरकारमा कुनै पनि निर्णय हुन सकेन। रावलको अनुमतिमा नै

भीम रावल र ईश्वर पोखरेलबीच छलफल

काठमाडौँ- नेकपा एमालेका उपाध्यक्ष भीम रावल तथा महासचिव ईश्वर पोखरेलबीच छलफल भएको छ। आइतबार टोखास्थित पोखरेल निवासमा भएको भेटमा १० बुँदे सहमति कार्यान्वयन गरेर पार्टी एकता गर्नेबारे छलफल भएको बताइएको छ। गत असार २७ गते एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपाल पक्षका कार्यदलबीच १० बुँदे सहमति भएको थियो। उक्त १० बुँदे […]

भीम रावल अलमलमा: नेपाल रोज्लान् कि ओली ?

काठमाडौं, ३१ असार । नेकपा एमालेका उपाध्यक्ष भीम रावल यतिबेला अलमलमा छन् । उनी एमाले एकताको पक्षमा अन्तिम समयमा उभिएका थिए । वरिष्ठ नेता माधवकुमार नेपालको असन्तुष्टिका बाबजुद पार्टी एकता कायम राख्ने १० बुँदे सहमतिमा हस्ताक्षर गरेका थिए । रावल यसअघि काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने २६ सांसदमध्येका एक थिए । उनले […]

ओलीकै निम्तोमा भीम रावल बालुवाटारमा

काठमाडौँ- नेकपा एमालेका उपाध्यक्ष भीम रावल प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग वार्ता गर्न आइतबार बेलुकी बालुवाटार पुगेका छन्। ओली र माधव कुमार नेपालबीच सहमति जुटाउन  दोस्रो पक्षका नेताहरु सक्रिय भए पनि कुनै सफलता हात लाग्न सकेको छैन। नेपाललाई प्रभाव पार्नसक्ने नेताका रुपमा ओलीकै बोलाहटमा रावल बालुवाटार पुगेका हुन्। आइतबार बिहान ओलीले सुवास नेम्वाङ, […]