कर्णालीका रमणीय पर्यटकीय क्षेत्रमा पूर्वाधारको अभाव, आम्दानी न्यून

मुगुको रारा, डोल्पाको से फोक्सुन्डो, दैलेखको ज्वाला र गडी, सल्यानको कपुण्डे ताल, सुर्खेतको देउती बज्यै मन्दिर, काँक्रेविहार र बुलबुले ताललगायत कर्णालीका घुम्न लायक प्रमुख क्षेत्र हुन् । यीबाहेक कर्णालीमा प्रचारमा नआएका पर्यटक लोभ्याउने क्षेत्र धेरै छन् । यी पर्यटकीय स्थलबाट प्रदेशले राम्रो आम्दानी लिन सक्ने प्रसस्त सम्भावना छ । यहाँको रमणीय वातावरणले पर्यटकलाई लोभ्याउन सक्छ तर यस्तो पर्यटकीय सम्भावना बोकेका क्षेत्र हुँदाहुँदै पनि प्रदेशले भनेअनुसारको फाईदा लिन सकिरहेको छैन । कारण हो, पूर्वा

सम्बन्धित सामग्री

घाम पर्यटनको सम्भावना: अफसिजनका लागि बन्न सक्छ विकल्प

नेपालमा घाम ताप्नुलाई दैनिक जीवनको अंग मानिन्छ । मानिसको शरीरलाई घाम आवश्यक पनि छ । तर, यही घाम ताप्न चाहने व्यक्तिहरूलाई सेवा दिने घाम पर्यटन अहिले चलनचल्तीमा आउन थालेको छ । समुद्रीकिनारमा बालुवामा पल्टँदै घामको सेवन गर्ने पर्यटन समुद्री मुलुकमा प्रचलनमा रहेको धेरै लामो समयदेखि नै हो । तर, अहिले हिमाली वा पर्वतीय क्षेत्रमा पनि घाम ताप्ने वा सेवन गर्ने पर्यटन बढ्न थालेको छ । गर्मी याममा तराई वा गर्मी प्रदेशका बासिन्दा पहाडी क्षेत्र अर्थात् हिलस्टेशनमा आउने पर्यटन पनि राम्रो सम्भावना बोकेको क्षेत्र हो, नेपालका लागि । तर, अहिले यी हिलस्टेशन नै पनि घाम पर्यटनका लागि उपयुक्त थलो बन्न थालेको पाइन्छ ।  घाम पर्यटन भन्नेबित्तिकै सूर्य, बालुवा र समुद्र (सन, स्यान्ड र सी) भन्ने सामान्य बुझाइ छ । यो क्षेत्रले यूरोपेली पर्यटनमा ६० प्रतिशत अंश ओगटेको छ । अमेरिकामा ४३ प्रतिशत र चीनमा ६८ प्रतिशत रहेको छ । यसका लागि यूरोपेली पर्यटकमध्ये धेरैको रोजाइमा अहिले थाइल्यान्ड पर्न थालेको छ । तर, पहाडी भूभागमा जाडोका दिनमा न्यानो घाम ताप्न रुचाउने पर्यटन पनि शुरू भएको छ । खासगरी भारतमा अहिले हिमाचललगायत हिलस्टेशनमा यस्तो पर्यटन बढ्न थालेको छ ।  नेपाल पनि यस्तो पर्यटकका लागि आकर्षक गन्तव्य बन्न सक्छ । घामको किरणको बीचमा अग्ला चुचुरा अवलोकन गर्नुको छुट्टै आनन्द छ । त्यसैले घाम पर्यटन पर्यटन उद्योगमा लोकप्रिय प्रवृत्ति बन्दै गएको छ । सुन्दर परिदृश्य, प्रशस्त घामसहितको शान्त वातावरणमा रमाइलो गर्न राम्रो मौसम खोज्ने पर्यटकमाझ यो प्रचलन बढ्दो छ । र, नेपालमा यसको सम्भावना बढ्दो छ ।  घाम पर्यटनले हिमालका चुचुराहरूको अचम्मको सौन्दर्य पान गर्ने अवसर मात्र दिँदैन, घामको स्पर्श पाउने अचम्मको आनन्द पनि दिन सक्छ । घाम पर्यटनका कारण पर्यटक बढ्नुको फाइदा छ । नेपालको पर्यटनमा यसले विविधीकरण गर्न र अफसिजनमा पर्यटक बढाउन पनि मद्दत गर्छ । यसले स्थानीय बासिन्दाको आयस्रोत पनि बढाउँछ । त्यसैले सूर्य पर्यटनको बढ्दो लोकप्रियतासँगै यसले पर्यटकीय सिजनलाई विस्तार गर्न मद्दत गर्छ, जसले स्थानीयहरूलाई मद्दत गर्छ । सूर्यको उत्साहजनक न्यानोसँग मिलेर प्राकृतिक दृश्यहरूको मिश्रण खोज्ने पहाड हेर्न चाहने पर्यटकबीच सूर्य पर्यटन बढ्दो रूपमा लोकप्रिय हुँदै गएको छ । यसले हिमाल प्रेमीहरूलाई बाहिरी गतिविधिहरूको आनन्द लिन मात्र नभई पहाडहरूको घामले चुम्बन गरेको आभासलाई अँगाल्न अनुमति दिन्छ । पर्याप्त घामको आरामदायी अँगालोमा बेरिएर तिनीहरू चुचुरा, शान्त उपत्यका र रमणीय वनहरूको प्राकृतिक सौन्दर्यमा रमाउन सक्छन् । नेपालको मौसम तातो वा चिसो दुवै खोज्ने पर्यटकलाई आकर्षित गर्न सक्ने खालको छ । अमेरिका, क्यानडा, आइसल्यान्ड, नर्वे, स्वीडेन, डेनमार्क, फिनल्यान्ड आदि मुलुकमा यो बेला निकै चिसो हुन्छ । यसर्थ, त्यहाँका पर्यटकलाई घाम ताप्नका लागि नेपाल ल्याउने पर्यटन प्याकेज बनाउन सकिन्छ । घमाइलो मौसम भएका पहाडहरूमा पर्यटक ल्याएर घाम पर्यटन गराउन सकिन्छ । परम्परागत रूपमा स्कीइङ, स्नोबोर्डिङ र ट्रेकिङजस्ता गतिविधिसँग यसलाई जोड्न पनि सकिन्छ । यसले पर्यटन सिजन विस्तार गरेर, पहिले जाडो गतिविधिहरूमा धेरै निर्भर हुने व्यवसाय, आवास र सेवा प्रदायकहरूका लागि आम्दानी प्रदान गरेर स्थानीय अर्थतन्त्रमा योगदान पुर्‍याउँछ ।  घाम पर्यटनले प्राकृतिक स्रोतहरूको दीर्घकालीन संरक्षणको ग्यारेन्टी गर्दै संरक्षण प्रयास, पर्यावरण–मैत्री पूर्वाधार र जिम्मेवार पर्यटन अभ्यासजस्ता दिगो अभ्यासहरूलाई बढावा दिन्छ । यसले पहाडी क्षेत्रहरूमा पूर्वाधार विकासलाई अगाडि बढाउँछ, जसले यातायात, पहुँच र सुविधाहरूमा सुधार गर्छ । यसले पर्यटकीय अनुभवमा वृद्धि मात्र गर्दैन, रोजगारीका अवसरहरू सृजना गर्नुका साथै स्थानीय अर्थतन्त्रलाई पनि बढावा दिन्छ । पछिल्लो समय यस्ता पर्यटकको संख्या बढेको छ । आफ्नो मुलुक छोडेर अन्य मुलुकमा घुम्न निस्कने पर्यटकमध्ये केही प्रतिशत घाम ताप्नकै लागि निस्कने गरेको पाइन्छ । समुद्रको किनारमा घण्टौंसम्म घाम तापेर बस्ने गरेका विदेशीहरू हामीले देख्ने गरेका छौं । विदेशीहरू घामलाई बढी नै मान्यता दिने भएकाले उनीहरू परिवारसहित घुम्न निस्कन्छन् । नेपालमा छत, आँगन, चउर आदिमा घाम ताप्न मजाले पाइन्छ । त्यसो हुँदा यस्तो पनि पर्यटन हुन सक्छ र भन्ने कुरा आउन सक्छ । तर, नेपालकै तराई क्षेत्रका बासिन्दा घामका लागि पहाड जानुपर्ने अवस्था विगत केही वर्षदेखि देखिँदै आएको छ । तराईमा हुस्सु र शीतलहर चल्न थालेपछि घाम ताप्नकै लागि नजिकको पहाडमा जाने प्रवृत्ति बढ्दो छ । यसलाई आन्तरिक पर्यटनका लागि अवसरका रूपमा प्रयोग गर्न सकिन्छ ।  हिउँदको घाम त्यसै पनि न्यानो र प्यारो हुन्छ । कात्तिकदेखि फागुनसम्म धुम्म चिसोले कठ्याङ्ग्रिने उच्च पहाडमा त हिउँदे घाम मीठो हुने नै भयो । हिउँदका बेला तराईमा पनि हुस्सु र शीतलहरले थर्थरी कमाउँछ । यस्तो बेला घाम बेचेरै व्यवसाय चलाउन सकिन्छ । भेडेटार तराईका लागि गर्मी छल्ने ठाउँमात्र होइन, पारिलो घाम ताप्नका लागि पनि उत्तिकै प्यारो बनेको देखिन्छ ।  घाम पर्यटन घाम ताप्नमा मात्र सीमित हुँदैन । सूर्योदय र सूर्यास्तको मनमोहन दृश्य हेर्नु पनि घाम पर्यटनकै अंग मानिन्छ । नेपालमा सूर्योदयकै दृश्य हेर्नका लागि अन्तु डाँडा होस् वा नगरकोट वा साराङकोट आन्तरिक र बाह्य पर्यटकको घुइँचो लागिरहेकै हुन्छ ।  घाम पर्यटन घाम ताप्नमा मात्र सीमित हुँदैन । सूर्योदय र सूर्यास्तको मनमोहन दृश्य हेर्नु पनि घाम पर्यटनकै अंग मानिन्छ । नेपालमा सूर्योदयकै दृश्य हेर्नका लागि अन्तु डाँडामा होस् वा नगरकोट वा साराङकोट आन्तरिक र बाह्य पर्यटकको घुइँचो लागिरहेकै हुन्छ । त्यतिमात्र होइन, कतिपय रिसोर्टहरू घमाइलो स्थानमा खोलिएका छन् जसको सम्बन्ध घाम पर्यटनसँग नै देखिन्छ । पहाडको थुम्काहरूमा रिसोर्ट खोल्नुको एउटा प्रयोजन घाम पर्यटन नै हो । तर, यसलाई सीधै घाम पर्यटन भन्ने गरिएको छैन । यही नामबाट पर्यटन प्रवर्द्धन गर्ने हो भने यसमा नयाँ प्याकेज बन्न सक्ने देखिन्छ ।  नेपाल बाह्रै महीना घुम्न मिल्ने गन्तव्य बनाउन सकिन्छ । नेपालमा जाडोमा घाम ताप्ने पर्यटक धेरै ल्याउन सकिन्छ । यो बेला चिसो हुने मुलुकका नागरिकलाई नेपालमा भित्त्याउन सकिन्छ । नेपालको मौसम तातो वा चिसो दुवै खोज्ने पर्यटकलाई आकर्षित गर्न सक्ने खालको छ । अमेरिका, क्यानाडा, आइसल्यान्ड, नर्वे, स्वीडेन, डेनमार्क, फिनल्यान्ड आदि मुलुकमा यो बेला निकै चिसो हुन्छ । यसर्थ, त्यहाँका पर्यटकलाई घाम ताप्नका लागि नेपाल ल्याउने पर्यटन प्याकेज बनाउन सकिन्छ । जाडो याम नेपालका लागि पर्यटनको अफ सिजन हो । यस्तो अफ सिजनमा छूटका प्याकेज ल्याउन सकिन्छ । यसमा नेपाल पर्यटन बोर्डले प्रवर्द्धनात्मक कार्यक्रम ल्याउन आवश्यक छ । त्यस्तै निजीक्षेत्रले पनि यस्ता प्याकेज बनाएर प्रचार गर्नु जरुरी छ । अहिले पनि घाम पर्यटन नभएको होइन तर त्यसलाई ब्रान्डिङ गरेर बजारीकरण भने भएको छैन । यस्तो नयाँ प्रडक्टप्रति धनाढ्य पर्यटक आकर्षित हुन सक्छन् । त्यसमा घाम ताप्नुमात्र नभई आयुर्वेदिक मसाज र उपचार आदि पनि जोड्न सके अझ बढी प्रभावकारी हुन्छ । घाममा बस्नु शरीरका लागि आरामदायी मात्र होइन, स्वास्थ्यलाभका लागि पनि जरुरी छ ।  हिलस्टेशनलाई गर्मी छल्ने ठाउँका रूपमा मात्र प्रचार गर्ने गरिएको छ । त्यसो हुँदा जाडोमा यिनले कम व्यवसाय पाउँछन् । घाम पर्यटनको प्रचार गर्ने हो भने यिनले जाडो महीनामा पनि राम्रो व्यवसाय गर्न सक्छन् । यही जाडो महीनामा इलाममा प्रशस्त भारतीय पर्यटक देखिए तर भेडेटारमा भने खासै चहलपहल देखिएन । कारण भेडेटारले घामको प्रचार गरेको छैन । त्यसैले भारत र अन्य मुुलुकमा समेत घाम पर्यटनको प्रचारप्रसार जरुरी देखिएको छ । अहिलेसम्म घाम ताप्न नेपाल उत्कृष्ट छ भन्ने सन्देश प्रवाह गरिएको छैन ।  पर्यटन बोर्डको तथ्यांकअनुसार सन् २०२४ को पहिलो महीना जनवरीमा ७९ हजार १ सय पर्यटक नेपाल आएको देखिन्छ । यो संख्या अघिल्लो वर्ष जनवरीको तुलनामा २४ हजार बढी हो । बोर्डको तथ्यांकअनुसार सबभन्दा धेरै भारतबाट २४ हजार १ सय ३९ पर्यटक यो समय नेपाल आएका छन् । यो समय घाम पर्यटनको हो । आएका पर्यटक घाम ताप्नकै लागि वा घमाइलो वातावरणमा विभिन्न पर्यटकीय गतिविधि गर्नकै लागि आएका हुन् वा होइनन् भन्ने तथ्यांक पाइँदैन । त्यसैले नेपालले घाम पर्यटनलाई ब्रान्डिङ गर्न ढिला भइसकेको छ ।  लेखक पर्यटन व्यवसायी हुन् ।

चक्रीय अन्नपूर्ण पदमार्ग छेउको बुङ झरनामा पर्यटक बढ्दै

लमजुङ । जिल्लाको उत्तरी भेग मर्स्याङ्दी गाउँपालिका-४ च्याम्चेमा रहेको बुङ झरनामा यति बेला पर्यटक बढ्न थालेका छन् । चक्रीय अन्नपूर्ण पदमार्ग छेउमै रहेको यस झरनामा केही समयअघिसम्म १०० को हाराहारीमा आउने गरे पनि यतिबेला दैनिक २५० भन्दा बढी पर्यटक आउन थालेका हुन् ।  मर्स्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङका अनुसार अन्नपूणर् पदमार्गमा आउने विदेशी तथा स्वदेशी पर्यटक बुङ झरनामा रमाउने गरेका छन् । पदमार्ग छेउमै अवस्थित रमणीय झरनाको दृश्यले पर्यटकलाई लोभ्याउने गगरेको छ । पदमार्गमा आउने पर्यटक एक पटक झरना नहेरी नजाने उनको भनाइ छ । पालिकामा रहेका यस्ता पर्यटकीय झरनालाई थप व्यवस्थित गर्दै अघि बढ्ने गाउँपालिका अध्यक्ष गुरुङले बताए । छहराले त्यहाँ पुग्ने जो कसैलाई पनि लोभ्याउँछ । स्थानीय पर्यटन व्यवसायी बाबुराम तामाङले भने, ‘यस झरनामा यतिबेला पर्यटक बढ्दै गएका छन्, यस पदमार्गमा आएका विदेशी र आन्तरिक पर्यटक गरी दैनिक २०० देखि ३०० सम्म झरनामा आउने गरेका छन् ।’ यस झरनामा आउने पर्यटक बढ्दा आम्दानीसमेत आफूले राम्रो गरिरहेकाले उत्साहित बनेको उनले सुनाए । ‘शुरूमा यहाँ आफूले मात्र होटल सञ्चालन गरे पनि पछि पर्यटक वृद्धि हुँदा आम्दानी बढेकाले अन्य दुई/तीन पसलसमेत थपिएको र पसलमा समेत राम्रो व्यापार हुने गरेको छ,’ उनले भने, ‘छहरा हेर्दै फुरुंग बनेका पर्यटक कोही धमाधम छहराको फोटो खिच्छन् त कोही छहरालाई पृष्ठभूमिमा पारेर आफ्नै फोटो र सेल्फी खिच्छन्, प्रकृतिमा रमाउने पर्यटकलाई यस्ता झरनाले आकर्षित गरेको छ ।’ सदरमुकाम बेंसीशहरबाट झरना ३२ किलोमिटर दूरीमा पर्छ । रासस

समुदायले वनस्पति उद्यान सञ्चालन गर्न सक्छ ?

पृथ्वीमा मानव अस्तित्वका लागि स्वस्थ वातावरण र दिगो पारिस्थितिक प्रणाली आवश्यक पर्छ । तर, औद्योगिकीकरण, पूर्वाधार निर्माण र शहरीकरणको तीव्र प्रतिस्पर्धाले गर्दा मानव जीवनशैली, सोच र स्वास्थ्यमा प्रतिकूल असरहरू पनि देखापरेका छन् । त्यसैले आवास, कार्यालय, होटेल, अस्पताल, विद्यालय, मन्दिरपरिसरमा रमणीय हरियाली उद्यान बनाउनु सम्पन्नताको मानक बन्दै गएको छ । तसर्थ, आफूलाई शान्त र खुशी बनाउन मानिस पुनः प्रकृतितर्फ फर्कंदै छन् । यसैको प्रभाव स्वरूप नेपालमा पनि पछिल्लो समय शहरी पार्क, बोटानिकल गार्डेन (वनस्पति उद्यान), इको टे«ल, इको सर्किट, साहसिक खेल, होम स्टे सञ्चालन गर्ने लहर आएको छ, जुन पर्यापर्यटन, हरित रोजगारी र राजस्वका हिसाबले महत्त्वपूर्ण छन् । उद्यानको दिगो सञ्चालनका लागि प्रवेश तथा अन्य शुल्क, ध्यान तथा योगशिविर सञ्चालन गराउन सकिन्छ । उद्यानको मध्यवर्ती क्षेत्रमा वनभोज स्थलको सञ्चालन तथा व्यवस्थापनबाट पनि आम्दानी लिन सकिन्छ । राष्ट्रिय आयुर्वेद स्वास्थ्य नीति २०५२ मा हिमाल, पहाड र तराईमा नमूना जडीबुटी उद्यानहरूको विकास गरी घरेलु उपचार, उत्पादन, संरक्षण र प्रवर्द्धन गरी जनचेतना अभिवृद्धि गर्ने उल्लेख छ । यसैगरी जडीबुटी तथा गैरकाष्ठ वन पैदावार विकास नीति २०६१ मा जडीबुटीको स्व–स्थानीय र परस्थानीय संरक्षण र जडीबुटी क्षेत्र तोक्ने उल्लेख छ । साथै वन ऐन २०७६ को प्रस्तावनामा सामुदायिक, राष्ट्रिय र शहरी वन व्यवस्थापनलाई समेटेर अप्रत्यक्ष रूपमा सम्बोधन गरेको छ भने वन नियमावली २०७९ ले वनस्पति उद्यान, जडीबुटीसम्बन्धी संरक्षण, अनुसन्धान र व्यवस्थापनका लागि प्रत्यक्ष रूपमा सम्बोधन गरेको छ । बोटानिकल गार्डेन र पार्कबीचको भिन्नता दुवै संरचनामा भिन्नता भए पनि आम बुझाइ भने समान पाइन्छ । तर पनि यी दुवै उद्देश्य, प्राथमिकता र व्यवस्थापन विधिमा भने फरक हुन्छ । वास्तवमा वनस्पति उद्यान (बोटानिकल गार्डेन) भनेको वनस्पतिहरूको वैज्ञानिक व्यवस्थापन गरिएको जीवित संग्रहालय हो, जुन शिक्षा र जनचेतना अभिवृद्घिका लागि अपरिहार्य हुन्छ । यहाँ दुर्लभ, संकटापन्न, रैथाने, मौलिक र आर्थिक महत्त्वका वनस्पतिहरूको स्वस्थानीय र परस्थानीय संरक्षण, अध्ययन, अनुसन्धान, परीक्षण र प्रदर्शनी गरिएको हुन्छ । संरक्षित वनस्पतिहरूको वैज्ञानिक पहिचान र लेबलिङ हुन्छ भने संकलन गरिएका वनस्पतिहरूको मिति, स्थान र अन्य विवरणहरूको अभिलेख पनि राखिएको हुन्छ । साथै अन्तर उद्यान जर्मप्लाज्म (बीउ, गाना, जरा, हाँगा) साटफेर, कर्मचारीहरूबीच ज्ञान र अनुभव आदानप्रदान हरेक वनस्पति उद्यानमा हुनुपर्ने महत्त्वपूर्ण क्रियाकलाप हुन् । वास्तवमा जडीबुटी उद्यानको अवधारणाबाट वनस्पति उद्यानको विकास भएको हो । समयक्रममा वनस्पति उद्यानले ट्याक्सोनोमी (वैज्ञानिक पहिचान, नामकरण र वर्गीकरण), बीउ बैंक तथा थिमाटिक गार्डेनको स्याहारसम्भार, अभिलेखीकरण तथा विकास गरेको हो । जडीबुटी, सुनाखरी, उन्यू, बागवानी, जलीय, ढुंगे, ल्यान्डस्केप, रैथाने, साइटिस, शैक्षिक, इथ्नोबोटानिक, ट्याक्सोनोमिक फेमिली गार्डेन थिमाटिक गार्डेनका उदाहरण हुन् । यसैगरी जडीबुटीहरूको गुणस्तरीय बेर्ना उत्पादन तथा विक्री, दिगो खेती तथा प्रशोधन प्रविधिको विकास र हस्तान्तरणबाट स्थानीय जीविकोपार्जनमा योगदान पुर्‍याएको हुन्छ । हाल नेपालमा विभिन्न पारिस्थितिक प्रणालीहरूलाई प्रतिनिधित्व गर्दै वनस्पति विभागअन्तर्गत नौओटा जिल्ला (इलाम, धनुषा, मकवानपुर, ललितपुर, कास्की, बाँके, सल्यान, जुम्ला र कैलाली) मा १२ ओटा वनस्पति उद्यान सञ्चालित छन् । नेपालको सबैभन्दा पुरानो वनस्पति उद्यान राष्ट्रिय वनस्पति उद्यान, गोदावरी, ललितपुरको स्थापना विसं २०१९ मा भएको हो, जहाँ हाल करीब १ हजार ८५ वनस्पति प्रजाति संरक्षित छन् । शहरी पार्कको मूल उद्देश्य हरियाली, सुन्दरता, मनोरञ्जन, खुला स्थल, ऐतिहासिकता र शुल्क संकलन हुन्छ । तर, वनस्पति संरक्षण, मनोरञ्जन, वातावरणीय सेवा र राजस्व संकलनका हिसाबले पार्क र वनस्पति उद्यान दुवै बीच समानता पाइन्छ । हाल नेपालमा सामुदायिक, स्थानीय र प्रदेश सरकारबाट स्थापना गरिएका उद्यान वा पार्कहरूबाट केही भाग वनस्पति उद्यानका रूपमा सञ्चालन गर्न सकिन्छ । सामुदायिक स्तरमा सञ्चालन सम्भाव्यता नेपालको संविधान २०७२ मा सार्वजनिक, निजी र सहकारी क्षेत्रको सहभागिता तथा विकासमार्फत उपलब्ध साधनस्रोतको अधिकतम परिचालनबाट आर्थिक विकास गर्ने उद्देश्य रहेको छ । सामुदायिक वन व्यवस्थापनको सफलताको अभ्यासपछि अब हामीले अनुसन्धान, अन्वेषण र दिगो सदुपयोगलाई प्राथमिकता दिनुपर्ने समय आएको छ । जहाँ सुशासन तथा लाभांशको न्यायोचित वितरणले महत्त्व राख्छ । यसका लागि तीनै तहका सरकारले विद्यालय तहदेखि नै स्थानीय वनस्पति तथा जडीबुटीको वैज्ञानिक पहिचान, परम्परागत ज्ञान र अभ्यास, गुणस्तरीय उत्पादन, असल खेती तथा संकलन अभ्यास, मूल्य अभिवृद्घि, बजार सूचनाप्रणाली, बीमा, हरित रोजगारीजस्ता व्यावहारिक विषयहरू पाठ्यक्रममा समावेश गरी कार्यान्वयन गर्नु आवश्यक छ । केही स्थानीय तहले परीक्षण स्वरूप जडीबुटीसम्बन्धी पाठ्यक्रम लागू पनि गरेका छन् । वनस्पति विज्ञान कृषि र वन विज्ञानको जननी हो भने आयुर्वेद, औषधि तथा पोषणको मुख्य अंश हो । कोभिड–१९ को महामारीपछि विश्वले वनस्पति विज्ञान र बोटानिस्टहरूको महत्त्वलाई थप महसूस गरेको छ । हरेक वनस्पतिको अध्ययन, अनुसन्धानको शुरुआत वैज्ञानिक पहिचान, प्रजातिको उत्पत्ति स्थान, भौगोलिक वितरण र स्थानीय प्रयोगसम्बन्धी ज्ञानबाट हुन्छ । विडम्बना, विश्वमै बोटानिस्ट (ट्याक्सोनोमिस्टहरू) को संख्या घट्दो छ । तसर्थ, समयसापेक्ष बोटानिस्टहरूको दक्ष जनशक्ति उत्पादन, ज्ञान निर्माण र अवसरको सृजना गर्न नेपालका सरोकारवाला विश्वविद्यालयहरूको संलग्नता र क्रियाशीलता आवश्यक छ । यसैगरी विश्वविद्यालय वा अनुसन्धानमूलक संस्थाहरूले म्युजियम र हर्बेरियम संग्रहालय स्थापना गरी शैक्षिक केन्द्रका रूपमा विकास गर्न सक्छन्, जुन वनस्पति उद्यानको महत्त्वपूर्ण पाटो हो । साथै हर्टिकल्चरिस्ट, आयुर्वेदविद्, रसायनविद्हरूलाई एउटै वनस्पतिको बृहत् रूपमा अनुसन्धान गरी शोध, प्रकाशन तथा प्याटेन्टिङ कार्यमा आबद्घ पनि गराउन सकिन्छ । उद्यान स्थापनाको शुरुआती चरणमा भौतिक पूर्वाधार निर्माणमा ठूलो लगानी आवश्यक भए पनि बिस्तारै यसलाई दिगो रूपमा सञ्चालन गर्न सकिन्छ । तसर्थ, प्रारम्भमा स्थानीय, प्रदेश, संघीय वा संयुक्त रूपमा उद्यान निर्माणमा लगानी गर्नुपर्ने हुन्छ । उद्यानको दिगो सञ्चालनका लागि प्रवेश तथा अन्य शुल्क, ध्यान तथा योगशिविर सञ्चालन गराउन सकिन्छ । उद्यानको मध्यवर्ती क्षेत्रमा वनभोज स्थलको सञ्चालन तथा व्यवस्थापनबाट पनि आम्दानी लिन सकिन्छ । स्वदेशी शोभनीय फूलहरूको विकास, इन्डोर, आउटडोर, मौसमी फूलहरू तथा कट्फ्लावर उत्पादन गरेर स्थानीय रोजगारी सृजना गर्न सकिन्छ । साथै यसको बीउ तथा बेर्ना विक्री वितरणबाट आयात प्रतिस्थापन गर्न सकिन्छ । किनकि हरेक नेपाली र अंग्रेजी नयाँ वर्ष, प्रणय दिवस (भ्यालेन्टाइन डे) र तिहार पर्वमा करोडौं रकम फूलका लागि बाहिरिने गरेको छ । यसअतिरिक्त खाद्य, हर्बल चिया, पेय, दन्तमञ्जन, सौन्दर्य प्रसाधन, जैविक विषादी, स्यानिटाइजर र हस्तकलाका उपहार सामग्री विक्रीवितरणबाट थप आम्दानी गर्न सकिन्छ । विभिन्न उत्सव (जन्मोत्सव, स्मृति) मा वृक्षरोपण गराई थप आय–आर्जन तथा जनसहभागिता बढाउन सकिन्छ । जनचेतना र व्यापारका लागि पुष्प तथा जडीबुटी मेला आयोजना गर्न सकिन्छ । यसको प्रभावकारी कार्यान्वयनका लागि वनस्पति अनुसन्धान केन्द्र, आयुर्वेद स्वास्थ्य केन्द्र तथा औषधालयहरू, कृषि ज्ञान केन्द्र, डिभिजन वन कार्यालय वा अन्य अनुसन्धानमूलक संस्थाहरूसँग लिखित समझदारी र ठोस कार्ययोजनाका साथ अघि बढ्नुपर्छ । समझदारी पत्रमा मुख्यतः भू–स्वामित्व, जिम्मेवारी र लाभको न्यायोचित बाँडफाँट उल्लेख गरिनुपर्छ । वास्तवमा यो एकीकृत सञ्चालन मोडेल वनस्पति उद्यानका लागि मात्र नभई विज्ञान र प्रविधिमा समुदायले अपनत्व लिन सहयोगी हुन सक्छ । अनि मात्र हामी वानस्पतिक विविधतामा धनी देश छौं भन्ने अनुभूति गर्न सक्छौं । समृद्धिको यो नयाँ आयाममा अघि बढ्न हाम्रो दृढ इच्छाशक्ति र समूहमा काम गर्न सक्ने क्षमतामा विकास हुनु अत्यन्तै जरुरी छ ।  लेखक वनस्पति विभाग, काठमाडौंका वैज्ञानिक अधिकृत हुन् ।

इन्द्रसरोवर : आन्तरिक पर्यटकको दुई रातको गन्तव्य

२ मंसिर, हेटौंडा । मकवानपुरको इन्द्रसरोवरमा आन्तरिक पर्यटकको आकर्षण बढेको छ । रमणीय वातावरणमा रमाउँदै डुङ्गा र मोटरबोट सयर गर्न जिल्ला भित्र र बाहिरबाट प्रशस्त पर्यटक आउने गरेका छन् । पर्यटकको संख्या बढेपछि स्थानीयले खियाउँदै आएको काठे डुङ्गाले आम्दानी गर्न थालेको छ । इन्द्रसरोबर गाउँपालिका-१ का अध्यक्ष जमानसिंह वाइबाले भने, ‘अहिले तालमा पानीको मात्रा निकै […]

बारीको पाटाभरि ढकमक्क सयपत्री फूल

बनेपा – काभ्रेपलाञ्चोकको अग्लो रमणीय पर्यटकीयस्थल कामीडाँडाका किसान मर्दनसिं तामाङले फूल खेती गरेर आम्दानी गर्दै आएको दुई वर्ष भयो। उनले घरबारीमा मौसमअनुसारको सयपत्री फूल खेती गरेर आम्दानी गर्दै आएका हुन्। फूलैफूलको मौसम हिन्दूहरुको दोस्रो ठूलो पर्व तिहार नजिकिँदै गर्दा घर नजिकैको बारीमा उनले चिया खेतीसँगै मौसमअनुसार फूल खेती गरेर आम्दानी गर्न थालेका छन्। ‘गत वर्षदेखि […]

कृत्रिम तालले हटायो दराई–बोटे समुदायको परनिर्भरता

वैशाख २०, चितवन । खैरहनीको कुमरोज मध्यवर्ती सामुदायिक वनले निर्माण गरेको कृत्रिम तालले त्यहांँका पिछडिएका दराई–बोटे समुदायमा खोला, नदीप्रतिको निर्भरता हटाएको छ । यसअघि उक्त समुदायले खोला नदीमा माछा मारेर जीवन यापन गर्दै आएपनि समुदायको सक्रियतामा ताल निर्माण भएपछि उनीहरूको दैनिकीमा समेत परिवर्तन आएको छ ।  वनले निर्माण गरिदिएको तालमा माछापालन गरेर आम्दानी हुन थालेपछि दराई–बोटे समुदायको नदीप्रतिको निर्भरता हटेको हो । कृत्रिम ताल निर्माण भएपछि ती समुदायले कृत्रिम तालमा माछापालन गरेर आम्दानी गर्न थालेका छन् । माछापालनबाट भएको आम्दानीले जीवन सहज बन्दै गएपछि यो समुदाय नजिकका नदी तथा खोलामा माछा मार्न जान छाडेको हो । कृत्रिम तालमा माछापालन सुरू गरेका दराई–बोटे समुदायको खोलामा माछा मार्ने पुख्र्यौली पेसा विस्थापित भएको छ । सामुदायिक वनले वनको सेवा क्षेत्रभित्र रहेका ४१ घरधुरीलाई लक्षित गरी २०७५ सालमा दराई बोटे ताल निर्माण गरेको थियो । ४ बिघा क्षेत्रफलमा सो ताल फैलिएको छ । तालमा दराई–बोटे समुदायकै व्यवस्थापनमा माछापालन गरिएको छ । तालबाट वार्षिक करिब १२ लाख रूपैयाँ आम्दानी हुने गरेको छ । खर्च कटाएर बचेको पैसा ४१ घरधुरीलाई दामासाहीमा वितरण गर्ने गरिएको वनका कार्यसमिति सदस्य तथा ताल व्यवस्थापनका अगुवा दुःखीराम दराईले जानकारी दिए । ‘तालबाट एक वर्षमा तीनपटक माछा निकाल्न मिल्छ र एकपटकमा १५ क्विन्टलसम्म उत्पादन हुने गरेको छ,’ उनले भने, ‘अहिले हामी सन्तुष्ट अनि खुशी पनि छौं ।’  यहाँबाट आम्दानी हुन थालेपछि दराई–बोटे समुदायका मान्छेहरु खोलामा माछा मार्न जान छाडेको दराईले बताए । उनका अनुसार माछापालनमा मनग्य आम्दानी हुन थालेपछि तालको क्षमता विस्तार गर्दै जाने र उक्त समुदायलाई यसैमा आत्मनिर्भर बनाउने लक्ष्य रहेको छ ।  माछापालनसँगै ताल पर्यटकका लागि लोभलाग्दो रहेको छ । जिन्दगानी घाट तथा कठारको सिमानानजिक रहेको सो ताल पर्यटक आकर्षणको केन्द्रको रूपमा समेत विकास भएको छ । जिप सफारीमार्फत तालमा पुगेका पर्यटकहरु त्यहाँका रमणीय दृश्य अवलोकन गरेर रमाउने गरेका छन् । तालमा डुङ्गा सयर गर्ने व्यवस्थासमेत गरिएको छ । जिप सफारीमार्फत यहाँ पुगेका पर्यटकलाई मनोरञ्जन प्रदान गर्न कफी सप र डुङ्गा सयरको व्यवस्था गरिएको छ । कफी सप र डुङ्गा सयरबाट भएको आम्दानी भने दराई–बोटे समुदायले पाउँदैनन् । कफी सप र डुङ्गा सयरबाट भएको आम्दानी सामुदायिक वनको हुने अध्यक्ष गणेशकुमार श्रेष्ठले बताए । दराई–बोटे समुदायमा नदीप्रतिको निर्भरता हटाउन निर्माण गरिएको तालबाट आएको उनीहरुकै जीवनस्तर वृद्धिको लागि ताल निर्माण गरिएको हो ।  संरक्षण र पर्यटनलाई सँगसँगै अगाडि बढाएको सो सामुदायिक वनले पर्यापर्यटन सञ्चालनका लागि हात्ती सफारी, जिप सफारी र टावर रात्रिकालीन बसाइँ कार्यक्रम सञ्चालन गरेको छ । हात्ती सफारी, जिप सफारी र टावर रात्रिकालीन बसाइँबापत लिने शुल्क नै वनको मुख्य आम्दानीको स्रोत हो । सो सामुदायिक वनले पर्यापर्यटनबाट भएको आम्दानी संरक्षण, विकास निर्माण र उपभोक्ताको आयआर्जनमा खर्च गर्दै आएको छ । कुल आम्दानीको ६० प्रतिशत संरक्षण र ४० प्रतिशत सामुदायिक विकासमा खर्च गर्दै आएको अध्यक्ष श्रेष्ठले बताए । २०४८ सालबाट पर्यापर्यटन सुरू गरेको सो सामुदायिक वनले सोही वर्षदेखि हात्ती सफारी, २०५३ सालबाट टावर नाइट र २०७४ सालदेखि जिप सफारी सुरू गरेको हो । हाल सो वनमा १२ वटा हात्ती, ५६ वटा जिपले सफारी गराउँदै आएका छन् । २०४१ सालमा स्थापना भएको सो सामुदायिक वनको क्षेत्रफल ६९१ हेक्टर रहेको छ । वनका २ हजार १०९ घरधुरी उपभोक्ता रहेका छन् ।

पर्सा निकुञ्जमा बढ्दैछ पर्यटक आकर्षण

पर्सा, बारा र मकवानपुर तीन जिल्लाको सीमा क्षेत्रमा रहेको पर्सा राष्ट्रिय निकुञ्ज नेपालको सबैभन्दा कान्छो निकुञ्ज हो । पहिले वन्यजन्तु आरक्षको रूपमा मात्रै रहेको आरक्ष क्षेत्र अहिले राष्ट्रिय निकुञ्जमा परिणत भएको छ । निकुञ्जमा परिणत भएसँगै पर्यटकीय गन्तव्यको रूपमा पनि विकास हुँदै गएको छ । केही वर्षअघिसम्म घुम्न र रमाइलो गर्न चितवन राष्ट्रिय निकुञ्ज बाहेक नजिकमा पर्यटकीय गन्तव्य स्थल नरहेको प्रदेश नम्बर २ मा पर्यटकका लागि पर्सा राष्ट्रिय निकुञ्ज आकर्षक गन्तव्य स्थलका रूपमा विकसित हुँदै गएको हो । नेपालमा पाइने रैथाने हात्तीको वासस्थान संरक्षण गर्ने उद्देश्यले विक्रम संवत् २०४० सालमा बारा, पर्सा र मकवानपुरसँग सीमा जोडिएको चार सय ९९ वर्ग किलोमिटर जंगल क्षेत्रलाई पर्सा वन्यजन्तु आरक्षको रूपमा स्थापना गरिएको थियो । २०७२ सालमा भने बारातर्फको एक सय २८ दशमलव ३९ वर्ग किलोमिटर राष्ट्रिय वन क्षेत्रलाई पनि तत्कालीन पर्सा वन्य जन्तु आरक्षमा समाहित गरेपछि अहिले यसको कुल क्षेत्रफल ६ सय २७ दशमलव ३९ वर्गकिलोमिटर छ । तत्कालीन पर्सा वन्य जन्तु आरक्षलाई २०७४ साल वैशाख २५ गतेको मन्त्रिपरिषद् बैठकले पर्सा राष्ट्रिय निकुन्जका रूपमा परिणत गर्ने निर्णय गरेपनि गत असार १९ गते राजपत्रमा सूचना प्रकाशित भएपछि मात्र पर्सा वन्य जन्तु आरक्ष कानुनी रूपमा पर्सा राष्ट्रिय निकुन्जका रूपमा परिणत भएको हो । राष्ट्रिय निकुञ्जमा परिणत भएपछि स्वदेशी तथा विदेशी पर्यटकहरूलाई अवलोकन र घुमफिरका लागि खुला गरिएको छ । पर्यटकहरूका लागि खुला गरेपछि अहिले पर्सा राष्ट्रिय निकुञ्ज पर्यटकीय गन्तव्य बनेको छ । परिवारसहित घुम्न निस्कने ठाउँको अभाव भइरहेका बेला निर्माण भएका रिसोर्टले त्यसको आवश्यकता पूर्ति गर्ने गरेको छ भने करोडौँ रुपैयाँको लगानीमा नयाँ रिसोर्ट तथा होटल निर्माण हुने क्रममा रहेको छ । पर्सा तथा बारा जिल्लाको सीमा पर्ने निकुञ्जमा पर्याप्त मात्रामा पूर्वाधार रहेकाले अब यसको दिनचर्या बदलिँदो अवस्थामा रहेको छ । ६ सय २७ वर्ग किमीमा फैलिएको यो निकुञ्जको पूर्वमा धार्मिक रतनपुरी जंगल, पश्चिम चितवन राष्ट्रिय निकुञ्जको सिकारीबास, उत्तरमा वफर जोन र दक्षिणमा पुरानो निर्मलबस्ती सुवर्णपुर रहेको छ । निकुञ्जलाई रौतहटसम्म विस्तारको लागि पनि माग भइरहेको छ । रौतहटसम्म पनि चारकोशे झाडीले छोएकोले रौतहटसम्म निकुञ्ज विस्तारको माग भएको पर्सा राष्ट्रिय निकुञ्जले जनाएको छ । पर्यटनको लागि पूर्वाधारहरूको पनि आवश्यकता हुने भएकोले अहिले निकुञ्ज वरिपरि आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी साना होटलदेखि ठूला र सुविधा सम्पन्न होटल तथा रिसोर्टहरू पनि खुल्न थालेको छ । त्यसले त्यो क्षेत्रमा पर्यटक गतिविधिलाई पनि बढाएको छ । निकुञ्जभित्र रहेका ऐतिहासिक तथा प्राचीन हलखोरिया दह, कामिनी दह, माया मन्दिर, दूग्धेश्वर महादेव मन्दिरका साथै निकुञ्जभित्र पर्यटकका लागि निश्चित शुल्क लिएर पर्सा राष्ट्रिय निकुन्जभित्र रहेका विभिन्न महत्वपूर्ण तथा दुर्लभ वन्यजन्तु र चराचुरुंगीहरू अवलोकन गर्नका लागि खुला गरिएको छ । पर्सा राष्ट्रिय निकुन्जमा प्रवेशका लागि नेपाली पर्यटकको हकमा ५० रुपैयाँ, सार्क मुलुकका पर्यटकका लागि पाँच सय रुपैयाँमा १३ प्रतिशत भ्याट थप तथा अन्य मुलुकका पर्यटकका लागि एक हजार रुपैयाँमा भ्याट थप गरी शुल्क निर्धारण गरिएको छ । पर्सा राष्ट्रिय निकुन्जमा दुर्लभ वन्यजन्तुहरू पाटे बाघ, रैथाने हात्ती, एक सिंगे गैंडा, भालु, रतुवा मृग, चित्तल, जरायो, बँदेल, नील गाई, गौरी गाईका साथै झण्डै दुई सय प्रजातिका चराचुरुंगीहरू छन् । यस्तै निकुञ्जभित्र कामिनी दह, हलखोरीया दह र लौकी दह गरी तीन वटा प्राकृतिक मनोरम तालहरू पनि छन् । पर्यटकहरूको अवलोकन र घुमफिरका लागि निकुन्जको जंगलभित्र पर्ने मकवानपुरको प्रतापपुर, पर्साको रातोटे र रामभौरी भाथा, बाराको हलखोरियामा गरी एक दर्जन भ्यू टावरहरू पनि बनाइएको छ । यसैगरी पर्यटकहरूलाई जंगल सफारी गर्न निकुन्जको हात्तीसारमा एक दर्जन हात्तीहरू पनि राखिएको छ । निकुन्जभित्र फायर लाइन पनि भएकाले हात्तीको जंगल सफारी गर्न नचाहने पर्यटकहरूले आफ्नो निजी सवारीमा सवार भई जंगल सफारी गर्न सक्ने व्यवस्था पनि मिलाइएको प्रमुख संरक्षण अधिकृत कार्यालयले जनाएको छ । बाराको आधाभारमा रहेको पर्सा राष्ट्रिय निकुन्जको कार्यालयका अनुसार पर्यटकहरूका लागि खुल्ला गरिएयता मंसिर मसान्तसम्म स्वदेशी तथा विदेशी गरी ३४ जना पर्यटकले निकुञ्जको भ्रमण र अवलोकन गरेका छन् । मंसिर मसान्तसम्म नेपालका २१, सार्क मुलुकका पाँच र अन्य मुलुकका सात जना पर्यटकहरूले निकुन्जको अवलोकन भ्रमण गरेका ह्ुन् । यस्तै मंसिर मसान्तसम्म १९ जना पर्यटकले हात्तीमा चढेर हात्ती सफारी पनि गरेको पर्सा राष्ट्रिय निकुन्जको कार्यालयका रेन्जर विनय झाले जानकारी दिए । उनीहरूबाट प्रवेश शुल्क र हात्ती सफारी शुल्क गरी २५ लाख २६ हजार रुपैयाँ राजश्व संकलन पनि भएको झाले बताए । आरक्षबाट निकुञ्जमा स्तरोन्नति भएपछि आकर्षक तथा मनमोहक प्राकृतिक दृश्य, जैविक विविधताले भरिएको वनजंगल, जनावर हेर्न प्रत्येक वर्ष एक हजारभन्दा बढी स्वदेशी तथा विदेशी पर्यटक आउने गरेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभक्त आचार्यले बताए । निकुञ्जभित्र ऐतिहासिक स्थल, दुर्लभ वन्यजन्तु, रमणीय तथा प्राकृतिक दृश्य हेर्न आउने विदेशी पर्यटकका लागि प्रतिव्यक्ति भ्याटसहित एक हजार, हात्ती चढेको ६ सय ५० रुपैयाँ तथा नेपाली पर्यटकका लागि प्रतिव्यक्ति प्रवेश शुल्क ५० रुपैयाँ र हात्ती चढेमा ६ सय ५० रुपैयाँ तोकिएको छ । पर्यटनसँगै आर्थिक समृद्धिको सम्भावना पर्सा राष्ट्रिय निकुञ्ज प्रदेश नम्बर २ को प्रमुख पर्यटकीय गन्तव्य बन्ने प्रचुर सम्भावना रहेको निकुञ्ज हो । पर्यटनको सम्भावनाले नै निकुञ्ज बनाइएको पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले बताए । उनले भने, “पहिले वन्यन्तु आरक्ष हुँदा महत्व पनि भएन । प्रचार प्रसार पनि भएन । यहाँ पाइने वन्यजन्तु र प्राकृतिक सम्पदाले यसलाई महत्व दिने भएकोले नै राष्ट्रिय निकुञ्जमा परिणत गरेर प्रचार प्रसार पनि गरिरहेका छौं ।” उनका अनुसार पर्सा राष्ट्रिय निकुञ्ज पर्यटन व्यवसायको विकास गरी आर्थिक समृद्धि हुने एकदमै उपयुक्त स्थानमा रहेको छ । उनले भने, “पहुँचको दृष्टिले हेर्दा काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आउने पर्यटकहरूलाई पर्साको दूरी सबैभन्दा नजिक हुन्छ । यो एउटा सवल पक्ष हो । अर्को छिमेकी देश भारतको सीमा नजिकै भएकोले भारतीय पर्यटकहरू पनि यहाँका बाघ र हात्ती हेर्न उत्सुक हुन्छन् । त्यसैले पनि पर्सा राष्ट्रिय निकुञ्ज पर्यटकीय र पर्यावरणीय हिसाबले एकदमै अनुकुल स्थानमा रहेकोले यसको पर्यटकीय गन्तव्य सम्भावना प्रचुर रहेको छ ।” बाराको निजगढमा बन्न लागेको अन्तर्राष्ट्रिय विमानस्थल र निर्माणधिन निजगढ काठमाडौं द्रुत मार्गले पनि पर्यटकको पहुँचमा एकदमै नजिक रहेको, यहाँबाट नजिकै एकदमै चिसो स्थान मकवानपुरको दामन पनि छ । सम्भावना नै सम्भावना बोकेको यो क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउनका लागि नै निकुञ्ज बनाउने निर्णय भएको प्रमुख आचार्यको भनाइ छ । उनी भन्छन्, “पर्यटकले जनावर र प्रकृति मात्रै हेर्दैनन् । सांस्कृतिक, धार्मिक, परम्परागत संस्कृति पनि रुचाउँछन् । प्रदेश नम्बर २ मा रहेका सबै धार्मिक, सांस्कृतिक, तथा पर्यटकीय क्षेत्रलाई हब बनाएर हे¥यौं भने यसले आर्थिक विकास र समृद्धिमा कायापलट ल्याउँछ ।” यस क्षेत्रमा रहेका प्राकृतिक र वन्यजन्तु सम्पदालाई पर्यापर्यटन मार्फत पर्यटकहरूलाई अवलोकन गर्ने अवसर प्रदान गर्ने र पर्यटकहरूलाई आकर्षण गर्ने र पर्यटकहरूबाट संकलन भएका आयस्रोतबाट यस क्षेत्रको आर्थिक समृद्धिलाई पनि सँगसँगै लैजाने उद्देश्य रहेको प्रमुख संरक्षण अधिकृत आचार्यको भनाइ छ । निकुञ्जमा आउने पर्यटकहरूबाट असुल गरिने शुल्कले स्थानीय स्तरको विकासका लागि पनि सहयोग पुग्ने प्रमुख संरक्षण अधिकृत आचार्य बताउँछन् । “निकुञ्जको आम्दानी बढाउनु भनेको स्थानीय जनताको पनि प्रत्यक्ष रूपमा आम्दानी बढाउनु हो,” उनी भन्छन्, “मध्यवर्ती समितिलाई उपलब्ध गराउने र त्यो रकम बजेट कार्यक्रमबाट सानातिना सामुदायिक विकास कार्यक्रम गर्ने गर्नुपर्छ ।” संरक्षणको लागि जनचेतना अभिवृद्धि गर्नेलगायत क्षेत्रमा लगानी गर्ने योजना निकुञ्जको रहेको छ । निकुञ्ज आउने पर्यटकहरू बढे खाने, बस्ने, घुम्ने, गाडी, व्यवसाय, हवाई टिकटमा वृद्धि हुन सक्ने सम्भावना छ । तत्काल छुटै नियमावली नभए पनि पछिल्लो बनेको बाँके राष्ट्रिय निकुञ्जको लागि निर्माण गरिएको नियमावलीको आधारमा नै शुल्कको निर्धारण गरिएको छ । राजमार्ग निकुञ्जका लागि समस्या निकुञ्जको नजिक रहेको विकास पूर्वाधारहरू सडक, विद्युत, खानेपानी, विद्यालय, तथा राजमार्गले भने निकुञ्जमा रहेका वन्यजन्तुलाई असर पारेको छ । निकुञ्जको कार्यालय नजिकैबाट पास हुने त्रिभुवन राजपथ पनि निकुञ्जको लागि समस्या रहेको छ । निकुञ्जमा रहेका वन्यजन्तु आवतजावत गर्ने बाटोबीचबाटै राजमार्ग पनि रहेकोले सडकमा गुड्ने, सवारी साधनले वन्यजन्तुलाई अवरोध गर्ने तथा कहिलेकाहीँ वन्यजन्तुले पनि अवरोध गर्ने हुँदा दुवै पक्षको द्वन्द्वले खतरा रहेको निकुञ्जको भनाइ छ । प्रमुख संरक्षण अधिकृत आचार्य भन्छन्, “संरक्षण र विकासलाई सँगै लिएर जान सकेनौं भने दिगो विकास हँुदैन । जनावरहरूलाई सहज रूपमा आवतजावत गर्न दिनका लागि वैकल्पिक बाटोको रूपमा फ्लाईओभर बनाउन सुझाव दिएका छौ ।”