चक्रीय अन्नपूर्ण पदमार्ग छेउको बुङ झरनामा पर्यटक बढ्दै

लमजुङ । जिल्लाको उत्तरी भेग मर्स्याङ्दी गाउँपालिका-४ च्याम्चेमा रहेको बुङ झरनामा यति बेला पर्यटक बढ्न थालेका छन् । चक्रीय अन्नपूर्ण पदमार्ग छेउमै रहेको यस झरनामा केही समयअघिसम्म १०० को हाराहारीमा आउने गरे पनि यतिबेला दैनिक २५० भन्दा बढी पर्यटक आउन थालेका हुन् ।  मर्स्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङका अनुसार अन्नपूणर् पदमार्गमा आउने विदेशी तथा स्वदेशी पर्यटक बुङ झरनामा रमाउने गरेका छन् । पदमार्ग छेउमै अवस्थित रमणीय झरनाको दृश्यले पर्यटकलाई लोभ्याउने गगरेको छ । पदमार्गमा आउने पर्यटक एक पटक झरना नहेरी नजाने उनको भनाइ छ । पालिकामा रहेका यस्ता पर्यटकीय झरनालाई थप व्यवस्थित गर्दै अघि बढ्ने गाउँपालिका अध्यक्ष गुरुङले बताए । छहराले त्यहाँ पुग्ने जो कसैलाई पनि लोभ्याउँछ । स्थानीय पर्यटन व्यवसायी बाबुराम तामाङले भने, ‘यस झरनामा यतिबेला पर्यटक बढ्दै गएका छन्, यस पदमार्गमा आएका विदेशी र आन्तरिक पर्यटक गरी दैनिक २०० देखि ३०० सम्म झरनामा आउने गरेका छन् ।’ यस झरनामा आउने पर्यटक बढ्दा आम्दानीसमेत आफूले राम्रो गरिरहेकाले उत्साहित बनेको उनले सुनाए । ‘शुरूमा यहाँ आफूले मात्र होटल सञ्चालन गरे पनि पछि पर्यटक वृद्धि हुँदा आम्दानी बढेकाले अन्य दुई/तीन पसलसमेत थपिएको र पसलमा समेत राम्रो व्यापार हुने गरेको छ,’ उनले भने, ‘छहरा हेर्दै फुरुंग बनेका पर्यटक कोही धमाधम छहराको फोटो खिच्छन् त कोही छहरालाई पृष्ठभूमिमा पारेर आफ्नै फोटो र सेल्फी खिच्छन्, प्रकृतिमा रमाउने पर्यटकलाई यस्ता झरनाले आकर्षित गरेको छ ।’ सदरमुकाम बेंसीशहरबाट झरना ३२ किलोमिटर दूरीमा पर्छ । रासस

सम्बन्धित सामग्री

मनाङका होटलमा पर्यटक भरिभराउ

हिमाली जिल्ला मनाङमा भ्रमण गर्न अनुकूल मौसम बनेसँगै पर्यटक आगमन बढे्को छ । विश्वकै जोखिमयुक्त मानिएको अन्नपूर्ण पदमार्गमा पर्यटकको आगमन बढ्दै गएको हो । पर्यटक आगमन बढ्दै गएपछि यहाँका होटल तथा पर्यटन व्यवसाय भरिभराउ भएका छन् । दिनप्रतिदिन मनाङअन्तर्गतको अन्नपूर्ण पदमार्ग चयालमान बन्दै गएको छ । दुई वर्ष कोभिडका कारणले गर्दा पूर्ण रुपमा बन्द रहेको …

अन्नपूर्ण पदमार्ग : यात्रा छोटियो तर सास्ती उस्तै

–नवीन लामिछाने / नेपाल भित्रिने बाह्य पर्यटकको रोजाइमा हिमाली जिल्ला मनाङ पर्दछ । विश्वकै उत्कृष्ट पर्यटकीय गन्तव्यस्थलको १०औँ स्थानमा परेको मनाङको अन्नपूर्ण पदमार्गमा पर्यटक आउने अनुकूल समय अब सुरु भएको छ । यहाँ आउने विश्वका पर्यटक यसै पदमार्गलाई गन्तव्य बनाएर आउने गर्दछन् । उनीहरु यो पदमार्गको यात्राका लागि लामो तालिकासहित आउँछन् । तर अहिले भने […]

अन्नपूर्ण पदमार्ग : यात्रा छोटियो तर सास्ती घटेन

२० भदौ, मनाङ । नेपाल भित्रिने बाह्य पर्यटकको रोजाइमा हिमाली जिल्ला मनाङ पर्दछ । विश्वकै उत्कृष्ट पर्यटकीय गन्तव्यस्थलको १०औँ स्थानमा परेको मनाङको अन्नपूर्ण पदमार्गमा पर्यटक आउने अनुकूल समय अब सुरु भएको छ । यहाँ आउने विश्वका पर्यटक यसै पदमार्गलाई गन्तव्य बनाएर आउने गर्दछन् । उनीहरु यो पदमार्गको यात्राका लागि लामो तालिकासहित आउँछन् । तर अहिले […]

अन्नपूर्ण पदमार्ग : यात्रा छोटियो तर सास्ती घटेन

–नवीन लामिछानेनेपाल भित्रिने बाह्य पर्यटकको रोजाइमा हिमाली जिल्ला मनाङ पर्दछ । विश्वकै उत्कृष्ट पर्यटकीय गन्तव्यस्थलको १०औँ स्थानमा परेको मनाङको अन्नपूर्ण पदमार्गमा पर्यटक आउने अनुकूल समय अब सुरु भएको छ ।  यहाँ आउने विश्वका पर्यटक यसै पदमार्गलाई गन्तव्य बनाएर आउने गर्दछन् । उनीहरु यो पदमार्गको यात्राका लागि लामो तालिकासहित आउँछन् । तर अहिले भने उनीहरुको यो तालिका फरक भएको छ । तय गरिएको तालिकाभन्दा पहिले नै यात्रा सकिने गरेको छ ।लमजुङको सदरमुकाम बेँसीसहरदेखि सुरु हुने पदमार्गको यात्रा

अन्नपूर्ण पदमार्ग: यात्रा छोटियो तर घटेन सास्ती

विश्वकै उत्कृष्ट पर्यटकीय गन्तव्यस्थलको १०औँ स्थानमा परेको मनाङको अन्नपूर्ण पदमार्गमा पर्यटक आउने अनुकूल समय अब सुरु भएको छ ।

बर्खामा पनि अन्नपूर्ण पदमार्ग भित्रिए पर्यटक

बर्खाको समयमा पनि चक्रीय अन्नपूर्ण पदमार्गमा पर्यटकको आगमन भएको छ । अफ सिजन मानिने समयमा पनि पदमार्गमा स्वदेशी तथा विदेशी पर्यटकको आवागमन भइरहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्पाप)मनाङले जनाएको छ । पदमार्ग आएका पर्यटकमा स्वदेशी भन्दा विदेशी पर्यटक बढी देखिएको छ । एक्याप मनाङका प्रमुख लेखनाथ गौतमका अनुसार अफ सिजनको समयमा समेत पर्यटक पदमार्गमा आउने गरेका छन् । पर्यटकका लागि लमजुङखण्डको सडकमा केही समस्या भए पनि मनाङतर्फको सडक सहज रहेको बताए । पदयात्रामा आएका अधिकांश अन्नपूर्ण पदमार्गको

बर्खामा पनि अन्नपूर्ण पदमार्ग भित्रिए पर्यटक

लमजुङ- बर्खाको समयमा पनि चक्रीय अन्नपूर्ण पदमार्गमा पर्यटकको आगमन भएको छ । अफ सिजन मानिने समयमा पनि पदमार्गमा स्वदेशी तथा विदेशी पर्यटकको आवागमन भइरहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्पाप) मनाङले जनाएको छ । पदमार्ग आएका पर्यटकमा स्वदेशी भन्दा विदेशी पर्यटक बढी देखिएको छ । एक्याप मनाङका प्रमुख लेखनाथ गौतमका अनुसार अफ सिजनको समयमा समेत पर्यटक […]

अन्नपूर्ण पदमार्ग : कोभिड तेस्रो लहरले पर्यटक आगमन ठप्प

कास्की । विश्व पर्यटन बजारका महत्त्वपूर्णमध्ये एक मानिने अन्नपूर्ण पदमार्गमा यतिबेला पर्यटक घट्दा पर्यटन व्यवसायी चिन्तित छन् । दुईपटकको कोरोनाले थलिएर विस्तारै माथि उठ्दै गरेको यस क्षेत्र अत्यधिक चिसो बढ्नुका साथै पुनः कोरोना जोखिम बढ्न थालेसँगै हप्ता–दश दिनअघिदेखि पदमार्गमा आउने पर्यटक शून्यजस्तै भएका बताइएको छ । पर्यटक नआउँदा आम्दानीको स्रोत ठप्प भएको उनीहरू बताउँछन् । कोरोनाको लहर घटेसँगै विस्तारै लय लिँदै गरेको यस क्षेत्रमा दैनिक ५०–६० हाराहारीमा पर्यटक आउने गरे पनि पछिल्लो समय पर्यटकको संख्या ह्वात्तै घटेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच केन्द्र धारापानीका पर्यटन सहायक क्षेत्रबहादुर गुरुङले जानकारी दिए । ‘कोरोनाले थला पारेर माथि उठ्दै गरेको यस क्षेत्र अब फेरि थला पर्न थालेको छ, अझै कहिलेसम्म कोरोनाले प्रभाव पार्ने हो, थाहा छैन तर लामो समयसम्म पदमार्ग सुनसान बनेमा पर्यटन व्यवसायीलाई ठूलो नोक्सान हुनेछ,’ उनले भने । पैतीस हजारभन्दा बढी पर्यटन यस पदमार्गमा आउने गर्दछन् । यीमध्ये अधिकांश पर्यटन व्यवसायीको आम्दानीको मुख्य स्रोत पर्यटक तथा पर्यटन क्षेत्र रहेको छ । तर कोरोनाले पर्यटक आगमन थप भएसँगै उनीहरूको आम्दानीसमेत नहुने हुँदा परिवारको दैनिकी गुजारा चलाउन समेत समस्या हुने पर्यटन व्यवसायीको भनाइ छ । अन्नपूर्ण पदमार्गका पर्यटन व्यवसायी लमजुङ मस्र्याङ्दी गाउँपालिका–४ जगत्का पच्चबहादुर गुरुङले भने, ‘पर्यटकको चाप हुँदा दैनिक ३०–४० हजार आम्दानी हुन्थ्यो, तर अहिले पर्यटक नआउँदा आम्दानी शून्य भएको छ ।’ रासस

अन्नपूर्ण पदमार्ग पुनः सुनसान

लमजुङ–विश्व पर्यटन बजारका महत्वपूर्णमध्ये एक मानिने अन्नपूर्ण पदमार्गमा यतिबेला पर्यटक घट्दा पर्यटन व्यवसायी चिन्तित छन् । दुईपटकको कोरोनाले थलिएर विस्तारै माथि उठ्दै गरेको यस क्षेत्र अत्यधिक चिसो बढ्नुका साथै पुनः कोरोना जोखिम बढ्न थालेसँगै हप्ता–दश दिनअघिबाट पदमार्गमा आउने पर्यटक शून्यजस्तै भएका जनाइएको छ । पर्यटक नआउँदा आम्दानीको स्रोत ठप्प भएको उनीहरु बताउँदछन् । कोरोनाको लहर […]

अन्नपूर्ण पदमार्ग पुनः सुनसान

कोरोना भाइरसको उच्च जोखिमसँगै प्रसिद्ध अन्नपूर्ण पदमार्ग पुनः सुनसान भएको छ । पदयात्राका लागि उपयुक्त मौषम भए पनि दोस्रो प्रकारको कोभिड–१९ को प्रभावले अन्नपूर्ण पदमार्ग पुनः सुनसान भएको हो ।लमजुङको सदरमुकाम बेसीसहरबाट सुरु हुने अन्नपूर्ण पदमार्गमा अघिल्लो वर्षदेखि नै सुनसान बनेको हो । पर्यटकहरूको उत्साहजनक आगमन हुने सिजनमा कोभिड प्रभावकै कारण यो वर्ष न्यून पर्यटक […]