दार्चुला जिल्लाको नौगाड गाउँपालिका ३ चौखुट्ेमा बिहिवार विहान पहिरोमा पुरिएर ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुई जना एकै परिवारमा रहेका छन । बुधवार रातभरी परेको अविरल बर्षाले बिहिवार बिहान ५ बजेतिर पहिरोले घर पुरिदाँ ७२ बर्षिया गेउली ठगुन्ना र उनकी ३ महिनाको नातीनी मन्जुरी ठगुन्नाको मृत्यु भएको दार्चुलाका प्रहरी नायव उपरिक्षक मनोहर भट्टले बताएका छन । घर पहिरोले पुरिने वेला भाग्ने क्रममा १८ बर्षिय हरमती ठगुन्ना समान्य घाइेते भएकि छन । ६ जनाको परिवार रहेको नन्दु ठगुन्ना बाख्रा चराउन तिकंर क्षेत्रमा गएका र अन्य दुई जना पनि घरमा नभएको उनले बताए ।