संखुवासभा : जिल्लाको चैनपुर नगरपालिका–१ नुनढाकीमा पहिरोले पुरिएर २ जनाको मृत्यु भएको छ। बुधबार दिउँसो ११ बजे चैनपुर–नुनढाकी सडक निर्माणका क्रममा सुक्खा पहिरो खसेको पहिरोले पुरिएर दुई जना मजदुरको मृत्यु भएको हो। मृत्यु हुनेमा सुनसरीको धरान उपमहानगरपालिका बस्ने ३५ वर्षीय रामकुमार राई र उदयपुरको चौदण्डीगढी नगरपालिका- ६ का २० वर्षीय हिमबहादुर मगर रहेको इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक मिलन बस्नेतले जानकारी दिए। चैनपुर–नुनढाकी सडक खण्डमा तारजाली लग