प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको भूमिकासँग असन्तुष्ट न्यायाधीशहरू नियमित सुनुवाइमा फर्किने वातावरण बन्ने गरी सर्वोच्च अदालत नियमावलीमा संशोधनको गृहकार्य शुरू भएको छ ।
प्रधानन्यायाधीशविरुद्ध अवज्ञा आन्दोलनमा रहेका १८ न्यायाधीशको बैठकबाटै जिम्मेवारी पाएर केही न्यायाधीशहरूले 'पेशीलाई अटोमेसन'मा लैजान नियमावली संशोधनको ड्राफ्ट तयार गरिरहेका हुन् ।
'नियमावली संशोधन गर्ने ड्राफ्ट गरिराख्या छौं । उच्च अदालतमा मुख्य न्यायाधीश भइसकेर आउनुभएका तथा पेशी व्यवस्थापनमा अनुभव भएका साथीहरूले ड्राफ्ट तयार पार...