एजेन्सी– प्रशान्त महासागर क्षेत्रमा पर्ने टापु राष्ट्र भानुआटु शनिबार शक्तिशाली भूकम्पले हल्लिएको छ । छ दशमलव ४ तीव्रताको उक्त भूकम्प बलियो महसुस गरिए पनि हालसम्म कुनै मानवीय वा भौतिक क्षतिको जानकारी प्राप्त भएको छैन । अमेरिकी जियोलोजिकल सर्भेका अनुसार भूकम्पको केन्द्र एस्पिरिटु सान्टो टापुको पोर्ट ओल्री गाउँबाट करिब ५० किलोमिटर (३१ माइल) पश्चिममा अवस्थित थियो […]
संयुक्त राष्ट्रसङ्घ। सुडानको कोर्डोफान क्षेत्रमा पछिल्ला दिनहरूमा ड्रोन आक्रमण तीव्र रूपमा बढेका छन्। ती आक्रमणले व्यापारिक सवारी साधन, सञ्चार सञ्जाल तथा यातायात मार्गमा अवरोध पु¥याएको छ, जसका कारण मानवीय सहायता वितरण प्रभावित भएको बताइएको छ। यसैगरी दक्षिण कोर्डोफानको राजधानी काडुग्ली तथा आसपासका क्षेत्रमा स्वास्थ्य केन्द्र लक्षित आक्रमण हुँदा कम्तीमा चार स्वास्थ्यकर्मीको मृत्यु भएको र २० […]
ढोरपाटन– सालझण्डी-ढोरपाटन सडक स्तरोन्नति नभएको लामो समय भयो । स्तरोन्नति नहुँदा यहाँका स्थानीयले लामो समयदेखि सास्ती बेहोर्दै आएका छन् । यसका लागि यहाँका स्थानीयको अर्को समस्या हो, वन्यजन्तु । बँदेल र बाँदरलगायतका वन्यजन्तुका कारण स्थानीय हैरान छन् । जंगलबाट आएर बालीनाली नष्ट गरिदिने भएकाले उनीहरु यो समस्या चाँडो समाधान होस् भन्ने चाहेका छन् । आसन्न […]
संयुक्त राष्ट्रसंघका अनुसार उत्तर कोर्डोफानमा करिब ८ सयभन्दा बढी व्यक्ति सुरक्षित स्थानतर्फ सरेका छन् भने अन्य क्षेत्रमा हजारौँ मानिस विस्थापित भएका छन् ।
रुकुम पूर्व– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ तत्कालीन नेकपा (माओवादी)को ऐतिहासिक बैठकस्थल चुनबाङको भेरीडाँडा पुगेका छन् । प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि रुकुम पूर्वका उम्मेदवार समेत रहेका प्रचण्डले मतदाता भेटघाटको क्रममा आज बिहान तत्कालीन माओवादीको केन्द्रीय समिति बैठक स्थलको भ्रमण गरेका हुन् । २०६२ साल असोजमा माओवादीको केन्द्रीय समितिको बैठक चुनबाङमा बसेको थियो। […]
राँझा– बाँकेको कोहलपुर नगरपालिकाको चप्परगौडीबाट खड्कबार–घुइँयाबारी हुँदै सल्यान जोड्ने अन्तर प्रदेश पर्यटकीय मार्ग निर्माण चुनावी एजेण्डामा सीमित भएको छ । प्रत्येक निर्वाचनमा खड्कवार–घुइँयाबारी सडक निर्माणलाई राजनीतिक दलले चुनावी एजेण्डा बनाए पनि सडक निर्माण भने हुन सकेको छैन । विसं २०१५ देखि नै चुनावी नारा बन्दै आएको यो सडक निर्माणको एजेण्डालाई यही फागुन २१ गते हुने […]