सम्पन्न भएको तीन वर्ष हुँदा पनि सञ्चालनमा आएन टेकु पुल, भत्काएर नयाँ बनाउने तयारी

काठमाडौं । निर्माण सम्पन्न भएको तीन वर्ष बितिसक्दा पनि टेकु पुल अझै सञ्चालनमा आउन सकेको छैन । निर्माण व्यवसायीले कम गुणस्तरको पुल निर्माण गरेपछि अहिले सो पुल अदालती प्रक्रियामा छ । पप्पु कन्सट्रक्स प्रालिले तोकिएको डिजाइनभन्दा फरक गरी निर्माण गरेको सडक विभागले बताउँदै आएको छ । पुलको माथिल्लो भाग (सुपर स्ट्रक्चर) मा समस्या देखिएपछि विभागले […]

सम्बन्धित सामग्री

किन सञ्चालनमा आएन चिदिचौर अस्पताल

अर्घाखाँची । अर्घाखाँचीको भुमिकास्थान नगरपालिकामा १५ शैय्याको अस्पताल निर्माण सम्पन्न भएको पाँच महिना वितिसकेको छ । करीब १२ करोडको लगानीमा नगरपालिकाको वडा नम्बर ७ चिदिचौरमा अस्पताल बने पनि आवश्यक मेडिकल उपकरण र दक्ष जनशक्तिको अभावमा अस्पताल संचालनमा भने आउन सकेको छैन । नगरप्रमुख झविलाल थापाले नगरपालिकाको आन्तरिक श्रोत न्युन हुँदा उपकरण खरिद गर्न नसकिएकाले प्रदेश […] The post किन सञ्चालनमा आएन चिदिचौर अस्पताल appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सञ्चालनमा आएन रामेछापकाे चिस्यान केन्द्र

रामेछाप – करोडौँकाे लागतमा बने पनि रामेछापकाे चिस्यान केन्द्र सञ्चालनमा आएकाे छैन । रामेछापको मन्थली नगरपालिका–१ सानीमदौमा करोडौँको लागतमा बनेको चिस्यान केन्द्र सञ्चालनमा आउन सकेको छैन । निर्माण सम्पन्न भएको डेढ वर्ष पुगिसक्दा पनि बाग्मती प्रदेश सरकारले स्थानीय सरकारलाई हस्तान्तरण नगरेकाले सञ्चालन हुन नसकेको मन्थली नगरपालिकाका नगर प्रमुख लव श्रेष्ठ बताउनुहुन्छ । जिल्लामा उत्पादन हुने जुनार, सुन्तला आलु, किबीलगायतका विभिन्न फलफूल तथा तरकारी भण्डारण गर्ने उद्देश्यले निर्माण गरिएको चिस्यान केन्द्र गएको वर्ष नै सञ्...

संरचना तयार भएको चार वर्षसम्म पनि सञ्चालनमा आएन देशकै पहिलो खुला कारागार

बाँकेको गनापुरमा १२ वर्षअघि नै तयार प्रशासनिक भवनसहित चार वर्षअघि सम्पन्न कारागार भवन सञ्चालनमा नआउँदा जीर्ण बन्दै, कार्यविधि नबन्दा हुन सकेन सञ्चालन  साढे दुई तलाको १८ कोठे प्रशासनिक भवन १२ वर्षअघि नै...

फिदिम बसपार्क अझै सञ्चालनमा आएन

जग्गा प्राप्तिको दुई दशकपछि निर्माण सम्पन्न । दुई पटक उद्घाटन । तर, अझै पनि बसपार्क सञ्चालनमा आउन सकेको छैन । यो पाँचथर सदरमुकाम फिदिममा रहेको फिदिम बसपार्कको कथा हो । करिब दुई करोड लागतमा निर्माण सम्पन्न भएको फिदिम बसपार्क निर्माण हुन नै दुई दशक लाग्यो । विभिन्न बहानामा निर्माण हुन नसकेको बसपार्क पाँच वर्षअघि निर्माण […]

फिदिम बसपार्क अझै सञ्चालनमा आएन

जग्गा प्राप्तिको दुई दशकपछि निर्माण सम्पन्न । दुई पटक उद्घाटन । तर, अझै पनि बसपार्क सञ्चालनमा आउन सकेको छैन । यो पाँचथर सदरमुकाम फिदिममा रहेको फिदिम बसपार्कको कथा हो । करिब दुई करोड लागतमा निर्माण सम्पन्न भएको फिदिम बसपार्क निर्माण हुन नै दुई दशक लाग्यो । विभिन्न बहानामा निर्माण हुन नसकेको बसपार्क पाँच वर्षअघि निर्माण […]

सञ्चालनमा आएन ‘सभागृह’

विसं २०७० अघि बनिसक्नुपर्ने सभागृह पाँच वर्ष ढिलागरी सम्पन्न भए पनि अझै सञ्चालनमा आउन सकेको छैन् । कञ्चनपुरको महेन्द्रनगरमा १३ वर्षअघि निर्माण थालिएको सभागृह (सिटीहल) मा करोडौँ रुपैयाँ खर्च गरिए पनि त्यसलाई सञ्चालनमा ल्याउने विषयमा सरोकारवाला निकायको ध्यान पुगेको छैन् ।तत्कालीन महेन्द्रनगर नगर विकास समितिको लगानीमा यहाँ ठूला सभा, सम्मेलन तथा अन्य प्रयोजनका लागि बजारको मुटुमै पाँच बिघा जमिनमा सभागृह निर्माण थालिएको थियो । नगरविकास समिति यहाँको भीमदत्त नगर विकास समितिका रुपमा स्वामित्व प्रदान

अझै सञ्चालनमा आएन इनरुवा बसपार्क

सुनसरी । करीब तीन वर्षअघि निर्माण सम्पन्न भएको सुनसरीको इनरुवास्थित बसपार्क अझै पनि सञ्चालनमा आउन सकेको छैन । संघीय सरकारले विनियोजन गरेको रकम उपलब्ध नभएको भन्दै इनरुवा नगरपालिकाले बेवास्ता गरेपछि बसपार्क सञ्चालनमा आउन नसकेको हो । इनरुवा नगरपालिका–४ मा निर्मित सुविधासम्पन्न बसपार्क सञ्चालनमा आउन नसकेपछि बसपार्क अहिले लागूपदार्थ दुर्व्यसनीको अखडा बन्दै गएको छ भने युवायुवतीले टिकटक बनाउने, डेटिङ गर्नेको स्थलको रूपमा परिणत भएको छ । ठेकेदार कम्पनी कालिका कन्स्ट्रक्सनले निर्माण सम्पन्न गरेको नवनिर्मित बसपार्क २०७५ पुस २५ गते तत्कालीन उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले उद्घाटन गरेका थिए । निर्माण कम्पनीले २ वर्षमा सक्ने लक्ष्य राखेकोमा निर्धारित समयअगावै सम्पन्न गरेको थियो । इनरुवा नगरपालिका–५ का वडाध्यक्ष अञ्जनी पोखरेलको अध्यक्षतामा बसपार्क सञ्चालन समिति गठन भएको थियो । अहिले सो समिति पनि नेतृत्वविहीन बनेको छ । तीन वर्ष बितिसक्दा पनि बसपार्क सञ्चालन नहुँदा जग्गादाता सहित स्थानीयवासी आक्रोशित बनेका छन् । बसपार्क सञ्चालनका लागि निःशुल्क जग्गा दिएका स्थानीय रमेश श्रेष्ठले जग्गा फिर्ता हुनुपर्ने माग राखेका छन् । बसपार्क सञ्चालनका लागि उनले ५ कट्ठा जग्गा निःशुल्क उपलब्ध गराएका थिए । बसपार्क सञ्चालन नगरे जग्गा फिर्ता दिनुपर्ने भन्दै उनले जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउने तयारी गरेका छन् । सबै जग्गादाताहरूसँग सल्लाह गरेर फिर्ता लिनुपर्ने बाध्यता आउने उनले बताए । बसपार्क सञ्चालनमा नगरपालिकाको चासो नरहेको उनको भनाइ छ । शहरी विकास मन्त्रालयले इनरुवा नगरपालिकालाई दिनुपर्ने रकम नदिएकाले विरोधस्वरूप बसपार्क सञ्चालनमा ल्याउन नगरपालिकाले तदारुकता देखाएको छैन । इनरुवा नगरपालिकाको डेढ बिघा जग्गामा निर्मित बसपार्कसहित इनरुवा नगरक्षेत्रको बाटो, ढल तथा अन्य पूर्वाधार निर्माण गर्न २ अर्ब रुपैयाँ बराबरको रकम पाउनुपर्नेमा टेन्डर १ अर्ब ८० करोडमा मात्र भएको थियो । बाँकीको २० करोड र शहरी स्मार्ट सिटी अन्तर्गतको थप रकम इनरुवा नपाले पाएमात्र बसपार्क सञ्चालनमा ल्याउने नगर प्रमुख राजन मेहताले बताउँदै आएका छन् ।

तीन वर्षअघि निर्माण सम्पन्न भएको इनरुवा बसपार्क अझै सञ्चालनमा आएन

पुस २१, सुनसरी । करीब तीन वर्षअघि निर्माण सम्पन्न भएको सुनसरीको इनरुवा स्थित बसपार्क अझै पनि सञ्चालनमा आउन सकेको छैन ।  संघीय सरकारले विनियोजन गरेको रकम उपलब्ध नगराएको भन्दै विरोध स्वरुप इनरुवा नगरपालिकाले बसपार्क सञ्चालन गर्न नमानेपछि करीब तीन वर्षदेखि अलपत्र बनेको छ ।  इनरुवा नगरपालिका–४ मा निर्मित सुविधासम्पन्न बसपार्क सञ्चालनमा आउन नसकेपछि बसपार्कको प्रतीक्षालय, टिकट काउण्टरसहितका भित्तामा अनावश्यक कुरा लेख्ने क्रम बढ्दो छ ।  अहिले बसपार्कमा लागूपदार्थ दुर्व्यसनीको अखडा बन्दै गएको छ भने युवायुवतीहरुले टिकटक बनाउने, डेटिङ गर्नेको स्थलको रुपमा परिणत भएको छ । बसपार्कमा इनरुवा, भोक्राहा, हरिनगरका मात्रै नभइ बराहक्षेत्र, इटहरी, धरान, विराटनगर र सप्तरी सम्मको टिकटकरहरुले टिकटक र युटुबरहरु भिडियो बनाउन आउने गरेका छन् । कालिका कन्स्ट्रक्सनले निर्माण सम्पन्न गरेको नवनिर्मित बसपार्कको २०७५ साल पुस २५ गते तत्कालिन उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले उद्घाटन गरेका थिए ।  कालिका कन्स्ट्रक्सनले २ वर्षमा निर्माण गर्ने लक्ष्य राखेकोमा निर्धारित समयभन्दा पहिलेनै करीब १० करोड रुपैयाँको हाराहारीमा इनरुवा बसपार्कको निर्माण सम्पन्न गरेको थियो । इनरुवा नगरपालिका ५ का वडाध्यक्ष अन्जनी पोखरेलको अध्यक्षतामा बसपार्क सञ्चालन समिति गठन भएको थियो अहिले समिति पनि नेतृत्व बिहिन बनेको छ ।  तीन वर्ष बितिसक्दा पनि बसपार्क सञ्चालन नहुँदा जग्गादाता सहित स्थानीयहरु पनि आक्रोशित बनेका छन् । बसपार्क सञ्चालनका लागि निःशुल्क जग्गा दिएका स्थानीय रमेश श्रेष्ठले जग्गा फिर्ता हुनुपर्ने माग राखेका छन् । बसपार्क सञ्चालनका लागि उनले निःशुल्क रुपमा ५ कठ्ठा जग्गा उपलब्ध गराएका थिए । उनले बसपार्क सञ्चालन नगरे जग्गा फिर्ता दिनुपर्ने भन्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउने तयारी गरेका छन् । सबै जग्गादाताहरुसँग सल्लाह गरेर फिर्ता लिनुपर्ने बाध्यता आउने उनले बताए । बसपार्क सञ्चालन गर्ने नगरपालिकाको मनशाय नरहेको उनको आरोप छ ।  शहरी विकास मन्त्रालयले इनरुवा नगरपालिकालाई दिनुपर्ने रकम नदिएकोले विरोधस्वरूप बसपार्क सञ्चालनमा ल्याउन नगरपालिकाले आनाकारी गरिरहेको छ ।  इनरुवा नगरपालिकाको डेढ बिघा जग्गामा निर्मित बसपार्कसहित इनरुवा नगरक्षेत्रको बाटो, ढल तथा अन्य पूर्वाधार निर्माण गर्न २ अर्ब बराबरको रकम पाउनु पर्नेमा टेण्डर १ अर्ब ८० करोडमा मात्रै भए पछि बाँकीको रकम २० करोड र शहरी स्मार्ट सिटी अन्तर्गतको थप रकम इनरुवा नपाले पाएमात्र बसपार्क सञ्चालनमा ल्याउने मेयर मेहताले बताउँदै आएका छन् ।

निर्माण भएको दुई वर्षमा पनि सञ्चालनमा आएन स्वास्थ्यचौकी भवन

बजेट अभावकै कारण गाउँका दुरदराजमा भौतिक संरचना निर्माण हुन सकिरहेका छैनन् । बजेट अभावकै कारण सानो र साँघुरो भवनबाटै सेवा दिन बाध्य बन्दै आएका छन्, सेवाप्रदायक संस्थाहरू । तर तेह्रथुम जिल्लाको छथर गाउँपालिका–४ मा रहेको फाक्चामारा स्वास्थ्यचौकी भवन निर्माण सम्पन्न भई उद्घाटन भएको दुई वर्ष बित्न लाग्दा पनि सञ्चालनमा आउन सकेको छैन ।राज्यको करोडांै लगानीमा […]