चीनको उत्तर पश्चिमी क्षेत्रमा अचानक आएको अविरल वर्षापछिको बाढी र पहिरोमा कम्तीमा १६ जनाको मृत्यु भएको छ भने दर्जनौं बेपत्ता भएका छन् । छिङहाई प्रान्तको दाटोङ काउन्टीको पहाडी क्षेत्रमा आएको बाढीबाट ६ वटा गाउँका ६ हजार २ सयभन्दा बढी मानिस प्रभावित भएको चिनियाँ सञ्चार माध्यम सीसीटीभीले जनाएको छ ।‘बिहीबारसम्म १६ जनाको मृत्यु भएको छ भने ३६ जना हराइरहेका छन्’, उक्त सञ्चार माध्यमले भन्यो । सामान्यतया चीनमा चरम गर्मी मौसमको समयमा आउँछ । अधिकांश सहरको तापक्रम तीब्र बढेको छ ।