अमेरिकी र रुसी विदेशमन्त्रीबीच वार्ता हुँदै

मस्को । रसियाले युक्रेनमाथि हुनसक्ने सम्भावित आक्रमणलाई लिएर अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले आफ्ना रुसी समकक्षी सर्गेइ लाभ्रोभसँग वार्ता गर्ने भएका छन् । स्विजरल्यान्डको जेनेभामा शुक्रवार वार्ता हुनेछ ।  बिहीबार ब्लिन्केनले यदि रुसी फौजले युक्रेनको सीमा पार गरेको खण्डमा गम्भिर परिणामहरु भोग्नुपर्ने भन्दै मस्कोलाई चेतावनी दिएका थिए ।  युक्रनेको सीमा क्षेत्रमा एक लाखको...

सम्बन्धित सामग्री

“रुसी सेनामा पाँच हजारभन्दा बढी नेपाली, सरकारले गम्भीर रुपमा लिएन”- सांसद अर्याल

नेपालबाट अवैध बाटो हुँदै रुसी सेनामा भर्ना हुने नेपालीको संख्या ५ हजारभन्दा बढी रहेको र युक्रेनसंगको युद्धका क्रममा अहिलेसम्म ९४ जनाको मृत्युु भएको जानकारी गराइएको छ । आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्नुहुँदै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डोलप्रसाद अर्यालले सो जानकारी दिंदै सरकार यस विषयमा गम्भीर नभएको आरोप । उहाँले भन्नुभयो, “अहिले रुसी सेनामा पाँच हजारभन्दा …

भारतीय प्रधानमन्त्री मोदी र रुसी राष्ट्रपति पुटिनबीच भेटवार्ता हुँदै

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सांघाई सहयोग सङ्गठन सदस्य राष्ट्रहरु  को प्रमुखहरुको परिषद्को २२ औं शिखर सम्मेलनको क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय भेट गर्नेछन् । उज्बेकिस्तानको समरकन्दमा भारतका लागि रुसी राजदूत डेनिस अलीपोभले बिहीबार भने ।रुसका राष्ट्रपति पुटिनले आगामी साङ्घाई सहयोग सङ्गठन (एससीओ) शिखर सम्मेलनमा भाग लिने भएका छन् । सो सम्मेलनमा प्रधानमन्त्री मोदी पनि सहभागी हुँदैछन् । ‘हामीले पहिले नै घोषणा गरिसकेका छौं कि समरकन्दमा प्रधानमन्त्री मोदीसहित धेरै बैठकह

युक्रेनमा रुसी सेनाको कारवाहीमा ब्राजिलकी मोडल तथा निशानेबाजको मृत्यु

काठमाडौँ- ब्राजिलकी एकजना मोडल तथा निशानेबाज (स्नाइपर) रुसी सेनाको कारवाहीमा युक्रेनमा मारिएकी छिन् । रुसी सेनाविरुद्धको लडाईमा सहभागी भएको तीन हप्तापछि युक्रेनमा रुसी मिसाइल आक्रमणमा ३९ वर्षीया थालितो डो भाले मारिएकी हुन् । बेलायती अखबार डेली मेलका अनुसार विश्वभर मानवीय अभियानमा सहभागी हुँदै आएकी उनले यसअघि इराकमा आतंककारी संगठन इस्लामिक स्टेटविरुद्ध समेत लडेकी थिइन् । […]

रुसी सेनासँग खाना र इन्धन जस्ता आधारभूत सामग्रीको अभाव : बेलायत

युक्रेनमा रुस हमलाको शुक्रबार २३ दिन पुगेको छ । रुसी सेनाले युक्रेनमा आफ्नो आक्रमण जारी राख्न सङ्घर्ष गरिरहेको बेलायती रक्षा मन्त्रालयको पछिल्लो गुप्तचर आकलनले जनाएको छ। ‘युक्रेनमा कमजोर हुँदै गएको रुसी आक्रमणलाई खाद्य सामग्रीको समस्याले घेरिरहेको छ,’ प्रतिवेदनमा उल्लेख गरिएको छ। सैनिकहरूले उनीहरूको सीमित गतिशीलता र हवाई लडाकु विमानहरूको अभावका कारण ‘खाना र इन्धनजस्ता आधारभूत […]

रुसी सेनाका एक उच्च कमाण्डर मारिएको युक्रेनको दाबी

युक्रेनको खार्किभमा भएको आक्रमणमा रुसी सेनाका एक उच्च कमाण्डर मारिएका युक्रेनले दाबी गरेको छ । रुसी सेनाका मेजर जनरल भिटाली गेरासिमोभ खार्किभ नजिकै भएको युद्धमा मारिएका युक्रेनको रक्षा मन्त्रालय अन्तर्गतको गुप्तचर एजेन्सीले जनाएको हो । तर युक्रेनको दाबीमा अहिलेसम्म रुसले कुनै पनि प्रतिक्रिया जनाएको छैन । खार्किभ युक्रेनको दोस्रो ठूलो सहर मानिन्छ । रुसले युक्रेनमा आक्रमण सुरु गरेको आज १३औँ दिन हो । गएको फेब्रुअरी २४ देखि युक्रेनमा आक्रमण हुँदै आएको छ । रुसले गरेको आक्रमणको युक्रेनका सैनिकले प्रतिरक्षा गर्दै आएका छन् ...

रुस-युक्रेन दोस्रो चरणको वार्ता आज हुँदै

काठमाडौं : रुस र युक्रेनबीच दोस्रो चरणको शान्ति आज हुँदै छ।रुसी टोली वार्तास्थल पुगेको छ। रुसका तर्फबाट वार्तामा रुसी राष्ट्रपतिका सहयोगी तथा वार्ता टोली प्रमुख भ्लादिमिर मेडिनेस्की छन्।  वार्ता पोल्याण्ड र बेलारुसको सिमानामा गरिने रुसी संचार माध्यमहरुले जनाएका छन्। वार्ताका लागि युक्रेनी टोली भने आज पुग्ने बताइएको छ।जारी युद्धको अन्त्यका लागि दुबै देश दोस्रो चरणको शान्ति वार्तामा बस्ने भएका हुन्। वार्ता स्थलका विषयमा दुबै पक्ष सहमत हुने अनुमान गरिएको छ।साथै आज हुने वार्तामा दुवै पक्षले युद

रुसी गाडीको युक्रेन प्रवेश

काठमाडौँ- रुसको एक शैनिक गाडी युक्रेनका क्रिमियन प्रायद्धीप हुँदै दक्षिणी क्षेत्रमा प्रवेश गरेको खुलेको छ । युक्रेनको सीमा सुरक्षा बल (डीपीएसयू) ले बुधबार सार्वजनिक गरेको एक तस्वीरमा रुसको शैनिक गाडीले प्रवेश गरेको देख्न सकिन्छ । डीपीएसयूका अनुसार रुसी सेनाहरुले बन्दुक चलाएपश्चात गाडीलाई प्रवेश गराइएको थियो । रुसी शैनिक गाडीले रुसको पूर्वी र दक्षिणी क्षेत्रबाट पनि […]

रुसी राष्ट्रपति पुटिन र भारतीय प्रधानमन्त्री माेदीबीच भेटवार्ता हुँदै

रुसी राष्ट्रपति भ्लादमिर पुटिन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच अ‌ाज भेटवार्ता हुँदैछ। २१ अ‌ौं वार्षिक रसिया भारत सम्मेलनका अवसरमा सोमबार दुई नेताबीच भेटवार्ता हुन लागेको हो। युक्रेनलाई लिएर पश्चिमा देशहरुको रसियासँग तनाब बढिरहेका बेला पुटिनले नयाँ दिल्लीको भ्रमण गर्न लागेका हुन्। रसिया इन दी एसिया प्यासिफिक कार्यक्रमका अध्यक्ष अलेक्जेन्डर गाबुभका अनुसार भारतसँगको सम्बन्ध विस्तार गरेर […]

राष्ट्रपति भण्डारीले कोरोना खोप माग्दै रुसी समकक्षी पुटिनलाई लेखिन् पत्र

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले रुसमा निर्मित कोरोना खोप 'स्पुतनिक भी' उपलब्ध गराइदिन अनुरोध गर्दै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई शुक्रबार पत्र पठाएकी छिन्।उनको पत्र परराष्ट्र मन्त्रालयमार्फत मस्कोस्थित नेपाली दूतावास हुँदै रुसी विदेश मन्त्रालयमार्फत राष्ट्रपति पुटिन समक्ष पुग्नेछ। "कूटनीतिक तहमा केही छलफल भएपछि खोप माग गर्दै राष्ट्रपति ज्यूले रुसी राष्ट्रपतिलाई पत्र लेख्नु भएको हो,"राष्ट्रपति भण्डारीका प्रेस सल्लाहकार टीका ढकालले जानकारी दिए।