काठमाडौँ : यति वेला थापाथलीस्थित सुकुमवासी बस्ती चर्चाको विषय बनेको छ। काठमाडौं महानगरपालिकाले सोमबार दिउँसो सुकुमवासी बस्ती हटाउन भन्दै डोजर लिएर पुगेसँगै उक्त विषयले चर्चा पाएको हो। सामाजिक सञ्जाल प्रयोगकर्ता यति वेला दुई ध्रुवमा विभाजित भएको छ। एकाथरि काठमाडौं महानगपालिकाका मेयर बालेन साहले सुकुमवासी बस्तीमा चलाएको डोजरको समर्थन गरिरहेका छन्। काठमाडौंलाई व्यवस्थापन गर्नका लागि मेयर साहले चालेको कदम उचित रहेको उनीहरूको तर्क छ भने अर्काथरि वैकल्पिक व्यवस्था गरेर मात्र