साना राजनीति दलहरुले निर्वाचन आयोगको निष्पक्षतामाथि प्रश्न उठाएका छन् । मंगलबार आयोगमा दलका प्रतिनिधि र आयोगका कर्मचारीबीचको भनाभनपछि उनीहरुले आसन्न स्थानीय तह निर्वाचन निष्पक्ष हुनेमा आशंका व्यक्त गरे । निर्वाचन आयोगले ७९ राजनीतिक दललाई आचारसंहिता पत्रमा हस्ताक्षर गर्न बोलाएको थियो । सोही क्रममा दलका प्रतिनिधि र आयोगका कर्मचारीबीच चर्काचर्की भएको थियो । नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवालले सञ्चारकर्मीसँग भने, ‘राजनीतिक दलका प्रतिनिधिले हस्ताक्षर गरेर मात्र हुँदैन । केही