गोरखा : संयुक्त सचेत दलित संघर्ष समितिले जातीय भेदभाव तथा छुवाछुत विरुद्ध प्रदर्शन गरेको छ।आइतबार जिल्ला सदरमुकाममा समितिले कालोपट्टी बाँधेर मानव–मानवबीचको जातीय विभेदकारी घटनाका दोषीलाई कानुनी कारबाही गरी पीडितको आत्मसम्मानको रक्षा र न्यायको पक्षमा उभिन माग गर्दै प्रदर्शन गरेका हुन्।शब्द र बोलीमा होइन व्यवहारमा लागू गर, समाज बदल्न आफ्नो घरबाट सुरु गरौं, जातीय भेदभाव, छुवाछुत र कसुर सजाय ऐन अक्षरस पालना गर, हामी नबोले को बोल्ने, आवाज उठाऊ युवाहरु, मेरो लडाइँ छुवाछुत विरुद्धको हो, उठ य