चालु आर्थिक वर्षको साउनदेखि वैशाखसम्म ७ अर्ब २८ करोड १४ लाख रुपैयाँ बराबरको अलैंची निर्यात भएको छ । यो १० महिनामा ८९ लाख २१ हजार ६ सय ७९ किलो अलैंची निर्यात भएको हो, जुन हालसम्मकै उच्च हो ।
गत आर्थिक वर्ष ८ अर्ब २७ करोड ६५ लाख ९७ हजार रुपैयाँ बराबरको ९९ लाख ९० हजार ८५९ किलो अलैंची निर्यात भएको छ । यो निर्यात हालसम्मकै उच्च रहेको भन्सार विभागको तथ्यांकले देखाउँछ । नेपालको कुल उत्पादनको ९८ प्रतिशत अलैंची निर्यात हुने र २ प्रतिशत मात्रै आन्तरिक बजारमा खपत हुने गरेको नेपाल अलैंची व्यवसायी महासंघले जनाएको छ ।
चालु आर्थिक वर्षको साउनदेखि जेठसम्म ७ अर्ब ७० करोड १९ लाख ३३ हजार रुपैयाँ बराबरको अलैंची निर्यात भएको छ । भन्सार विभागको तथ्यांक अनुसार ११ महिनामा ९३ लाख ८६ हजार २७९ किलो अलैंची निर्यात भएको हो । यो निर्यात हालसम्मकै उच्च रहेकाे तथ्यांकले देखाउँछ ।