गत वर्ष सवा ८ अर्बको अलैंची निर्यात, यो वर्ष उत्पादन घट्ने अनुमान

गत आर्थिक वर्ष ८ अर्ब २७ करोड ६५ लाख ९७ हजार रुपैयाँ बराबरको ९९ लाख ९० हजार ८५९ किलो अलैंची निर्यात भएको छ । यो निर्यात हालसम्मकै उच्च रहेको भन्सार विभागको तथ्यांकले देखाउँछ । नेपालको कुल उत्पादनको ९८ प्रतिशत अलैंची निर्यात हुने र २ प्रतिशत मात्रै आन्तरिक बजारमा खपत हुने गरेको नेपाल अलैंची व्यवसायी महासंघले जनाएको छ ।

सम्बन्धित सामग्री

इलामबाट अलैंची पुनर्रोपण अभियान

‘खोल्सीको सुन’ मानिने अलैंचीको संरक्षणसँगै उत्पादन बढाउने उद्देश्य राखेर इलामबाट पुनर्रोपण अभियान सुरु भएको छ । खासगरी भारतलगायत तेस्रो देशमा अलैंची निर्यात हुँदै आएको छ । विभिन्न खाले रोग, प्रकोप र वर्षौं पुराना बोट भएका कारण अलैंची खेती मासिँदै जाने सम्भावना देखेपछि नयाँ प्रविधिमा आधारित अलैंची पुनर्रोपण अभियान सुरु गरिएको हो । नेपाल अलैंची व्यवसायी महासंघले यसको अगुवाइ गरेको छ ।

अलैंची उत्पादन र निर्यात घट्यो

चालु आर्थिक वर्षको ११ महिनामा ७ अर्ब ४७ करोड ६५ लाख रुपैयाँ बराबरको ४७ लाख १९ हजार ९४५ किलो अलैंची निर्यात भएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा मूल्य र परिमाण दुवैका आधारमा निर्यात घटिरहेको भन्सार विभागको तथ्यांक छ । गत आर्थिक वर्षको ११ महिनामा ७ अर्ब ७० करोड २१ लाख रुपैयाँ बराबरको ९३ लाख ८६ हजार ५६९ किलो अलैंची निर्यात भएको थियो ।

बरेङका किसान बेच्छन् बर्सेनि लाखौंको अलैंची

ढोरपाटन (बागलुङ) । बागलुङको बरेङ गाउँपालिकामा आठ वर्षदेखि व्यावसायिक अलैंची खेती हुँदै आएको छ । यहाँका कृषकले ‘नमूना अलैंची उत्पादक कृषक समूह’मार्फत व्यावसायिक अलैंची खेती गर्दै आएका हुन् । बसाइँसराइका कारण रित्तिँदै गएका जमिनलाई उपयोग गरी बर्सेनि लाखौंको अलैंची यहाँबाट निर्यात गर्ने गरेका छन् । अघिल्लो वर्षको तुलनामा यस वर्ष उत्पादनमा गिरावट आएको छ । अलैंची फुल्ने बेला लामो समय खडेरी पर्दा उत्पादनमा ५० प्रतिशतले कमी आएको नमूना अलैंची उत्पादक कृषक समूहका अध्यक्ष विमल पौडेलले जानकारी दिए ।   आठ वर्षअगाडि खेती शुरु गरे पनि ६ वर्षदेखि उत्पादन दिन थालेको भन्दै अलैंचीले विस्तारै बजारसमेत पाउन थालेको उनको भनाइ छ । गाउँको तीन सय रोपनीमा गरेको अलैंची खेती किसानको आयआर्जनको माध्यम बनेको उनले बताए । दुई वर्षअगाडि रु ३५, गत वर्ष रु २८ र यस वर्ष रु २२ लाखको अलैंची निर्यात भएको उनको भनाइ छ । उनले यस वर्ष १६ क्विन्टल अलैंची विक्री गरेको जनाउँदै रु आठ सयदेखि रु एक हजार पाँच सयसम्म मूल्य पार्न सफल भएको बताए । समयमा पानी परेको भए यस वर्ष झण्डै रु ३५ लाखभन्दा बढीको अलैंची उत्पादन गर्ने लक्ष्य राखेको उनको भनाइ छ ।   ‘यो ठाउँमा अलैंची राम्रो उत्पादन भइरहेको थियो, पोहोरपरार साल राम्रो उत्पादन हुँदा मूल्य कम पाइयो, यस वर्ष कम उत्पादन भयो, मूल्य बढी पाइयो, मुख्य समस्या खडेरी बन्यो, चैत–वैशाखमा फूल फुल्ने र दाना हाल्ने गर्छ, त्यसबेला पानी परेन दाना र फूल सकेपछि उत्पादन राम्रो गर्न सकिएन,’ अध्यक्ष पौडेलले भने, ‘तर, हामीहरू उत्साहित छौं, उत्पादन बढाउने गरी काम गरिरहेका छौं, हामीले उत्पादन गरेको अलैंची धेरै ठाउँमा पुग्ने गरेको छ, किसान पनि यसको खेती गर्नतर्फ आकर्षित भएका छन्, बजार व्यवस्थापनलाई पनि जोड दिएका छौं ।’ बरेङ गाउँपालिकाले वडा नं २ हुग्दिशिरलाई अलैंची खेतीको पकेट क्षेत्र घोषणा गरी किसानलाई व्यावसायिक बन्न आकर्षित गरेको छ । पाखोबारीमा पनि अलैंची राम्रो हुने हुँदा वनमाराले ढाक्न थालेका जग्गाको सदुपयोग हुन थालेको स्थानीय कृषक तुलसीप्रसाद शर्माले बताए । हाल तीन सय रोपनी क्षेत्रफलमा अलैंची खेती गरिँदै आए पनि आफूहरू यसको क्षेत्र विस्तार गर्ने योजनामा रहेको उनको भनाइ छ । अलैंचीमा ढुसीजन्य रोग लाग्ने र बोट मर्ने हुँदा पालिकाले प्राविधिक सहयोग गरे थप उत्पादनमा टेवा पुग्ने शर्मा बताउँछन् । अलैंची खेतीमा बरेङ गाउँपालिकासहित केन्द्र र प्रदेश सरकारले समेत सहयोग गर्दै आएको उनको भनाइ छ । उनले भने, ‘पहिले वनमाराले ढाकेको बाँझो जमिनमा अहिले अलैंचीको व्यावसायिक उत्पादन गर्न थालेका छौं, खेती शुरु गर्ने बेला राम्रो उत्पादन नभएर लगानी खेर जान्छ कि, बजार पाइँदैन कि भन्ने लागेको थियो, अहिले बजार पनि पाइएको छ, उत्पादन पनि ठिकै छ, त्यसले गर्दा हामीहरू थप उत्साहित भएका छौं, घरबाटै अलैंचीको गुणस्तर हेरेर ग्राहकले लैजाने गर्नुभएको छ, अन्य बालीलाई जस्तो धेरै समय दिन पर्दैन, गाउँमा समूह बनाएर महिला दिदीबिहिनीलाई समावेश गरेका छौं, यसबाट गाउँमा दुई–चार जनालाई स्वरोजगार पनि बनाएको छ ।’ अलैंची खेतीसम्बन्धी आफूहरूलाई प्राविधिक ज्ञान नभएको जनाउँदै शर्माले पालिकाले यससम्बन्धी तालिमको व्यवस्था गरिदिन सके उत्पादन अझै बढेर जाने बताए । समूहमा गाउँका सबैलाई समेट्ने र युवा शक्तिलाई परिचालन गर्नका लागि थप योजना बनाएको उनको भनाइ छ । प्राविधिक ज्ञानको कमीका कारण समय–समयमा अलैंचीका बोट मर्ने समस्या आएको शर्माले बताए ।  बरेङ गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्माले किसानलाई आधुनिक प्रविधिसँग जोडेर उत्पादन वृद्धि गर्नका लागि पालिकाले हरेक वर्ष लगानी गर्दै आएको बताए । किसानलाई आवश्यक तालिम, पराशर्म र उन्नत जातका बीउबिजन प्रदान गर्दै आएको उनको भनाइ छ । बरेङमा प्रशस्त उत्पादन हुने उर्वर भूमि रहेको हुँदा त्यसको उपयोग गरी रोजगार सिर्जना गर्नतर्फ आफूहरूले जोड दिएको अध्यक्ष शर्माले जानकारी दिए । रासस

१४३ अर्बको बजारमा नेपालको हिस्सा ८ अर्ब

बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल र फेडेरेसन अफ नेपाल एक्स्पोटर्स एसोसियसनले गरेको एक अनुसन्धानले ४० अर्बको अलैंची निर्यात गर्न सकिने सम्भावना देखाएको छ । काठमाडौं– मसलाजन्य वस्तु अलैंचीको विश्व बजारमा ठूलो माग भए पनि नेपालले त्यसबाट फाइदा उठाउन नसकेको देखिएको छ । अलैंची उत्पादन विश्वमा सबैभन्दा धेरै नेपालमा हुन्छ । तर, विश्वको बजार भने […]

अलैंची निर्यात उत्साहजनक

काठमाडौं । अलैंचीको मूल्य बढे पनि यसको निर्यात बढेको छ । भारतमा अलैंची उत्पादन घटेर माग र मूल्य दुवै बढेसँगै निर्यातको ग्राफ उकालो चढेको हो । व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको तथ्यांकअनुसार चालू आर्थिक वर्ष (आव) को पहिलो ७ महीनामा मौद्रिक मूल्यअनुसार अलैंची निर्यात ८५ प्रतिशतले बढेको छ । नेपाल अलैंची व्यवसायी महासंघका अनुसार माग बढेसँगै अलैंचीको मूल्य प्रतिमन १३ हजार रुपैयाँसम्मले बढेको छ । ४० किलोको एक मन हुन्छ । मूल्य बढेसँगै निर्यात पनि बढेको हो । केन्द्रको तथ्यांकअनुसार गत आवको पहिलो ७ महीनामा २ अर्ब ६४ करोड ३० लाख रुपैयाँभन्दा बढीको अलैंची निर्यात भएको थियो । उक्त मूल्यमा २ हजार ९ सय ९६ मेट्रिक टन अलैंची निर्यात भएको थियो । चालू आवको सोही अवधिमा अलैंची निर्यात ८५ प्रतिशतले बढेर ४ अर्ब ८९ करोड ७६ लाख रुपैयाँ हाराहारी पुगेको छ । निर्यात परिमाण पनि ६ हजार १ सय १७ मेट्रिक टन पुगेको छ । महासंघका अध्यक्ष निर्मल भट्टराईले यस वर्ष नेपालसँगै भारतमा समेत अलैंची उत्पादन घटेको बताए । गतवर्ष ५० हजार बोरा अलैंची उत्पादन गरेको भारतले यस वर्ष २० हजार बोरामात्रै उत्पादन गरेको उनको भनाइ छ । यसअघि १ लाख २० हजार बोरासम्म अलैंची उत्पादन गर्दै आएको नेपालले पनि यस वर्ष १ लाख ५ हजार बोरामात्रै उत्पादन गर्न सकेको छ । एकातिर उत्पादन घट्नु, अर्कोतिर बजार माग बढ्नुको संयोगले मूल्य बढेको तथा मूल्य बढेसँगै निर्यात पनि बढेको उनले बताए । ‘गतवर्ष भारतको आफ्नै उत्पादन पनि बढी भएकाले नेपालको अलैंची खासै निर्यात हुन सकेको थिएन । जसले गर्दा नेपालमा अलैंचीको स्टक धेरै थियो,’ उनले आर्थिक अभियानसँग भने, ‘अहिले माग पनि बढ्यो र त्यही स्टक अलैंची एकैचोटि निर्यात हुँदा परिमाण बढी देखिएको हो ।’ पछिल्लो ४ महीनामा जेजे (एक नम्बर) अलैंचीको मूल्य प्रतिमन २७ हजार रुपैयाँबाट बढेर ४० हजार रुपैयाँ पुगेको छ । एसडी (दुुई नम्बर) अलैंचीको मूल्य पनि प्रतिमन २६ हजार रुपैयाँबाट बढेर ३९ हजार रुपैयाँ कायम भएको छ । चलनचल्ती वा तीन नम्बर अलैंचीको मूल्य २५ हजार रुपैयाँबाट बढेर ३८ हजार रुपैयाँ प्रतिमन कायम भएको छ । अलैंचीको निकासी मूल्य बढे पनि त्यसबाट किसानले लाभ पाएका छैनन् । अलैंची भित्र्याउने समयमा एक नम्बर अलैंचीको मूल्य २७ हजार रुपैयाँ प्रतिमन थियो । किसानको हातबाट बिचौलियाको हातमा गइसकेपछि मूल्य बढ्नाले किसानहरू मर्कामा परेको अध्यक्ष भट्टराईले बताए । नेपालमा उत्पादन हुने मसला बालीमध्ये उत्पादन र क्षेत्रफलका आधारमा अदुवा अग्रस्थानमा छ । अलैंची अन्तिम स्थानमा पर्छ । नेपालमा करीब १ हजार ७ सय हेक्टर जमिनमा अलैंची खेती हुने गरेको सरकारी तथ्यांक छ । राष्ट्रिय आलु, तरकारी तथा मसला बाली विकास केन्द्रका वरिष्ठ बाली विकास अधिकृत राजन परियारले पनि गतवर्ष स्टक रहेको अलैंची एकैपटक बजारमा आएकाले निर्यात बढेको हुन सक्ने बताए । यससँगै पछिल्लो समय अलैंचीको मूल्य पनि बढेकाले व्यापारीले आफूसँग भएको अलैंची निर्यात गरे । यसले गर्दा निर्यात परिमाण बढेको हुन सक्ने उनको भनाइ छ । यसअघि पाकिस्तान र भारतमा सीमित नेपाली अलैंची यस वर्षदेखि खाडी मुलुकमा समेत निकासी हुन थालेको छ । कतारलगायत खाडी मुलुकले आफ्नो देशको मापदण्डअनुसार उत्पादन भएका खाद्य वस्तुलाई अर्ग्यानिक रजिस्टर दिन्छन् । त्यही मापदण्डअनुरूप नेपालले पनि यसैवर्षदेखि ती मुलुकमा अलैंची निर्यात गर्न हलाल सर्टिफिकेट प्राप्त गरेको छ ।

वडा अनुसार कृषि उत्पादन

बागलुङ । बरेङ गाउँपालिकाले किसानलाई व्यावसायिक बनाउने उद्देश्यले वडाअनुसारको उत्पादन थालेको छ । गाउँपालिकाका पाँच वडामा माटो र हावापानी अनुसारका कृषि पकेट क्षेत्र घोषणा गरेर गाउँपालिकाले किसानलाई व्यावसायिक उत्पादनमा जोडेको हो । मकैको उत्पादन राम्रो हुने वडा नं १ धुल्लुबास्कोटलाई मकै पकेट क्षेत्रको रूपमा विकास गर्न थालिएको छ । रैथाने बालीको संरक्षण र उत्पादन धेरै दिने आधुनिक मकै बालीसमेतको विस्तार थालिएको गाउँपालिकाले बताएको छ ।     घाँसे मैदान र वनजंगल धेरै रहेको धुल्लुबास्कोटमा भैंसीपालन कार्यक्रम सञ्चालित छ । यहाँका किसानले भैंसीका पाडापाडी उत्पादन, दूध उत्पादन र व्यावसायिक मकैखेती गर्ने गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्माले जानकारी दिए । वडा नं २ हुग्दीशीरमा अलैंची खेतीको पकेट घोषणा गरिएको छ । यहाँका किसानले परम्परागत खेती प्रणालीलाई सुधार गरी व्यावसायिक अलैंची खेती गर्दै आएका छन् । ‘बाँझो जमीन र खेतीयोग्य जमीनमा समेत अलैंचीको व्यावसायिक उत्पादन थालेका छौं,’ नमूना अलैंची फार्मका अध्यक्ष विमल शर्माले भने, ‘घरबाटै अलैंचीको विक्री हुन्छ, उत्पादन पनि सन्तोषजनक छ ।’ यहाँका किसानले हरेक वर्ष ३० क्विन्टलसम्म अलैंची निर्यात गर्ने गरेका छन् । तरकारी र फलफूल खेतीका लागि उर्वरभूमि रहेको वडा नं ३ बाटाकाचौरलाई फलफूल पकेट क्षेत्रको रूपमा विकास गरिएको छ । यहाँ कागती, सुन्तला, अम्बा, प्लम लगायतका फलफूलको व्यावसायिक उत्पादन हुने उनले जानकारी दिए । ‘वडाअनुसार उत्पादन क्षमता फरक भएको भूगोल हामीसँग छ, सोहीअनुसारको प्राविधिक सहयोग र अनुदानको व्यवस्था गाउँपालिकाले गरेको छ,’ उनले भने, ‘सरकार र प्रदेश सरकारका पकेट तथा जोन विकास कार्यक्रमसँग सहकार्य गरेका छौं ।’ बरेङले पशुपालनलाई आफ्नो मुख्य उत्पादनको क्षेत्र भनेको छ । खेतीयोग्य जमीन कम भएको गाउँपालिकाले पशुपालनमा ध्यान दिएको गाउँपालिका अध्यक्ष शर्मा जानकारी दिए । बाख्रापालनका लागि राम्रो मानिएको वडा नं ४ सल्यानलाई गाउँपालिकाले बाख्रा पकेट क्षेत्र घोषणा गरेको छ । आलुको उत्पादन राम्रो हुने वडा नं ५ सुखौरा आलु पकेट क्षेत्र हो । रासस

दैलेखमा अलैंची उत्पादन वृद्धि

दैलेख-पछिल्लो समय दैलेखमा अलैंची खेतीको व्यवसाय बढ्दै गएको छ । कृषकहरुले व्यावसायिक रुपमा अलैंची खेती सुरु गरेसँगै उत्पादनमा वृद्धि हुँदै गएको हो । दैलेखका विभिन्न भू–भागमा लगाएको अलैंचीको उत्पादन बढ्दै गएपछि कृषकको आकर्षण पनि अलैंची खेतीमा उत्तिकै रहेको छ ।गत वर्ष मात्रै दैलेखका विभिन्न स्थानीय तहबाट झण्डै एक करोड बढीको अलैंची निर्यात गरिएको भएपनि यस […]

अन्तर्राष्ट्रिय बजारबाट माग बढेसँगै अलैंची निर्यात ७५ प्रतिशतले बढ्यो

आर्थिक वर्ष २०७६/७७ मा ४ अर्ब १ करोड ९२ लााख १४ हजार रुपैयाँ बराबरको ५० लाख १२ हजार ६ सय ९४ केजी निर्यात भएको थियो । मुलुकमा उत्पादन भएको अलैंची मुख्यतः छिमेकी मुलुक भारतमा निर्यात हुने गरेको छ ।

कृषिजन्य उत्पादन निर्यातमा समस्या

लमजुङबाट वार्षिक ७ सय क्वीन्टलभन्दा बढी अलैंची निर्यात हुने गरेको छ । जिल्लाबाट निर्यात भएको अलैंची अन्तर्राष्ट्रिय बजारसम्म पुगे पनि स्थानीय कृषकले फाइदा लिन सकेका छैनन् ।