चालु आर्थिक वर्ष वैशाखमा मुलुकभरको घरजग्गा कारोबारमा गिरावट आएपछि राजस्व असुली उच्च दरले घटेको छ । गत चैतको तुलनामा वैशाखमा जग्गा कारोबारबाट संकलन हुने राजस्व १ अर्ब ४१ करोड रुपैयाँले घटेको हो । यो रकम चैतको तुलनामा ३१.२६ प्रतिशतले कम हो । चैतमा देशभरका मालपोत कार्यालयबाट ४ अर्ब ५१ करोड रुपैयाँ राजस्व संकलन भएको थियो […]