अघिल्लो आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षको पहिलो दुई महिनामा राजस्व सङ्कलनमा कमी आएको छ । आव २०७८/७९ को साउन र भदौ महिनाको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा २० अर्ब ८५ करोड रुपियाँले राजस्व सङ्कलन घटेको हो । यस अवधिमा कर राजस्व मात्रै १५ अर्ब ४१ करोड रुपियाँले घटेको छ भने गैरकर राजस्व छ अर्ब ९९ करोड रुपियाँले घटेको महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्क छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार आव २०७९/८० को दुई महिना ९साउन–भदौ०मा एक खर्ब ४३ अर्ब ८१ करोड रुपियाँ राजस्व सङ