विराटनगर भन्सार कार्यालयले चालू आर्थिक वर्षको पहिलो छ महिनामा लक्ष्यको ८९ प्रतिशत राजस्व सङ्कलन गरेको छ ।
विराटनगर नाकाबाट आवतजावत गर्ने मालवाहक सवारीसाधनले प्रयोग गर्ने भारतको मीरगञ्जको पुल पुस २३ गते भासिएपछि त्यसयता राजस्व सङ्कलन घटेको छ । सोही कारणले पुस महिनाको राजस्व लक्ष्यको ७६ प्रतिशतमा सीमित भएको भन्सार कार्यालयका सूचना अधिकृत रामचन्द्र ढुङ्गानाले जानकारी दिए ।
पुसमा राजस्व असुली प्रभावित भएसँगै विराटनगर भन्सार कार्यालयको अर्धवार्षिक अवधिमा ८९ प्रतिशत मात्रै असुली लक्ष्य हासिल भएको हो ।
चालू आर्थिक वर्षको पुस म...