काठमाडौं : सामाजिक सञ्जाल ट्वीटर चलाउन अब पैसा तिनुपर्ने भएको छ। माइक्रोब्लगिङ साइट ट्वीट खरिद गरेका एलन मस्कले अब ट्वीटर चलाउँदा पैसा तिनुपर्ने हुनसक्ने बताएका हुन्। अहिलेसम्म सबैले ट्वीटर निःशुल्क प्रयोग गर्दै आएका छन्। ‘सामान्य प्रयोगकर्ताले ट्वीटर सधैंभरी निःशुल्क प्रयोग गर्न सक्छन’, मस्कले ट्वीट गरेका छन्, ‘तर व्यवसायिक र सरकारी प्रयोगका लागि केही मूल्य तिर्नुपर्ने हुन सक्छ।’ व्यक्तिगत तवरमा शुल्क नलागे पनि संस्थागतमा भने सेवा वापतको शुल्क लिने तय