बैतडी : आइसिसी यू १९ एसिया कप क्वालिफायर डिभिजन १ छनोटका लागि नेपाल क्रिकेट संघले २८ खेलाडीलाई छनोट गरेको छ। दुई महिनापछि युएईमा हुने छनोटका लागि क्यानले २८ खेलाडीलाई बन्द प्रशिक्षणका लागि छनोट गरेको हो। बन्द प्रशिक्षण मंगलबारदेखि काठमाडौँंमा शुरु हुने क्यानले जनाएको छ।छनोट भएका २८ खेलाडीमध्ये सातजना सुदूरपश्चिमका रहेका छन्। अनुराग सिंह, दीपक बोहरा ए, दीपक बोहरा बी, हेमन्त धामी, आकाश चन्द, मिलन बोहरा र नरेन साउद सुदूरको टोलीबाट छनोट भएका हुन्।गत मंसिरमा काठमाडौँमा सम्पन्न वाईवाई यू&nda