भूकम्पपछिको ६ वर्ष : पर्वतमा ७९ विद्यालयको भवन निर्माण

पर्वत । पर्वतमा भूकम्पले भत्किएका ७९ ओटा विद्यालयको पुनर्निर्माण सम्पन्न भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ (शिक्षा), पर्वतका अनुसार जिल्लामा भूकम्पले भत्किएका विद्यालयको पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ । अहिलेसम्म निर्माण सम्पन्न भएका र दोस्रो चरणमा सम्झौता भएका विद्यालयको काम अन्तिम चरणमा रहेको कार्यालयले बताएको छ । कार्यालयले अहिलेसम्म ७० प्रतिशत प्रगति भएको जानकारी दिएको छ । भूकम्प गएको ६ वर्षमा कार्यालयले विद्यालयको पुनर्निर्माण तीव्ररूपमा अगाडि बढेको बताएको छ । २०७२ वैशाख १२ गतेको भूकम्पका कारण क्षतिग्रस्त १५३ ओटा विद्यालयको पुनर्निर्माण, ४४ ओटा विद्यालयको शौचालय र ४१ ओटा विद्यालयको खानेपानी योजनाको काम गर्नुपर्ने दायित्व कार्यालयसँग छ । कार्यालय प्रमुख युक्तप्रसाद शर्माले कोरोना संक्रमणका कारण गतवर्ष काम गर्न समस्या भए पनि यस वर्ष कामले गति लिएको बताए । यद्यपि कोरोना संक्रमण फैलिएपछि पुनः समस्या हुन थालेको उनको भनाइ छ । पुनर्निर्माण प्राधिकरणको म्याद पुससम्म रहेको र त्यसपछि म्याद थपिने÷नथपिने निश्चित नभएकाले सकेसम्म पुसभित्रै सबै काम सक्ने हतारो रहेको शर्माले बताए । जिल्ला आयोजना कार्यालय शिक्षामा दोस्रो चरणमा २० ओटा विद्यालयमा दुईकोठे, चारओटा विद्यालयमा तीनकोठे र ३९ ओटा विद्यालयमा दुईकोठे भवन निर्माणको सम्झौता भएको थियो । अधिकांश विद्यालयको पुनर्निर्माणको प्रगति ७० प्रतिशत रहेको कार्यालय प्रमुख शर्माले बताए । भूकम्पले विद्यालयका सबै कक्षाकोठा नभएका विद्यालयलाई मुख्य प्राथमिकता र केही मात्रै भवन भत्किएका विद्यालयलाई दोस्रो चरणमा पुनर्निर्माण गर्नेगरी कार्यालयले कार्ययोजना बनाएको थियो । सोही अनुसार विद्यालयका भवन पुनर्निर्माण भइरहेको कार्यालयले बताएको छ । भूकम्पले भत्किएका विद्यालय पुनर्निर्माणपछि पठनपाठनमा सहज भएको जनसहयोगी मावि फलेवासका प्रअ गणेशबहादुर थापाले बताए ।  

सम्बन्धित सामग्री

अस्थायी ‘टहरो’ मा अस्पताल, सेवा प्रवाहमा समस्या

जिल्ला अस्पतालको भवन निर्माणमा ढिलाइ हुँदा स्वास्थ्य सेवा कार्यालय कालीकोट अहिले अस्थायी टहरोबाट काम चलाइरहेको छ । पुरानो भवन भत्काइएको भए पनि नयाँ भवन निर्माण थालेको ६ वर्ष बितिसक्दा पनि सम्पन्न भएको छैन । जसले गर्दा अस्पतालको सेवा प्रवाहमा समस्या भएको छ ।

६ वर्ष बित्दा पनि बनेन बेनी अस्पतालको भवन

म्याग्दी : निर्माण सुरु भएको छ वर्ष वितिसक्दा पनि म्याग्दीको बेनी अस्पताल भवन अझै पूरा हुन सकेको छैन।सघन शहरी तथा भवन निर्माण आयोजना बागलुङले २०७३ मंसिर २१ गते दुई वर्ष भित्रमा निर्माण सम्पन्न गर्नेगरी  भवन निर्माणका लागि महादेव खिम्ती–गल्वा–रफिना जेभीसँग१८ करोड ८४ लाख आठ हजार ८९ रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो। २४ करोड चार लाख २९ हजार ८६९ रुपैयाँ लागत अनुमान गरिएको भवन २०७६ मंसिर २० गते निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता थियो।तर सम्झौता गरेको ६ वर्ष र भवन निर्माण गरिसक

सरकारी जग्गामा ३२ वर्षदेखि व्यापारीकाे रजाइँ : गोकर्णेश्वरले गराउन सक्ला खाली?

काठमाडौं : गोकर्णेश्वर नगरपालिकाले २०७४ सालमै जोरपाटी चोकमा रहेको सार्वजनिक जग्गामा साततले गोकर्णेश्वर भवन बनाउने भनेर योजना ल्यायो। नगरपालिकाले आर्थिक वर्ष ०७६/७७ को नीति तथा कार्यक्रममा गौरवका योजनाअन्तर्गत नै भवन निर्माण गर्ने योजना ल्यायो र ५ करोड रूपैयाँ बजेट विनियोजन पनि गर्‍याे।तर योजनाको ६ वर्ष बित्दा पनि न त्यहाँ नगरपालिकाको भवन बनेको छ न त जग्गा नै खाली भयो। अहिले व्यवसायीहरूले उक्त सार्वजनिक जग्गामा रजाइँ गरिरहेका छन्।२०७६ पुसमा तत्कालीन गोकर्णेश्वर नगरपालिकाका उपप्रमुख शान्त

‘इतिहास ढल्दैछ सरकार मौन छ, भ्यू टावर चाहिँ बन्ने, त्रिचन्द्र चाहिँ नबन्ने'

२०७२ सालको भूकम्पमा जीर्ण उक्त भवनको जोखिमलाई हेर्दै रातो स्टिकर टाँसिएको थियो। भूकम्पको ६ वर्ष हुँदा पनि भवन निर्माण गर्ने सुरसार नभएपछि विद्यार्थी आफैं लगातर प्रदर्शन गर्दै सडकमा उत्रिएका छन्।...

६ वर्षमा मकवानपुरका ८० प्रतिशत भूकम्प पीडितले बनाए घर

हेटौँडा : भूकम्प गएको ६ वर्ष बितिसक्दा मकवानपुरका भूकम्प पीडितहरुमध्ये करिब ८० प्रतिशतले निजी आवासीय भवन निर्माण गरिसकेका छन्। बाँकीले निर्माण गरिरहेका छन्। अनुदान सम्झौता भएकाहरुमध्ये ९३ प्रतिशतले निजी आवास भवन बनाइरहेका छन्। अनुदान सम्झौता गरेकामध्ये आइतवारसम्म मकवानपुरमा २६ हजार ८ सय ७७ जना अर्थात ८० दशमलव ५ प्रतिशत लाभग्राहीले…

भूकम्पपछिको प्रबलीकरण कछुवाको गतिमा

काठमाडौं :  २०७२ को विनाशकारी भूकम्पले हजारौ संरचना ध्वस्त भए। निजी आवास, संम्पदा, सरकारी भवन भत्किए। पूर्णरुपमा ध्वस्त भएका संरचना पुनर्निमाण भए पनि आंशिक क्षति भएका संरचना भने नयाँ स्वरुपमा फर्कन सकेका छैनन्। भूकम्पको गएकाे ६ वर्ष वितिसक्दा पनि बाघ दरबार, हरिहर भवन, सडक विभागको भवन, बालमन्दिर लगायतका भवन उठ्न सकेका छैनन्। भग्नावशेषलाई हरियो जालीले घेरेर राखिएको छ। ६ वर्षमा दुई ओटा मात्र सरकारी भवन प्रबलीकरण सम्पन्न भएको केन्द्रीय आयोजना कार्यान्वयन इकाई भवन न

भूकम्पका ६ वर्ष : ३ खर्ब ५७ अर्बको पुनर्निर्माण

काठमाडौं । ८ हजार ९७९ जना मानिसको ज्यान जाने गरी २०७२ वैशाख १२ मा गएको भूकम्पको आज (आइतवार) ६ वर्ष पुगेको छ । निजी आवाससहित ऐतिहासिक सम्पदा, विद्यालय, सार्वजनिक भवन, स्वास्थ्य संस्थासहित अन्य पुनर्निर्माणका कामहरू सम्पन्न गर्न हालसम्म रू. ३ खर्ब ५७ अर्ब खर्च भइसकेको छ । भूकम्पबाट अतिप्रभावित १४ सहित ३२ जिल्लाहरूमा यो अवधिमा झन्डै ६ लाख निजी आवासहरू बनेका छन् । मुलुकका ऐतिहासिक सम्पदाहरू पनि निर्माण भएका छन् । भूकम्पबाट पूर्णरूपमा क्षति भएका धरहरा र रानीपोखरीका साथै दरबार हाइस्कूल, सिंहदरबार पनि निर्माण तथा पुनर्निर्माण भइसकेका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार क्षति भएका विभिन्न ९२० सम्पदामध्ये हालसम्म ४९३ को निर्माण सम्पन्न भएको छ । भूकम्पबाट करीब १० लाख निजी आवासमा क्षति पुगेको थियो । ती घर निर्माणका लागि ८ लाख १० हजार ४२७ लाभग्राहीले पुनर्निर्माणका लागि अनुदान सम्झौता गरेका छन् । सरकारले निजी आवास निर्माणका लागि भूकम्पबाट प्रभावित लाभग्राहीहरूलाई रू. ३ लाख तीन किस्तामा दिँदै आएको छ । सरकारले पुनर्निर्माणका लागि लगानी जुटाउन सोही वर्षको असार १० गते अन्तरराष्ट्रिय दातृ सम्मेलन गरेको थियो । त्यसबेला गरिएको पोस्ट डिजास्टर निडस् एसेस्टमेन्ट (पीडीएनए) प्रतिवेदनले पुनर्निर्माणमा रू. ९ खर्ब ३८ अर्ब बराबर लगानी आवश्यक पर्ने आकलन गरेको थियो । तर, प्राधिकरणले पाँचवर्षे रणनीति तथा कार्यक्रम परिर्माजन गर्दा उक्त लगानी घटेर रू. ४ खर्ब ८८ अर्बमा झरेको थियो । प्राधिकरणका अनुसार दातृसम्मेलनमा रू. ४ खर्ब १० अर्बको सहयोग प्रतिबद्धता भए पनि रू. २ खर्ब ९४ अर्बमात्रै प्राप्त भएको छ । भूकम्पबाट पूर्ण तथा आंशिक रूपमा क्षति भएका निजी आवासहरूलाई नै प्रमुख प्राथमिकता दिएर शुरू गरिएको पुनर्निर्माणको काम सम्पन्न हुन थालेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले बताए । नेपाल भूकम्पीय जोखिममा रहेकै कारण विपद् जोखिमबाट सुरक्षित नेपाल निर्माणको दशवर्षे महाअभियानका लागि कार्यक्रम तयार गरिरहेको उनको भनाइ छ । पाँचवर्षे कार्यअवधि पाएर स्थापित भएको प्राधिकरणको म्याद गत पुसमा सकिए पनि १ वर्ष म्याद थपिएको छ । ‘हामीले प्राधिकरणको बहिर्गमन रणनीति र बाँकी कार्यको व्यवस्थापनको खाका पनि तयार गरेका छौं,’ उनले भने, ‘अब निजी आवासतर्फको बाँकी कार्यको प्राविधिक व्यवस्थापन शहरी विकास तथा भवन निर्माण विभागले गर्नेछ ।’ यस अवधिमा निजी आवासमा ९३ प्रतिशत उपलब्धि भएको छ, भने अनुदान सम्झौता गरेका ८ लाख ११ हजार ७५४ लाभग्राहीमध्ये घर पुनर्निर्माण शुरू गरेका कुल लाभग्राहीको संख्या ७ लाख ५३ हजार १०४ रहेको छ । पहिलो किस्ता वितरण ९९ दशमलव ८६ प्रतिशत, दोस्रो किस्ता ८६ दशमलव ७८ प्रतिशत र तेस्रो किस्ता ७८ दशमलव ६६ प्रतिशत लाभग्राही अर्थात् भूकम्पपीडितले लिइसकेका छन् । भूकम्पबाट असुरक्षित बनेका २९९ बस्तीका ४ हजार ७२० लाभग्राहीलाई सुरक्षित आवासका लागि जग्गा व्यवस्था मिलाइएको प्राधिकरणले उल्लेख गरेको छ । प्राधिकरणले यस अवधिमा १२ हजार ७८८ भूमिहीन लाभग्राहीलाई जग्गा व्यवस्थापनसहित घर निर्माण गर्ने वातावरण बनाइएको छ । प्राधिकरणका अनुसार क्षति भएका ४०२ गुम्बामध्ये २९४ निर्माण सम्पन्न भएका छन् । भूकम्पबाट क्षतिग्रस्त कुल ७ हजार ५५३ विद्यालयमध्ये ८३ प्रतिशत विद्यालयको पुनर्निर्माण सम्पन्न भइसकेको छ । यस्तै, कुल १ हजार १९७ स्वास्थ्य संस्थामध्ये ६९८ को पुनर्निर्माण, कुल ४१५ सरकारी भवनमध्ये ९० प्रतिशतको पुनर्निर्माण सम्पन्न भएको छ ।

शिक्षा कार्यालयको भवन निर्माण ६ वर्षदेखि अलपत्र, निर्माण स्थल जंगलमा परिणत

ओखलढुङ्गा : तत्कालीन जिल्ला शिक्षा कार्यालयको भवन निर्माण कार्य ६ वर्षदेखि अलपत्र परेको छ। ठेकेदारको लापरवाहीका कारण भवन निर्माण अलपत्र बनेको हो।  २०७१ असार ३१ मा एक वर्षभित्र निर्माण सक्ने गरी शिक्षा विभागले गाल्वा पुष्पाञ्जली जेभीलाई २ करोड ८८ लाख ६७ हजार रुपैयाँमा भवन निर्माण गर्न ठेक्का दिएको थियो। तर, ६ वर्ष बित्दासम...

अलपत्र बन्यो टेलिकम धादिङको भवन

धादिङ​ : निर्माण कम्पनीको लापरवाहीका कारण नेपाल टेलिकम धादिङको भवन निर्माण कार्य शुरु भएको ६ वर्ष बितिसक्दा पनि पूरा हुन सकेको छैन। निर्माणको जिम्मा पाएको कम्पनीको लापरवाहीले भवन निर्माण कार्य एक वर्ष अघिदेखि ठप्प हुन पुगेको छ।  नेपाल टेलिकम धादिङको भवन निर्माण गर्न चाँदनी/राम जे भी कन्ट्रक्सनले २०७० साल चैत १८...

४ पटक म्याद गुजारेर ठेकदार बेपत्ता : डेढ वर्षमा बन्नुपर्ने भवन ६ वर्षसम्म बनेन

२५ जेठ, पोखरा । महेन्द्रपुल चोकसँगै अग्लो भवन निर्माणाधीन छ । यो क्षेत्रीय हुलाक निर्देशनालयको भवन हो । नेपाल टेलिकमसँगै रहेको हुलाकको भवन बन्न थालेको ६ वर्ष नाघिसक्यो । डेढ वर्षमा बनिसक्नुपर्ने भवन निर्माण अझै सकिएको छैन । भवन निर्माणको जिम्मा लिएका ठेकेदार ४ पटक थप म्याद गुजारेर अहिले सम्पर्कबाहिर छन् …