काठमाडौं : आज विश्व पृथ्वी दिवस, पृथ्वीलाई पुनस्र्थापना गरौँ’ भन्ने नारासहित विभिन्न कार्यक्रम गरी मनाइँदैछ। दिवसका अवसरमा संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेशले एक सन्देश दिँदै पृथ्वीका संसाधनको लापरवाहीपूर्ण दोहन रोक्नुपर्नेमा जोड दिए। उनले प्रकृतिसँग शान्तिपूर्ण सम्बन्ध स्थापित गर्न वैश्विक तापमानमा भइरहेको बढोत्तरीलाई सिमित गर्न र जैविक विविधताको रक्षा गर्न आह्वान गरे। ‘विश्व–आमा पृथ्वी दिवस’ का रुपमा मनाइने यो दिवसको पूर्व सन्ध्यामा दिएको सन