नेपालको प्रधानन्यायाधीशमा संवैधानिक परिषद्बाट सिफारिस सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध संसदीय सुनुवाइ समितिमा २९ उजुरी परेका छन् । कार्कीविरुद्ध बहालवाला जिल्ला न्यायाधीश र अधिवक्ताहरूले नै संसदीय सुनुवाई समितिमा उजुरी हालेका छन् ।