साताको तेस्रो कारोबारको दिन शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ ।
मंगलवार नेप्से परिसूचक १६.३० अंकले घट्दै २८३५.५८ बिन्दुमा झरेर रोकिएको छ ।
कुल २३० कम्पनीका १ करोड २० लाख ५३ हजार ७५१ कित्ता शेयर ६ अर्ब २८ करोड ७२ लाख १७ हजार ९८५ रुपैयाँमा खरीद बिक्री भएका छन् ।
नेप्से ओरालो लागेपनि यस दिन कारोबार रकम भने बढेको छ। अघिल्लो कारोबार दिन ५ अर्ब २ करोडको शेयर खरिदबिक्री भएकोमा १ अर्ब २६ करोडले कारोबार रकम बढेको हो ।
कारोबारमा आएका १३ उपसमुहगत सूचकमध्ये व्यापार, होटल, निर्जीवन बीमा, उत्पादन...