काठमाण्डौ – शेयर बजार आज मङ्गलवार पनि दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ११ दशमलव ८२ अङ्कले घटेर एक हजार नौ सय २१ दशमलव ३१ विन्दुमा झरेको छ ।
बैंक र जीवन बीमाबाहेक अरू सबै समूहको शेयर घटेको दिन बजारसँगै कारोबार रकममा पनि कमी आएको छ । दुई सय ३० वटा कम्पनीको ३० लाख ३७ हजार कित्ता शेयर एक अर्ब पाँच करोड ८२ लाख रुपैयाँमा कारोबार भयो । सबैभन्दा धेरै एसियन लाइफ इन्सुरेन्सको सात करोड ३१ लाख रुपैयाँको शेयर किनबेच भयो ।
आज लक्ष्मी इक्विटी फन्डको शेयर झन्डै ६ प्रतिशतले तथा जनरल इन्सुरेन्...