काठमाण्डाै - कारोबार हुने हप्ताको अन्तिम दिन शेयर बजार दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १९ दशमलव ९७ अङ्कले घटेर दुई हजार तीन सय ५६ दशमलव २० बिन्दुमा झरेको छ ।
सबै समूहको शेयर आज ओरालो लागेको छ । नेप्से घटे पनि कारोबार रकममा भने सामान्य सुधार आएको छ । दुई सय २६ वटा कम्पनीका ४५ लाख ७४ हजार कित्ता शेयर एक अर्ब ४९ करोड ६२ लाख रुपैयाँमा कारोबार भएका छन् ।
सबैभन्दा धेरै आईएमई जनरल इन्स्याेरेन्स कम्पनीको पाँच करोड २५ लाख रुपैयाँको शेयर किनबेच भएको छ । आज सबैभन्दा धेरै गुहेश्री मर्चेन्ट&...