शेयर बजार सामान्य घट्यो, ५० करोड ७६ लाख रुपैयाँको कारोबार

काठमाण्डाै – हिजो बुधवार दोहोरो अङ्कले घटेको शेयर बजार आज बिहीवार सामान्य घटेको छ । शेयर बजार परिसूचक नेप्से आज एक दशमलव ३८ अङ्कले घटेर एक हजार आठ सय ४४ दशमलव १४ विन्दुमा झरेको छ ।  आज व्यापार, विकास बैंक र लगानीबाहेक अरू समूहको शेयर सामान्य घटेको छ । नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । दुई सय २१ वटा कम्पनीकाे १५ लाख ४६ हजार कित्ता शेयर ५० करोड ७६ लाख रुपैयाँमा कारोबार भएकाे छन् । सबैभन्दा धेरै अभियान लघुवित्तको तीन करोड ६९ लाख रुपैयाँको शेयर किनबेच भयो ।  आज सेन्चुरी डिबेन्चर र सामुदा...

सम्बन्धित सामग्री

आईएमएफसँगको सम्झौतापछि अकासियो पाकिस्तानको शेयर बजार

काठमाडौं । सोमवार पाकिस्तानको प्रमुख शेयर परिसूचक २ हजार अंकभन्दा धेरैले बढेको छ । बहुपक्षीय कर्जादाता निकाय अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ)सँग वित्तीय उद्धार सम्झौता भएपछि हप्ताको पहिलो दिनको कारोबार बजारमा व्यापक वृद्धि देखिएको हो ।  सोमवार बिहानी ९ः३० बजे केएसई–१०० परिसूचक शुक्रवार बजार बन्द हुँदाको तुलनामा २ हजार २६९ दशमलव २३ अंकले बढेर खुलेको थियो । सूचकले माथिल्लो सर्किट छोएपछि एक घन्टाका लागि कारोबार बन्दसमेत भयो । बिहान ११ः३० बजे सूचक अर्को २ हजार ४१४ अंकले बढेर ४३ हजार ८६७ मा उक्लिएको थियो । अंकको आधारमा यो वृद्धि अहिलेसम्मकै धेरै हो । बजारले वृद्धि कायम गर्न सक्यो भने प्रतिशतका आधारमा समेत यो सन् २००९ को मार्चयताकै उच्च एक दिने वृद्धि हुनेछ । आजको वृद्धि पाकिस्तान स्टक एक्सचेञ्जको इतिहासकै सबैभन्दा धेरै हुन सक्ने टपलाइन सेक्युरिटिजले एक ट्विटमा भनेको छ । अटो निर्माताहरूको शेयर मूल्य ६ प्रतिशतदेखि साढे ७ प्रतिशतले बढेको छ । आईएमएफसँगको सम्झौतापछि आयातमा लगाएको प्रतिबन्ध हट्ने आशाले पनि शेयर बढेको हो । पाकिस्तान र आईएमएफबीच वित्तीय उद्धारबापतको रकम फुकाउने विषयमा सहमति नभए पाकिस्तान डिफल्टमा जाने अनि आर्थिक कठिनाइ झनै चुलिने भयले लगानीकर्ताहरू डराएका थिए । शुक्रवार आईएमएफ र पाकिस्तानबीच ३ अर्ब डलरको छोटो अवधिको वित्तीय प्याकेज उपलब्ध गराउने सहमति भएको थियो । यो प्रस्तावलाई कोषको सञ्चालक समितिले जुलाईमा अनुमोदन गर्नु पर्नेछ । सहमति ८ महीना ढिला भएको छ । रकमको यो आकार पाकिस्तानले आशा गरेको भन्दा धेरै हो । सन् २०१९ मा भएको वित्तीय उद्धारको प्याकेजको २ किस्ता गरेर अब जम्मा २ अर्ब ५० करोड डलर मात्रै बाँकी थियो । यो सम्झौताको म्याद गएको हप्ता नै सकिएको थियो । पाकिस्तानलाई आईएमएफले ९ महीनाका लागि ३ अर्ब डलर दिएको हो । एजेन्सी

नेप्से परिसूचक ६४.८७ अंकले वृद्धि, ३ अर्ब ५० करोडभन्दा बढीको कारोबार

काठमाडौं। मंगलवार सामान्य अंकले घटेको नेप्से परिसूचक बुधवार उच्च अंकले वृद्धि भएको छ। बुधवार नेप्से परिसूचक ६४.८७ अंकले बढेर २१२५.९४ बिन्दुमा पुगेको छ। बुधवार कारोबारमा आएका २५८ कम्पनीको ८७ लाख ३३ हजार कित्ता शेयर ३ अर्ब ५० करोड ११ लाख रुपैयाँमा खरिदबिक्री भएको छ। नयाँ सरकार बनेर अर्थमन्त्रीमा विष्णु पौडेल आएसँगै शेयर बजार निरन्तर रुपमा उकालो लाग्दै आएको छ।

नेप्सेमा झिनो अंकको गिरावट, ५० करोडमा कारोबार सिमित

काठमाडौं, ३ कात्तिक । शेयर बजारमा आज सामान्य अंकको गिरावट आएको छ । नेप्से परिसुचक १ दशमलव ३८ अंकले घटेर १८४४ दशमलव १४ विन्दुमा रोकिएको हो । शेयर बजार मापक सेन्सेटिभ इन्डेक्स भने आज ० दशमलव ०९ अंकले बढेर ३६३ दशमलव ०५ विन्दु कायम भएको छ । आज २२१ कम्पनीको ५० करोड ७६ लाख ८९ […]

शेयर बजार सामान्य बढ्यो, कारोबार रकम ५० करोड रुपैयाँ पनि पुगेन

काठमाण्डाै – शेयर बजार आज बुधवार पनि सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ६ दशमलव ४१ अङ्कले बढेर एक हजार आठ सय ३७ दशमलव ४६ विन्दुमा पुगेको छ । आज व्यापार, फाइनान्स, अन्य र म्युचल फन्डबाहेक अरू समूहको शेयर सामान्य बढेको छ । बजार सामान्य बढे पनि कारोबार रकम भने निकै घटेको छ । १३ लाख ७० हजार कित्ता शेयर ४८ करोड ५४ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै नेशनल माइक्रोफाइनान्सको प्रमोटर शेयर चार करोड ७५ लाख रुपैयाँमा किनबेच भयो । आज मन्दाकिनी हाइड्रोको शेयर नौ प्रतिशत तथा अभियान लघुवित्...

शब्द चित्रमा साताको शेयर बजार

भदौ २६, काठमाडौं । धितोपत्र बजारमा यस साता शेयर कारोबारमा असाध्यै बढी उतारचढाव देखियो । कहिले असाध्यै उच्च अंकले नेप्सेमा गिरावट देखियो भने कुनै दिन नेप्सेले उच्च अंकको वृद्धि देखायो ।  नेपाल राष्ट्र बैंकले शेयर धितो कर्जामा लगाएको सीमाका कारण बजारमा उतारचढाव देखिएको तर्क गर्नेहरु पनि भेटिए । यस साता पाँच दिन नै शेयर कारोबार भयो ।   नेप्सेमा उतारचढाव देखिंदा कारोबार रकमसमेत असाध्यै कम हुन पुग्यो । सातामा कुल ४२ अर्ब २५ करोड ९८ लाख १९ हजार बराबरको शेयर खरीदविक्री भएको छ । गत साताभन्दा यो साता कारोबार रकम रू. ५ अर्ब ५० करोड ८८ लाख ९१ हजारले कम भएको हो । रासस

झन्डै ५० अङ्कले घट्यो नेप्से, राधी विद्युतको ५० करोड रुपैयाँको कारोबार

काठमाण्डाै – शेयर बजार परिसूचक नेप्से मङ्गलवार झन्डै ५० अङ्कले घटेको छ । माइक्रो–फाइनान्सबाहेक सबै समूहको शेयर घटेपछि नेप्से ४७ दशमलव ४९ अङ्कले घटेर दुई हजार आठ सय २८ विन्दुमा झरेको हो । आज बैंकिङ समूहको शेयर साढे २६ अङ्कले, विकास बैंक समूहको एक सय ६७ अङ्कले, व्यापारको साढे ४७ र जलविद्युत् समूहको शेयर ७६ अङ्कले घटेको छ । यस्तै फाइनान्स समूहको शेयर झन्डै ८८ अङ्कले, जीवन बीमा समूहको एक सय ६६, निर्जीवन बीमाको दुई सय ५१ अङ्कले, उत्पादन समूहको ३५ अङ्कले, अन्यको ५१ र लगानी समूहको शेयर एक सय आठ अङ्कल...

यो साता ४ % भन्दा बढीले घट्यो नेप्से परिसूचक : लगानीकर्ताले करीब २ खर्ब गुमाए

असार १२, काठमाडौं । यो साता शेयर बजारका सबै महत्वपूर्ण परिसूचकहरु घटेका छन् । समग्र धितोपत्र कारोबार मापक नेप्से परिसूचक, सेन्सेटिभ इन्डेक्ससँगै समूहगत सबै परिसूचक गत साताभन्दा यो साता घटेका हुन् । यी सँगै कारोबार रकम, कारोबार कित्ता र कुल बजार पूँजीकरण पनि गत साताभन्दा यो साता कम भएको छ । गत साताको तेस्रो कारोबार दिनदेखि ओरालो लागेको शेयर बजार यस साताको तेस्रो कारोबार दिन बढेपनि बाँकी दिन भने निरन्तर घटिरहेको छ । धितोपत्र दोस्रो बजारमा २०० भन्दा बढी कम्पनी सूचीकृत रहेपनि ५१ ओटा कम्पनीहरुको नियामक निकायको धारणाले समग्र बजारलाईनै असर पुर्‍याएको हो ।  नियामकले कम्पनीहरुप्रति नकारात्मक धारणा भन्दा पनि यी कम्पनीहरुको वित्तीय अवस्था अनुसार बजारमूल्यमा उतारचढाब देखिएकाले अध्ययन अनुसन्धानपश्चात मात्र लगानी गर्ने सचेत गरेको बताउँदै आएको छ । बजार विकास र विस्तारका लागि निरन्तर सरकारात्मक कदम चाल्दै आएको बोर्डको गत साताको ५१ कम्पनीहरु प्रतिको धारणा समेटिएको प्रेस विज्ञप्तीले भने बजारमा नकारात्मक प्रभाव परेको देखिन्छ ।   गत साताभन्दा यो साता नेप्से परिसूचक ४ दशमलव २३ प्रतिशत अर्थात् १२५ दशमलव ४७ अंकले घटेको छ । गत साताको अन्तिम कारोबार दिन बिहीवार २ हजार ९६८ दशमलव ४३ विन्दुमा रहेको नेप्से परिसूचक यो साताको अन्तिम कारोबार दिन २ हजार ८४३ विन्दुमा कायम भएको हो । साताको पहिलो कारोबार दिन ६३ दशमलव २८ अंक, दोस्रो दिन ७१ दशमलव शून्य ६ अंक घटेको बजार तेस्रो दिन भने ७९ दशमलव ४४ अंकले बढेको थियो ।  चौथो दिन ५१ दशमलव ६५ अंकले फेरी घटेको बजार पाँचौ दिन १६ दशमलव ९६ अंकले घटेको छ । यो साता ठूला कम्पनीहरुको मात्र कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि गत साताभन्दा १५ दशमलव ४७ अंक अर्थात् २ दशमलव ८६ प्रतिशतले कमि आएको छ । गत साता ५४१ दशमलव ७ विन्दुमा रहेको सेन्सेटिभ इन्डेक्स यो साता ५२५ दशमलव ६५ विन्दुमा बन्द भएको हो । यो साता गत साताभन्दा कारोबार रकम रू. ३२ अर्ब २३ करोड १३ लाख ७६ हजारले कम भएको छ । गत साता रू. ८१ अर्ब ३५ करोड २३ लाख ८६ हजार बराबरको कारोबार भएकोमा यो साता रू. ४९ अर्ब १२ करोड १० लाख ९ हजार बराबरको शेयर कारोबार भएको हो । यो साता अन्तिम कारोबार दिन कारोबार रकम रू. ७ अर्ब ३ करोडमा खुम्चिएको छ । कारोबार रकम घटेसँगै कारोबार कित्ता पनि घटेको छ । गत साता १५ करोड १७ लाख ७ हजार ४८२ कित्ता शेयर कारोबार भएकोमा यो साता १० करोड २२ लाख ६५ हजार ५४१ कित्ता शेयर कारोबार भएको हो । गत साताभन्दा यो साता ४ करोड ९४ लाख ४१ हजार ९४१ कित्ता कम शेयर कारोबार भएको हो । यो साता बजारका सबै सूचकहरु नकारात्मक हुँदा लगानीकर्ताहरुको सम्पत्तिको मूल्य रू. १ खर्ब ८९ अर्ब ६६ करोड ९० लाख ३३ हजार घटेको छ । गत साता रू. ४१ खर्ब ३९ अर्ब २८ करोड ८० लाख ५३ हजार रहेको कुल बजार पूँजीकरण रकम रू. ३९ खर्ब ४९ अर्ब ६१ करोड ९० लाख २० हजारमा झरेको छ ।  कुल बजार पूँजीकरणमा सर्वाधिक हिस्सा रहेको नेपाल दूरसञ्चार कम्पनीको कुल बजार पूँजीकरण रू. १ खर्ब ६९ अर्ब ५० करोड रहेको छ । कम्पनीको अन्तिम मूल्य बिहीवार रू. १ हजार ३१३ कायम भएको छ । गत साता यो मूल्य रू. १ हजार २९८ थियो । गत साताको भन्दा यो साता नेपाल दुरसञ्चार कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. १५ ले बढेको हो । यो साता समूहगत सबै परिसूचकहरुमा कमी आएको छ । विकास बैंक र वित्त समूहको परिसूचक यो साता सर्वाधिक घटेको छ । गत साताभन्दा यो साता विकास बैंकको ७ दशमलव ५७ प्रतिशत र वित्तको ७ दशमलव २४ प्रतिशत परिसूचक घटेको हो । गत साता र यो साता तुलनात्मक रुपमा बजारका सूचकहरु :                                                              स्रोत : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) यो साता समूहगत परिसूचकमा भएको थपघटको अवस्था :                                                                                 स्रोत : नेपाल स्टक एक्सचेञ्ज (नेप्से)