हालै नेकपा एमाले परित्याग गरी स्वतन्त्र उम्मेदवार बनेका वामपन्थी नेता घनश्याम भुसालको निर्वाचन क्षेत्र रुपन्देहीमा–१ मा स्वतन्त्र उम्मेदवारको बाहुल्यता रहेको छ । सत्तारुढ गठबन्धनको समर्थनमा रुपन्देही क्षेत्र नं.१ बाट प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी नेता भुसालको क्षेत्रमा ९ दलले उम्मेदवारी दर्ता गरेका छन् भने स्वतन्त्र रूपमा भुसालसहित १२ जना रहेका छन् । २०७४ सालको निर्वाचनमा यो क्षेत्रबाट एमाले केन्द्रीय सचिव छविलाल विश्वकर्माले चुनाव जितका थिए । अहिले पूर्व एमाले