१० भदौदेखि हकप्रद जारी गर्दै मल्टीपर्पस फाइनान्स

२५ साउन, काठमाडौं । मल्टीपर्पस फाइनान्स लिमिटेडले १० भदौ देखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ । फाइनान्सले हाल कायम चुक्ता पूँजीको ३५ प्रतिशत हकप्रद सेयर निष्कासन गर्न स्वीकृति पाएको थियो । कम्पनीले १०० कित्ता बराबर ३५ कित्ता अर्थात १००ः३५ को अनुपातमा हकप्रद जारी गर्न लागेको हो । यस अनुसार हाल कायम १०० कित्ता सेयर […]

सम्बन्धित सामग्री

मल्टीपर्पस फाइनान्सको हकप्रद शेयर निष्काशनमा विक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल

काठमाडौं । मल्टीपर्पस फाइनान्स लिमिटेडको हकप्रद शेयर निष्काशनका लागि मुक्तिनाथ क्यापिटललाई विक्री प्रबन्धकमा नियुक्त गरिएको छ । उक्त सम्झौता पत्रमा वित्तीय संस्थाको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रजनीश कुमार सिंह र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका छन् । मुक्तिनाथ क्यापिटल लिमिटेड मुक्तिनाथ विकास बैंकको सहायक कम्पनी र नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त मर्चेन्ट बैंकर संस्था हो । फाइनान्सको २०७९ साल पौष मसान्त सम्मको अधिकृत पूँजी ८० करोड रुपैयाँ, कुल जारी तथा चुक्ता पूँजी ४५ करोड २० लाख रूपैयाँ, कुल सम्पत्ति १ अर्ब ८० करोड ८० लाख ८० हजार ९०४ रुपैयाँ, त्यसैगरी कुल निक्षेप १ अर्ब २९ करोड ६५ लाख ३७ हजार २९ रुपैयाँ तथा कर्जा लगानी ९८ करोड ८२ लाख १५ हजार ४ सय ३६ रुपैयाँ गरी कुल १३ हजार १ सय ३५ ग्राहकहरुलाई सेवा दिई रहेको छ । त्यसैगरी वित्तीय संस्थाको हाल शाखा संख्या ६ पुगेको छ । हाल कायम चुक्ता पूँजीको ३५ प्रतिशत हकप्रद निष्काशन पश्चात् वित्तीय संस्थाको चुक्ता पूँजी ६१ करोड २ लाख रुपैयाँ पुग्नेछ ।

हकप्रद जारी गर्न मल्टीपर्पस फाइनान्सलाई स्वीकृति

मल्टीपर्पस फाइनान्स लिमिटेडलाई हकप्रद सेयर जारी गर्न नेपाल राष्ट्र बैंकले स्वीकृति दिएको छ ।राष्ट्र बैंकले स्वीकृति दिएसँगै कम्पनीले हाल कायम चुक्तापुँजी ४५ करोड २० लाख रुपैयाँको ३५ प्रतिशतले हुन आउने हकप्रद सेयर निष्कासन गर्नेछ ।कम्पनीको आगामी साधारणसभा तथा विशेष साधारणसभामार्फत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गरी हकप्रद सेयर निष्कासन गर्ने बताइएको छ ।

हकप्रद जारी गर्न मल्टीपर्पस फाइनान्सलाई स्वीकृति

काठमाडौं । मल्टीपर्पस फाइनान्स लिमिटेडलाई हकप्रद सेयर जारी गर्न नेपाल राष्ट्र बैंकले स्वीकृति दिएको छ ।  राष्ट्र बैंकले स्वीकृति दिएसँगै कम्पनीले हाल कायम चुक्तापुँजी ४५ करोड २० लाख रुपैयाँको ३५ प्रतिशतले हुन आउने हकप्रद सेयर निष्कासन गर्नेछ । कम्पनीको आगामी साधारणसभा तथा विशेष साधारणसभामार्फत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गरी हकप्रद...