जाडो मौसममा कोरोना भाइरसको प्रभाव कस्तो रहला ?

हिउँद यामको चिसो मौसमले कोरोना महामारीलाई कस्तो प्रभाव पार्ला भन्नेमा आम चासो र चिन्ता बढेको छ। बिभिन्न अन्तर्राष्ट्रिय अध्ययन तथा विज्ञले भाइरसको बृद्धि र बिस्तारमा यो मौसम अनुकुल हुनसक्ने र मौसमी रुघाखोकी एवं कोरोनाका सह–संक्रमणले जोखिम बढ्ने देखाएका छन्।

सम्बन्धित सामग्री

खोप लगाउने धेरै भएकाले कोभिड भइहाले निको हुने सम्भावना बढी

अहिले नेपालमा कोरोना भाइरसको प्रभाव मत्थर हुँदै गइरहेको छ । नेपालमा पछिल्लो समय कोरोना भाइरस विरुद्धको खोपको विस्तारले तीव्रता पाएको र भाइरसको संक्रामक अवस्था पनि कमजोर बन्दै गएकाले नेपालमा कोरोना भाइरसका संक्रमितको संख्यामा कमी आएको छ । जसका कारण अवस्था सामान्य बन्दै गइरहेको छ ।

पर्यटक आगमन ५२.४१% ले घट्यो

सन् २०२१ मा नेपालमा आउने पर्यटकको संख्यामा उल्लेख्य कमी आएको छ । कोरोना भाइरस (कोभिड–१९)को शुरुआती वर्ष सन् २०२० मा भन्दा यो वर्ष नेपालमा आउने पर्यटकको संख्यामा ५२ दशमलव ४१ प्रतिशतले कमी आएको छ । नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२१ मा नेपालमा कुल १ लाख ५० हजार ९६२ पर्यटक आएका छन् । सन् २०२० मा भने नेपालमा आउने पर्यटकको संख्या २ लाख ३० हजार ८५ थियो । सन् २०१९ अर्थात् कोरोना भाइरसपूर्वको वर्षमा भने नेपालमा ११ लाख ९७ हजार १९१ जना पर्यटक नेपाल भ्रमणमा आएका थिए । सन् २०२० को शुरूमै देखिएको कोरोना भाइरसको प्रभाव हालस...

पर्यटक आगमन ५२.४१% ले घट्यो

काठमाडौं । सन् २०२१ मा नेपालमा आउने पर्यटकको संख्यामा उल्लेख्य कमी आएको छ । कोरोना भाइरस (कोभिड–१९)को शुरुआती वर्ष सन् २०२० मा भन्दा यो वर्ष नेपालमा आउने पर्यटकको संख्यामा ५२ दशमलव ४१ प्रतिशतले कमी आएको छ । नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२१ मा नेपालमा कुल १ लाख ५० हजार ९६२ पर्यटक आएका छन् । सन् २०२० मा भने नेपालमा आउने पर्यटकको संख्या २ लाख ३० हजार ८५ थियो । सन् २०१९ अर्थात् कोरोना भाइरसपूर्वको वर्षमा भने नेपालमा ११ लाख ९७ हजार १९१ जना पर्यटक नेपाल भ्रमणमा आएका थिए । सन् २०२० को शुरूमै देखिएको कोरोना भाइरसको प्रभाव हालसम्म कायमै छ । कोरोना कालका यी वर्षका बीचमा कोरोनाविरुद्धको खोप लगाएका कारण र हवाई यातायात पनि खुलाएका कारण यो वर्ष पर्यटक बढ्ने आकलनका बीच गतवर्षको भन्दा पनि कम पर्यटक नेपालमा आएका छन् । बोर्डको तथ्यांकअनुसार गतवर्ष नेपालमा आउने पर्यटकमा सबैभन्दा धेरै सार्क मुलुकका छन् । सन् २०२१ म बंगलादेश, भारत, पाकिस्तान, भुटान र श्रीलंकाबाट कुल ७१ हजार ६१० जना पर्यटक नेपाल आएका छन् । सार्कका यी मुलुकमध्ये पनि सबैभन्दा धेरै भारतबाट ६४ हजार ६७३ पर्यटक नेपाल आएका छन् । सबैभन्दा कम भने भुटानबाट जम्मा ३४४ जना नेपाल आएका छन् । सार्क मुलुकपछि दोस्रोमा यूरोपेली देशहरूका नागरिक आएका छन् । यूरोपको फ्रान्स, इटली, स्पेन बेलायत, जर्मन, डेनमार्कलगायत देशबाट सन् २०२१ मा २५ हजार ३०५ जना नेपाल भ्रमणमा आएका छन् । यूरोपेली देशमध्ये बेलायतबाट सबैभन्दा धेरै पर्यटक नेपाल आएका छन् । यो देशबाट नेपालमा आउने पर्यटकको संख्या ८ हजार ६८० रहेको छ । यस्तै जर्मनीबाट २ हजार ९३१ जना, फ्रान्सबाट २ हजार ८२९ जना र सबैभन्दा कम नर्वेबाट २७२ जना आएका छन् । यस्तै अमेरिकी मुुलुक क्यानडा र अमेरिका दुई देशबाट नै नेपालमा २५ हजार २९१ जना पर्यटक नेपाल आएका छन् । यीमध्ये अमेरिका (यूएसए) बाट २२ हजार ८५३ जना पर्यटक नेपाल भ्रमणमा आएका छन् । एशियाका देशहरू चीन, जापान, मलेशिया, सिंगापुर, थाइल्यान्ड देशबाट जम्मा ९ हजार ८२५ पर्यटक आएका छन् । यीमध्ये चीनबाट आउने पर्यटकको संख्या सबैभन्दा धेरै छ । सन् २०२१ मा चीनबाट जम्मा ६ हजार १९६ पर्यटक नेपालमा आएका छन् भने दक्षिण कोरियाबाट १ हजार २६३ जना पर्यटक नेपालमा आएका छन् । ताइवानबाट जम्मा ९१ जना पर्यटक नेपाल आएका छन् । नेपालमा आउने पर्यटकको संख्या भारतपछि चीनको धेरै हुने भए पनि कोरोना संक्रमणपछि भने चिनबाट आउने पर्यटकको संख्यामा कमी हुँदै आएको छ ।

राजदूतहरुबीच कोरोना नियन्त्रणका सम्बन्धमा सामूहिक छलफल

काठमाडौं। नेपाली दूतावास मस्कटको संयोजनमा खाडी राष्ट्र तथा पाकिस्तान, इजिप्ट, दक्षिण अफ्रिका र मलेसिया लगायतका मुलुकहरूका लागि नेपाली राजदूत तथा उप–नियोग प्रमुखहरुबीच कोरोना भाइरस नियन्त्रणका सम्बन्धमा छलफल (वेबीनार) भएको छ। कोरोना भाइरसको प्रभाव, नियन्त्रणका लागि चालिएका कदम, खोपको अवस्था तथा यस सम्बन्धमा नेपालले चाल्नु पर्ने उपयुक्त कदममा सम्बन्धमा छलफल भएको ओमानको लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले बताएकी छन्।

मजदुर घटाउँदै देशभरका होटल, सेवासुविधा पनि कटौती

काठमाडौं : कोरोना भाइरसको प्रभाव नेपालमा पनि पर्न थालेको छ। सबैभन्दा बढी प्रभाव होटल तथा रेष्टुरेन्टमा क्षेत्रमा परेको छ। अधिकांश विदेशी पर्यटक ग्राहक हुने काठमाडौं उपत्यकाका तारे होटल सुनसान बनेका छन्। कोरोना भाइरस महामारीको रुपमा आएपछि होटल तथा रेष्टुरेन्ट क्षेत्रमा ग्राहकको संख्‍या शून्यप्राय छ। ग्राहक नआउने र व्...

कुन ‘ब्लड ग्रुप’ लाई कोरोनाको बढी खतरा?

मानिसको रगतको आधारमा कोरोना भाइरस संक्रमण फरक हुने चिनियाँ अनुसन्धानले देखाएको छ। पछिल्लो अध्ययनअनुसार ए ब्लड ग्रुप भएका मानिसलाई कोरोना भाइरसको प्रभाव धेरै पर्ने र ओ ब्लड ग्रुप भएका मानिसहरुलाई कम ...