व्यवसायी तथा पूर्व सांसद इच्छाराज तामाङ पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले तामाङलाई सोमबार साँझ पक्राउ गरेको हो ।उनी माथि निक्षेपकर्ताको करिब ४६ करोड हिनामिना गरेको आरोप लागेको छ। उनी काठमाडौंको सोल्टीमोडस्थित सिभिल सहकारीका सञ्चालक हुन् । सहकारीको नियमविपरीत तामाङलगायतले आफन्तको नाममा ठूलो रकम कर्जा प्रवाह गरेर अनियमितता भएको देखिएपची उनलाई पक्राउ गरेर अनुसन्धान अगाडी बढाएको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार तामाङमाथि अहिलेसम्म ४४ करोड रुपैयाँ भन्दा धेरै हिनामिना र ठगी गरेको आरोपसहित कयौँ उजुरी परेको छ। उनको सहकारीले निक्षेपकर्ताको पैसा फिर्ता दिन नसकेपछि निक्षेपकर्ताले सहकारीमा उजुरी दिएका हुन् । प्रहरीले सहकारीका कर्जा अधिकृतलगायत अन्य १० जना कर्मचारीलाई पनि पक्राउ गरेको छ । तामाङ सिभिल बैंकका समेत अध्यक्ष हुन् ।