सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङ सीआईबीको नियन्त्रणमा

काठमाडौं : सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङ पक्राउ परेका छन्। तामाङलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले आज सुन्धाराबाट पक्राउ गरेको हो। उनीलगायत सिभिलका अन्य ११ जना कर्मचारीलाई पनि नियन्त्रणमा लिइएको ब्युरोका डीआईजी धीरज प्रताप सिंहले जानकारी दिए। ‘उहाँविरुद्ध ठगीमा उजुरी परेको हो, अनुसन्धानको लागि नियन्त्रणमा लिएका हौँ,’ डीआईजी सिंहले भने।…

सम्बन्धित सामग्री

इच्छाराज तामाङलाई पुर्पक्षका लागि थुनामा पठाउने अदालतको आदेश

काठमाडौँ– सिभिल ग्रुप ठगी प्रकरणमा पक्राउ परेका पूर्व सांसद इच्छाराज तामाङ पुर्पक्षका लागि कारागार चलान भएका छन्। थुनछेक बहसपछि जिल्ला अदालत काठमाडौँका न्यायाधीश  राजकुमार कोइरालाको इजलासले बुधबार तामाङलाई पुर्पक्षका लागि थुनामा पढाउने आदेश दिएको हो। सिभिल ग्रुपअन्तर्गत सिभिल सहकारीका नाममा भएको ठगीमा तामाङसहित ४२ जनाविरुद्ध ठगी र संगठित अपराधमा मुद्दा दर्ता भएको थियो। सिभिल सहकारीका  […]