ठमेलमा पर्यटकको चहलपहलसँगै व्यवसायी उत्साहित

काठमाडौं । संघीय राजधानी काठमाडौंको प्रमुख पर्यटकीय क्षेत्र ठमेललगायत नेपालका विभिन्न ठाउँमा पर्यटकको आवागमन बढ्न थालेको छ । कोरोना महामारीबाट थला परेको ठमेललगायत देशभरका पर्यटकीय गन्तव्यमा विस्तारै पर्यटकीय चहलपहल बढ्न थालेको हो । अहिले काठमाडौंको ठमेल क्षेत्रमा विस्तारै विदेशी पर्यटक देखिन थालेका छन् । ठमेल क्षेत्रका सडकमा पर्यटक देखिन थालेसँगै लामो समयदेखि तनावमा रहेका पर्यटन व्यवसायीमा आशा जाग्न थालेको छ । ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)का अध्यक्ष निलहरि बाँस्तोला पर्यटकको बढ्दो चहलपहलले पर्यटन उद्योगमा केही आशा पलाएको बताउँछन् । ‘लामो समय कोरोना महामारीबाट थलिएको नेपालको पर्यटन क्षेत्रमा पर्यटक आएसँगै खुसी छाएको छ,’ उनले भने । विश्व सम्पदा सूचीमा रहेका नेपालका पर्यटकीय क्षेत्रलाई व्यवस्थित गरेर जतिसक्दो पर्यटक भित्र्याएर राज्यले फाइदा लिनुपर्ने उनको भनाइ छ । ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्मा अहिले ठमेलमा विदेशी पर्यटक बढ्न थालेको बताउँछन् । ‘ठमेलका भित्री गल्लीमा विस्तारै विदेशी पर्यटक देख्न थालिएको छ,’ उनले भने । ठमेलमा ८० प्रतिशत व्यापार बाह्य पर्यटकबाट र २० प्रतिशत आन्तरिक पर्यटकबाट हुने गरेको छ । ठमेल क्षेत्रमा एक हजारभन्दा बढी होटेल रहेका छन् । ठमेलको चारतारे होटेल रमदा इन्कोरका सञ्चालक गोपाल पँगेनी पर्यटन मौसम शुरु भएसँगै आफ्नो होटेलमा बुकिङ गर्ने पर्यटकको संख्या बढेको बताउँछन् । मार्च, अप्रिल र मे महीनालाई नेपालमा पर्यटकीय मौसम मानन्छ । काठमाडौं–१६ ठमेलमा रहेको ९२ कोठे रमदा होटेलमा मार्चका लागि ७० प्रतिशत, अप्रिल र मेका लागि ९० प्रतिशत कोठा बुकिङ भएका छन् । सोही होटेलका महाप्रबन्धक महेश फुँयाल ठमेलमा पर्यटकीय गतिविधि विस्तारै बढ्दै गएको बताउँछन् । ‘एक महीना पहिलेभन्दा अहिले होटेलमा आउने स्वदेशी तथा विदेशी पाहुना बढेका छन्,’ उनले भने । अब विस्तारै नेपालको पर्यटन क्षेत्रले गति लिने उनको अपेक्षा छ । ठमेलमा रात्रिकालीन मनोरञ्जन गर्ने पाहुना खचाखच हुन थालेका छन् । शुक्रवार र शनिवार ठमेलमा अरु दिनभन्दा बढी चहलपहल हुन्छ । व्यावसायिक घराना, पारिवारिक जमघटदेखि युवापुस्ताको रात्रिकालीन जीवनशैलीसँग जोडिएको ठमेलका क्लब पुनः व्यावसायिक बाटोमा फर्किन थालेका छन् । ठमेलमा रात्रिकालीन व्यवसाय सञ्चालन गर्दै आएका द सर्ट स्टेशन रेस्टुराँ एन्ड बारका सञ्चालक धर्मराज पनेरु रातिको समयमा ठमेलमा मनोरञ्जन गर्न आउने विदेशी पाहुनाको संख्या बढेको बताउँछन् । ‘पछिल्लो १५ दिनदेखि रात्रिकालीन व्यवसाय क्रमशः राम्रो हुँदै गएको छ, यसले हामी व्यवसायीमा खुसी छाएको छ,’ उनले सुनाए । ठमेल क्षेत्रमा ६ हजारभन्दा बढी व्यक्तिले व्यापार व्यवसाय गर्दै आएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२३ को फ्रेबुअरीमा हवाईमार्ग भएर ७३ हजार २ ५५ पर्यटक नेपाल आएका छन् । जनवरीमा ५५ हजार ७४ विदेशी भित्रिएका थिए । सन् २०२२ को फ्रेबुअरीमा १९ हजार ७६६ पर्यटक आएका थिए । सन् २०२१ को सोही महीनामा ९ हजार १४६ विदेशीले नेपाल भ्रमण गरेका थिए । पछिल्ला दिनमा विदेशी पर्यटक आगमन उत्साहवर्द्धक रहेको नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेको भनाइ छ । फ्रेबुअरीमा भारतबाट १८ हजार ४०१ पर्यटक आए । अमेरिकाबाट ७ हजार ८८७ आएका छन् । त्यस्तै थाइल्यान्डबाट ४ हजार ८०२, दक्षिण कोरियाबाट ३ हजार २४६, अस्ट्रेलियाबाट २ हजार ९६९, चीनबाट २ हजार २६६, म्यानमारबाट २ हजार २३२, श्रीलंकाबाट २ हजार ११७ र जर्मनीबाट २ हजार १०८ पर्यटक नेपाल भित्रिएका छन् ।  रासस

सम्बन्धित सामग्री

पर्यटकको वृद्धिसँगै बन्दीपुरका व्यवसायी उत्साहित

तनहुँ – ‘पहाडकी रानी’ उपनामले परिचित पर्यटकीय क्षेत्र बन्दीपुरमा पर्यटकको चहलपहल बढ्न थालेको छ। आन्तरिक एवंं बाह्य पर्यटकको दैनिक आवागमनमा वृद्वि हुन थालेपछि यहाँका व्यवसायी उत्साहित भएका छन्। बाह्य पर्यटकको तुलनामा आन्तरिक पर्यटकको सङ्ख्या बढी हुने गरेको बन्दीपुर पर्यटन विकास समितिका निवर्तमान अध्यक्ष बैंश गुरुङले राससलाई जानकारी दिए। दसैँमा आन्तरिक पर्यटकको चहलपहल बढेको उनले बताए। […]

घोडेपानी र पुनहिलमा पर्यटकको बढ्न थालेपछि व्यवसायी उत्साहित

काठमाण्डौ – म्याग्दीको पर्यटकीयस्थल घोडेपानी र पुनहिलमा पर्यटकको चहलपहल बढ्न थालेको छ । चक्रीय अन्नपूर्ण पदमार्गले समेटिएको अन्नपूर्ण गाउँपालिका–६ स्थित पुनहिल स्वदेशी एवम् विदेशी पर्यटकको रोजाइमा पर्ने गरेको छ । बर्खायाम नसकिँदै विदेशी पर्यटकको आगमन शुरु भएको जनाउँदै भदौको पहिलो हप्तादेखि दैनिकरूपमा २० देखि एक सय जनासम्म विदेशी पर्यटक पुनहिल पुग्न थालेका घोडेपानी होटल व्यवस्थापन समितिका अध्यक्ष मीना पुनले जानकारी दिनुभयो । आगामी सिजनका लागि विदेशी पर्यटकले धमाधम होटल बुकिङ गर्न थालेका उहाँले बताउनुभयो । ...

कञ्चनजङ्घा क्षेत्रमा बढ्यो पर्यटकको चहलपहल

लामो समयसम्म सुनसानजस्तै रहेको कञ्चनजङ्घा क्षेत्रमा पर्यटक आगमनले पर्यटन व्यवसायी उत्साहित भएको पर्यटन व्यवसायी शेर्पाले बताए ।

कञ्चनजंघा हिमाल आरोहणका लागि आन्तरिक पर्यटकको चहलपहल

फुङ्लिङ । सेराप शेर्पा उत्साहित भएर ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमा मङ्गलबार गाडीको छतमा सामग्री राख्दै हुनुहुन्थो । विदेशबाट तिहार मनाउन घर फर्किनेजस्तै देखिन्थ्यो । उहाँ पर्यटन व्यवसायी हुनुहुन्छ । पर्यटक आगमन भएसँगै शेर्पा होटल सञ्चालन गर्न कञ्चनजङ्घा क्षेत्रमा जान तयारी गर्दै गर्नुभएको हो । विश्वको तेस्रो अग्लो हिमशिखर कञ्चनजङ्घा क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन […]

कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको चहलपहल बढ्यो

फुङ्लिङ – सेराप शेर्पा उत्साहित भएर ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमा मङ्गलबार गाडीको छतमा सामग्री राख्दै थिए । विदेशबाट तिहार मनाउन घर फर्किनेजस्तै देखिन्थ्यो । उनी पर्यटन व्यवसायी हुन् । पर्यटक आगमन भएसँगै शेर्पा होटल सञ्चालन गर्न कञ्चनजङ्घा क्षेत्रमा जान तयारी गर्दै थिए । विश्वको तेस्रो अग्लो हिमशिखर कञ्चनजङ्घा क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन हुन […]

दसैँतिहारको छुट्टी मनाउनेहरुको पुनहिलमा भीड

म्याग्दी – जिल्लाको पर्यटकीयस्थल घोरेपानी र पुनहिलमा पर्यटकको चहलपहल बढ्न थालेको छ। गत सातादेखि मौसममा आएको सुधारसँगै पुनहिलको भ्रमणमा जाने स्वदेशी एवम् विदेशी पर्यटकको सङ्ख्या वृद्धि हुन थालेको हो। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा अवस्थित पर्यटकीयस्थल घोरेपानी र पुनहिलमा पर्यटकको चहलपहल सुरु हुन थालेपछि होटेल व्यवसायी उत्साहित बनेका छन्। दसैँ र तिहार बिदाको सदुपयोग गर्न निस्केका […]

घोरेपानी र पुनहिलमा पर्यटकको चहलपहल सुरु, होटल व्यवसायी उत्साहित

म्याग्दीको पर्यटकीयस्थल घोरेपानी र पुनहिलमा पर्यटकको चहलपहल बढ्न थालेको छ । गत सातादेखि मौसममा आएको सुधारसँगै पुनहिलको भ्रमणमा जाने स्वदेशी एवम् विदेशी पर्यटकको सङ्ख्या वृद्धि हुनथालेको हो । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा अवस्थित पर्यटकीयस्थल घोरेपानी र पुनहिलमा पर्यटकको चहलपहल सुरु हुन थालेपछि होटल व्यवसायी उत्साहित बनेका छन् । दसैँ र तिहार बिदाको सदुपयोग गर्न निस्केका […]

मौसममा सुधार आएसँगै पुनहिलमा बढ्न थाल्यो पर्यटकको भीड

गलेश्वर : म्याग्दीको पर्यटकीयस्थल घोरेपानी र पुनहिलमा पर्यटकको चहलपहल बढ्न थालेको छ। गत सातादेखि मौसममा आएको सुधारसँगै  पुनहिलको भ्रमणमा जाने स्वदेशी एवं विदेशी पर्यटकको संख्या वृद्धि हुन थालेको हो। म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ मा अवस्थित पर्यटकीयस्थल घोरेपानी र पुनहिलमा पर्यटकको चहलपहल सुरु हुन थालेपछि होटल व्यवसायी उत्साहित बनेका छन्। दशैँ र…

पुनहिलमा पर्यटकको भीड

म्याग्दी, कात्तिक ५ । म्याग्दीको पर्यटकीयस्थल घोरेपानी र पुनहिलमा पर्यटकको चहलपहल बढ्न थालेको छ । गत सातादेखि मौसममा आएको सुधारसँगै पुनहिलको भ्रमणमा जाने स्वदेशी एवम् विदेशी पर्यटकको सङ्ख्या वृद्धि हुनथालेको हो । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा अवस्थित पर्यटकीयस्थल घोरेपानी र पुनहिलमा पर्यटकको चहलपहल सुरु हुन थालेपछि होटल व्यवसायी उत्साहित बनेका छन् । दसैँ र तिहार […]

अन्नपूर्ण पदमार्गमा देखिन थाल्यो पर्यटकको चहलपहल

लमजुङ- कोरोना महामारीका कारण सुनसान बनेको विश्वविख्यात चक्रिय अन्नपूर्ण पदमार्गमा पर्यटकको चहलपहल बढ्न थालेका छन् । कोरोना सङ्क्रमणको जोखिम कम भएसँगै सुनसान जस्तै बनिरहेको यस पदमार्गमा यतिबेला पर्यटकको चहलपहल बढ्न थालेका हुन् । बाह्य पर्यटकको चहलपहल बढ्न थालेपछि यस क्षेत्रका व्यवसायी उत्साहित भएका छन् । यस पदमार्गमा अहिले दैनिक १५ देखि २५ जनासम्म विदेशी पर्यटक आउन […]