घोरेपानी र पुनहिलमा पर्यटकको चहलपहल सुरु, होटल व्यवसायी उत्साहित

म्याग्दीको पर्यटकीयस्थल घोरेपानी र पुनहिलमा पर्यटकको चहलपहल बढ्न थालेको छ । गत सातादेखि मौसममा आएको सुधारसँगै पुनहिलको भ्रमणमा जाने स्वदेशी एवम् विदेशी पर्यटकको सङ्ख्या वृद्धि हुनथालेको हो । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा अवस्थित पर्यटकीयस्थल घोरेपानी र पुनहिलमा पर्यटकको चहलपहल सुरु हुन थालेपछि होटल व्यवसायी उत्साहित बनेका छन् । दसैँ र तिहार बिदाको सदुपयोग गर्न निस्केका […]

सम्बन्धित सामग्री

दसैँ सुरु भएसँगै मानुङकोटमा पर्यटकको चहलपहल

दसैँ सुरु भएसँगै तनहुँको पर्यटकीयस्थल मानुङकोटमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । व्यास नगरपालिका–५ स्थित मानुङकोटबाट दृश्यावलोकनका लागि यतिबेला दैनिकजसो आन्तरिक पर्यटक यहाँ पुग्ने गरेका छन् । राति बास बसेर बिहानै सूर्योदय र कुहिरो हेर्न आन्तरिक पर्यटक आउने गरेका होटल व्यवसायी चुडामणि दाहालले बताउनुभयो । अन्य दिनको तुलनामा शुक्रबार र शनिबार यहाँ पर्यटकको बढी घुइँचो […]

दसैँ सुरु भएसँगै मानुङकोटमा पर्यटकको चहलपहल

दसैँ सुरु भएसँगै तनहुँको पर्यटकीयस्थल मानुङकोटमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । व्यास नगरपालिका–५ स्थित मानुङकोटबाट दृश्यावलोकनका लागि यतिबेला दैनिकजसो आन्तरिक पर्यटक यहाँ पुग्ने गरेका छन् । राति बास बसेर बिहानै सूर्योदय र कुहिरो हेर्न आन्तरिक पर्यटक आउने गरेका होटल व्यवसायी चुडामणि दाहालले बताए । अन्य दिनको तुलनामा शुक्रबार र शनिबार...

दसैँ सुरु भएसँगै मानुङकोटमा पर्यटकको चहलपहल

दसैँ सुरु भएसँगै तनहुँको पर्यटकीयस्थल मानुङकोटमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । व्यास नगरपालिका–५ स्थित मानुङकोटबाट दृश्यावलोकनका लागि यतिबेला दैनिकजसो आन्तरिक पर्यटक यहाँ पुग्ने गरेका छन् । राति बास बसेर बिहानै सूर्योदय र कुहिरो हेर्न आन्तरिक पर्यटक आउने गरेका होटल व्यवसायी चुडामणि दाहालले बताए । अन्य दिनको तुलनामा शुक्रबार र शनिबार...

चिनियाँ पर्यटकको रोजाइमा बन्दीपुर

तनहुँ– बन्दीपुरमा चिनियाँ पर्यटकको चहलपहल बढेको छ । पर्यटकका लागि घुम्ने याम सुरु भएसँगै विदेशी पर्यटकको आवागमनमा वृद्धि भएको हो । गत वर्षको तुलनामा यो वर्षको भदौ यता बन्दीपुरमा चिनियाँ पर्यटकको सङ्ख्या बढेको होटल व्यवसायी बैँस गुरुङले जानकारी दिए । ‘हप्ताको दुई–तीन दिन चिनियाँ पर्यटक करिब पाँच–छ सयका दरले आउने गरेका छन्’, उनले भने, ‘जर्मनी, […]

बन्दपछि बन्दीपुर : पर्खाइमा ‘पहाडकी रानी’

डुम्रे — पछिल्ला दिन ‘पहाडकी रानी’ले परिचित बन्दीपुरमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्न थालेको छ । पर्यटकको चहलपहल भएसँगै बन्द जस्तै होटल व्यवसायले गति लिन थालेका हुन् । बन्दीपुरका होटल व्यवसायी सूर्य ढकाल भन्छन्, ‘बन्द जस्तै भएको व्यवसाय अहिले केही मात्रामा चयलायमान भएको छ ।’ सार्वजनिक बिदा र शनिबारको दिनमा बन्दीपुरमा आन्तरिक पर्यटकको आवतजावत […]

मौसममा सुधार आएसँगै पुनहिलमा बढ्न थाल्यो पर्यटकको भीड

गलेश्वर : म्याग्दीको पर्यटकीयस्थल घोरेपानी र पुनहिलमा पर्यटकको चहलपहल बढ्न थालेको छ। गत सातादेखि मौसममा आएको सुधारसँगै  पुनहिलको भ्रमणमा जाने स्वदेशी एवं विदेशी पर्यटकको संख्या वृद्धि हुन थालेको हो। म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ मा अवस्थित पर्यटकीयस्थल घोरेपानी र पुनहिलमा पर्यटकको चहलपहल सुरु हुन थालेपछि होटल व्यवसायी उत्साहित बनेका छन्। दशैँ र…

पुनहिलमा पर्यटकको भीड

म्याग्दी, कात्तिक ५ । म्याग्दीको पर्यटकीयस्थल घोरेपानी र पुनहिलमा पर्यटकको चहलपहल बढ्न थालेको छ । गत सातादेखि मौसममा आएको सुधारसँगै पुनहिलको भ्रमणमा जाने स्वदेशी एवम् विदेशी पर्यटकको सङ्ख्या वृद्धि हुनथालेको हो । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा अवस्थित पर्यटकीयस्थल घोरेपानी र पुनहिलमा पर्यटकको चहलपहल सुरु हुन थालेपछि होटल व्यवसायी उत्साहित बनेका छन् । दसैँ र तिहार […]

सौराहामा बढ्दै बाह्य पर्यटकको चहलपहल

चितवन । नेपालको प्रमुख पर्यटकीय क्षेत्र सौराहामा बाह्य पर्यटकको चहलपहल देखिन थालेको छ । कोरोना संक्रमणको जोखिमका कारण सुस्ताएको यहाँको पर्यटन क्षेत्र अहिले पूर्ववत् अवस्थामा फर्कने संकेत देखिएको छ । सौराहामा लामो समयपछि विशेषगरी यूरोपेली पर्यटक आउन शुरू गरेका छन् । ‘भारतीय पर्यटकको बुकिङ पनि राम्रो छ,’ क्षेत्रीय होटल संघ चितवनका अध्यक्ष दीपक भट्टराईले भने, ‘विगतका वर्षमा यो बेला ९० प्रतिशतसम्म होटलका कोठा बुकिङ हुने गरेको थियो । यस वर्ष १५ प्रतिशत हाराहारी कोठा भरिन थालेका छन् । विदेशी पर्यटक आउन थालेका छन् । त्यो नै खुशीको कुरा हो ।’ कोरोना संक्रमणको दर घट्दै गएपछि गोष्ठी, सभा, सम्मेलनजस्ता कार्यक्रमका लागि होटल बुकिङ हुन थालेको उनको भनाइ छ । जंगल सफारी लजका सञ्चालक सुमन घिमिरेका अनुसार जर्मनी, हल्याण्ड, इजरायललगायत देशका पर्यटक आउन थालेका हुन् । ट्रेकिङका लागि नेपाल आएका उनीहरू सौराहा घुम्न आएको उनको भनाइ छ । सोधपुछ निकै बढेकाले आउने अक्टोबरदेखि पर्यटकीय क्षेत्र पुरानै अवस्थामा फर्कने अनुमान उनको छ । ‘धेरै समयपछि छिटफुट रूपमा विदेशी पर्यटक देखिएका छन्। हिजोआज समूहमै पनि आउने गरेका छन्,’ उनले भने । क्षेत्रीय होटल संघ चितवनका निवर्तमान अध्यक्ष समेत रहेका घिमिरेले सन् २०२३ सम्ममा नेपालमा बाह्य पर्यटकको आगमन निकै सुधार हुने अनुमान गरे । चितवन राष्ट्रिय निकुञ्जसहित सामुदायिक वनमा हात्ती चढ्न विदेशी पर्यटक जान थालेका छन् । हात्ती व्यवस्थापन गर्दै आएका युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष ऋषि तिवारीले विशेषगरी एशियाली पर्यटक हात्ती चढ्न आउन थालेको बताए । सो सहकारीअन्तर्गत ३१ ओटा हात्ती छन् । तीमध्ये २० देखि २५ ओटाले दैनिक काम पाउन थालेका छन् । नेपाली, भारतीय र तेस्रो मुलुकका पर्यटक आउन थालेको उनको भनाइ छ । यस्तै बाघमारा मध्यवर्ती सामुदायिक वनमा पर्यटकका लागि मचानमा बस्ने सुविधासँगै हात्ती र ढुंगा सफारीको व्यवस्था छ । समितिका अध्यक्ष जितबहादुर तामाङले विदेशी पर्यटक आउन थालेको बताए । होटल जंगल क्राउनका प्रमुख कार्यकारी अधिकृत सन्तोष गिरीले शुक्रवार र शनिवारका लागि कार्यक्रम लिन नसकेको बताए । धेरै कार्यक्रम जुधेकाले व्यवस्थापनमा कठिन भएको उनको भनाइ छ । कोभिडका कारण रोकिएका कार्यक्रम हुन थालेको बताइएको छ । सौराहामा मुख्यरूपमा पर्यटक घुम्न आउने गर्दछन् । यसका अतिरिक्त ठूला सभा सम्मेलनसँगै विवाहका लागि पनि यहाँ आउने गर्दछन् । कम मूल्यदेखि महँगा कोठा आफ्नो क्षमता अनुसार लिन सकिने भएकाले सौराहा सबैको रोजाइ हुने गरेको छ । चितवन देशको मध्यभागमा पर्ने भएकाले पनि यहाँ ठूला संघसंस्थाले तालिम, सभा, सम्मेलन गर्दछन् । मुख्यरूपमा भारतीयहरू विवाहका लागि यहाँ आउने गर्दछन् । ती प्रयोजनका लागि आउनेहरू पर्यटकीय गतिविधिमा समेत रमाउन पाउने हुँदा सौराहा रोजाइ हुने गरेको होटल व्यवसायी माधव दुवाडीले बताए । सौराहामा १२० होटल छन् । ती होटलमा पाँच हजार पाँच सयसम्म पर्यटक राख्न सक्ने क्षमता छ । पछिल्ला वर्षमा होटलमा ठूलो लगानी भएको व्यवसायी बताउँछन् । रासस

लाङ्टाङमा बढ्यो आन्तरिक पर्यटकको चहलपहल

कात्तिक १४, रसुवा । नेपालको तेस्रो पर्यटकीय गन्तव्य लाङ्टाङ तथा धार्मिक क्षेत्र गोसाइँकुण्डमा आन्तरिक पर्यटकको आगमन क्रमश वृद्वि भएको छ ।  गत असोज २२ गते फुलपातिदेखि आन्तरिक पर्यटकको आगमन शुरू भएसँगै हिमाली क्षेत्रमा बन्द रहेको होटल व्यवसाय चलायमान हुन थालेको हो । दिनहुँ मौसममा सुधार, प्राकृतिक अवलोकनका लागि सहज र कोभिडका कारण बन्द रहेका होटल तथा लज पुनः सञ्चालन भएसँगै दैनिक सरदर करिब २०० को हाराहारीमा आन्तरिक पर्यटकको आवागमन भइरहेको लाङ्टाङ राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत शुष्मा रानाले बताइन् । विदेशी पर्यटक भने फाट्टफुट्ट रूपमा मात्र आएका छन् । कोरोना भाइरसको संक्रमण अवस्था शून्यतामा झरि सकेकाले हिमाली पदयात्रीले निर्धक्क साथ आफ्नो यात्रा गरिरहेका छन् ।  बेँसीबाट लेक चढ्दा चिसोका कारण रूघाखोकी लाग्न सक्ने भएकाले तातोपानी पिउने र न्यानो कपडा लगाउन यात्रुलाई चिकित्सकले सुझाव दिएका छन् । चिसोको कारण उत्पन्न रूघाखोकी लाग्दा नआत्तिन आग्रह गर्दै चिकित्शकले भनेका छन्–तलतल झर्दा क्रमशः आराम हुँदै जान्छ । मानववस्ती नजिक हिमनदी अवस्थित लाङ्टाङको क्याङ्जेन क्षेत्रले पर्यटकलाई मनमोहक बनाई पठाउने गरेको र सुनसान रहेको हिमाली क्षेत्रमा मनिसको चहल बढेसँगै स्थानीयस्तरमा उत्साह बढेको पर्यटन व्यवसायी ढिण्डुप तामाङले बताए ।  पदयात्रामा युवा आउने गरेको र लाङ्टाङ क्षेत्रमा भ्रमण गर्ने आन्तरिक पर्यटक आफ्नो पदयात्रापछि प्रफुल्लित भएर फर्कने गरेको व्यवसायी तामाङले बताए । पर्यटकीय क्षेत्रका सबै स्थानमा होटल तथा लज सञ्चालनमा आइसकेको जानकारी दिँदै पर्यटन होटल व्यवसायी संघका जिल्ला अध्यक्ष निसान उपनामले परिचित रामशरण गजुरेलले निर्धक्क साथ यात्रा गरी प्राकृतिक आनन्द लिन आग्रह गरेका छन् । यस्तै धार्मिक एवं पर्यटकिय क्षेत्र गोसाइँकुण्ड क्षेत्रको पदमार्गमा आन्तरिक पर्यटकको चहलपहल ह्वात्तै बढेको छ । भगवान् शंकर बिराजमान रहनुभएको पवित्र तीर्थ गोसाइँकुण्डको स्थान तथा पूजाआजा र प्राकृतिक छटाको दृश्य अवलोकनका लागि पर्यटक एवम् धार्मिक यात्रुको रूपमा अधिकांश मानिस गोसाइँकुण्ड जाने गरेका छन् । आन्तरिक पर्यटकको आगमन बढेसँगै रसुवाका पर्यटकीय क्षेत्रमा सुरक्षा व्यवस्था थप मजबुत पार्न सुरक्षा गस्ती बढाइएकाले निधक्कका साथ यात्रा गर्न सम्पूर्ण पदयात्रीलाई आग्रह गरिएको रसुवाका प्रमुख जिल्ला अधिकारी नवराज जैसीले बताए ।  लाङ्टाङ तथा गोसाइँकुण्ड निकुञ्जको संरक्षित क्षेत्रमा पर्ने भएकाले हिमाली पदयात्रा गर्दा, फोहर जथाभावी नफ्याक्न, लठ्ठीको लागि बोटबिरूवा नकाट्न र वन्यजन्तु तर्सने खाले कुनै क्रियाकलाप नगर्न लाङ्टाङ राष्ट्रिय निकुञ्जले पदयात्रीलाई आग्रह गरेको छ । रासस

दशैं नजिकिँदा फर्किंदैछ होटल व्यवसायीको खुशी

कोभिड–१९ का कारण झण्डै २ वर्ष थलिएका इलामका होटल दशैं नजिकिँदै गर्दा भरिभराउ हुन थालेका छन् । कोभिड संक्रमणदर न्यून हुँदै गएपछि आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको होटल व्यवसायी बताउँछन् । सरकारले तय गरेको भ्रमण वर्ष–२०२० लाई लक्षित गरी इलाममा करोडौं रुपैयाँ खर्चेर नयाँ–नयाँ होटल समेत शुरू भएका थिए तर कोभिडका कारण बन्दाबन्दीको अवस्था आएपछि धराशयी बनेका होटललाई यस वर्षको दशैं नजिकिँदै गर्दा केही सहज हुन थालेको सदरमुकामस्थित ग्रिन सिटी होटल सञ्चालक शारदा पराजुलीले बताए । ‘गत वर्ष र यो ...