सर्लाहीको चुरे भेगमा यातायात ठप्प

बर्खायाम सुरु भएसँगै सर्लाहीको उत्तरी चुरे भेगमा यातायात ठप्प भएका छन् । बाढीले खोलाको बाटो बिगारेपछि जिल्लाको चुरे भेगस्थित विकट क्षेत्रमा पर्ने नारायण खोला, शीर कालिञ्जोर, पिपलदमार लगायतका क्षेत्रमा यातायातका साधन अवरुद्ध भएका हुन् । त्यस भेगका स्थानीयहरु हिजोआज किनमेलका लागि बजारसम्म र औषधोपचारका लागि अस्पतालसम्म जान घण्टौं पैदल हिँड्न बाध्य छन् ।

सम्बन्धित सामग्री

चार महिनादेखि यातायात ठप्प

सर्लाहीको सबैभन्दा दुर्गम भेगमा पर्ने नारायण खोलामा चार महिनादेखि यातायात ठप्प हुँदा स्थानीय मारमा परेका छन्। सडक सञ्जालमा नजोडिएको चुरे भेगस्थित नारायण खोलामा बाढी आएर खोलाको बाटो बिगारेपछि गत जेठ पहिलो सातादेखि यातायातका साधन सञ्चालन हुन सकेका छैनन्। खोलामा पानी कम भएको बेला किराना पसल सञ्चालकले निकै मुस्किलले ट्याक्टरमार्फत खाद्यान्न सामग्री ढुवानी गर्दै आइरहेका छन्। यात्रुवाहक बस भने जेठदेखि नै पूर्ण रूपमा ठप्प भएको हो। दशैँ नजिकिएको बेला बस सञ्चालन नहुँदा नारायण खोलावासी निराश बनेका छन्।

सुदूरपपश्चिमका ७ पहाडी जिल्लामा यातायात ठप्प

धनगढी– लगातारको बर्षापछिको बाढी र पहिरोका कारण सुदूरपश्चिम प्रदेशका ७ वटा पहाडी जिल्लाको यातायात सेवा ठप्प बनेको छ । सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार अबिरल बर्षाका कारण डोटीको जोरायल गाउँपालिका स्थित बुडर नजिकै भीमदत्त राजमार्गमा पहिरो खस्दा ७ वटै जिल्ला जोड्ने सडक अबरुद्ध बनेको हो । भीमदत्त राजमार्ग अन्तरगत नै कैलालीको चुरे गाउँपालिका […]

पुल निर्माण नहुँदा यातायात ठप्प

उदयपुर, असोज १३ । पूर्व पश्चिम मदन भण्डारी लोकमार्ग निर्माण भएपनि पुल र एप्रोच सडक निर्माण नहुँदा सार्वजनिक यातायातका साधन सञ्चालन हुन सकेका छैनन् । सरकारको उच्च प्राथमिकतामा परेको यो राजमार्ग मध्यपहाडी लोकमार्ग र चुरे आसपासका क्षेत्रमा रहेका १४ वटा जिल्लाको विकासको ढोका खोल्ने बताइएको छ । पहिलो चरणमा निर्माण भएको चौदण्डी गढी नगरपालिका विरेन्द्र […]

लगातारको वर्षाले कच्ची सडक भत्काउँदा चुरे भएर सञ्चालन हुने यातायात ठप्प

सर्लाही –  लगातारको वर्षाले कच्ची सडक बगाएपछि चुरे भएर सञ्चालन हुने सबै  यातायात सञ्चालन हुन छोडेका छन् ।  केही दिन अघि परेको  पानीले कच्ची सडक  बिगारेपछि  तीन दिन देखि सबै सवारीका साधन सञ्चालन हुन बन्द भएको हरिहरपुर गढी गाउँपालिका ७ का वडाध्यक्ष बालकृष्ण नेपालले  बताउनुभयो ।  लगातारको वर्षले वाग्मती झन्झने पिपलमाढी , नयाँरोड कौवा, हरिवन क्यानखोला, लालबन्दी  सतास नारणखोला मरिण र परवानीपुर महादेवस्थान जोड्ने  कच्ची सडक बिग्रिएको हो । सडक भत्क...

चुरे भेगमा यातायात ठप्प

सर्लाहीको चुरेभेगमा यातायातका साधन ठप्प भएका छन्। शुक्रबार बिहानदेखि भारी वर्षा हुन थालेसँगै खोलाको बाटो बिग्रिएपछि चुरेभेगमा यातायातका साधन चल्न छाडेका हुन्। सडक सञ्जालमा नजोडिएको चुरेका दुर्गम बस्तीमा खोलाको बगर भएर जोखिमपूर्ण किसिमले बस, ट्याक्टर, जिपलगायतका सवारीसाधन सञ्चालन हुँदै आएका थिए। जिल्लाकै ‘कर्णाली’ भनेर चिनिने लालबन्दी नगरपालिका–१४, नारायण खोलामा शुक्रबार बिहानदेखि यातायातका साधन बन्द भएको बस व्यवसायीसमेत रहनुभएका वडाध्यक्ष छेनामसिंह घिसिङले जानकारी दिनुभयो। शुक्रबार राति भएको वर्षाले खोलाको बाटोमा थप क्षति गरेको उहाँले बताउनुभयो।