चार महिनादेखि यातायात ठप्प

सर्लाहीको सबैभन्दा दुर्गम भेगमा पर्ने नारायण खोलामा चार महिनादेखि यातायात ठप्प हुँदा स्थानीय मारमा परेका छन्। सडक सञ्जालमा नजोडिएको चुरे भेगस्थित नारायण खोलामा बाढी आएर खोलाको बाटो बिगारेपछि गत जेठ पहिलो सातादेखि यातायातका साधन सञ्चालन हुन सकेका छैनन्। खोलामा पानी कम भएको बेला किराना पसल सञ्चालकले निकै मुस्किलले ट्याक्टरमार्फत खाद्यान्न सामग्री ढुवानी गर्दै आइरहेका छन्। यात्रुवाहक बस भने जेठदेखि नै पूर्ण रूपमा ठप्प भएको हो। दशैँ नजिकिएको बेला बस सञ्चालन नहुँदा नारायण खोलावासी निराश बनेका छन्।

सम्बन्धित सामग्री

सार्वजनिक सवारी थन्किएकाे धेरै भयाे, पार्टपुर्जा बिग्रन थाले

सार्वजनिक यातायातका सवारी साधन तीन महिनादेखि ग्यारेज एवं खुला स्थानमा राखिँदा पार्टपुर्जा बिग्रन थालेका छन् । व्यवसायीले गुनासो गरेका छन् । कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी बन्दाबन्दीका कारण गत चैत ११ गतेदेखि सार्वजनिक यातायात ठप्प छ । यातायात सडकमा नगुडेपछि कति ग्यारेजमा थन्किएका छन् त कति सवारी भने ग्यारेजको अभावमा सडक वा खुला स्थानमा राखिएका छन् । ग्यारेज गरिएका साधनका पार्टपुर्जामा धेरै समस्या नभएपनि खुला रुपमा सडक वा अन्य स्थानमा राखिएका सवारीको टायर लगायत पार्टपुर्जा फेर्नुपर्ने अवस्थामा पुगेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले जानकारी दिनुभयो ।