रुकुम पश्चिमको मुसीकोट नगरपालिकाकी सावित्री खड्काका बुवा २०५६ सालमा राज्यपक्षबाट मारिए । उनका अनुसार बुवाको मृत्युपछि आमाले परिवारको हेला र तिरस्कारमा बाँच्नुपरिरहेको छ । ‘बुवाको मृत्यु हुँदा म ४ महिनाकी थिएँ,’ उनले भनिन्, ‘पीडा र दुःख जसले भोगेको छ, उसैलाई मात्र थाहा हुन्छ, बुवाको मृत्युपछि मलाई आमाले जसोतसो हुर्काउनुभयो । तर आजसम्म कसैले हेरेको छैन ।’ उनी स्नातक तहमा अध्ययनरत छिन् । तर उनलाई सरकारले छात्रवृत्तिको व्यवस्था गरेको छैन न उनको परिवारले राहत नै पाएको छ ।