लामो श्वास फेर्दै भने, ‘हिजो साउदी अरेवियाबाट फर्केको हुँ दाजु। तीन महिना बस्नु छ। एकपटक सबै आफ्न्तकोमा जानुपर्यो। विदेशबाट आउँदा केही ल्याएको छ भनेर सबै आशा गर्छन्। बाहिरबाटै सबै ल्याउन मुस्किल छ। म त साउदीको कोसेली पो ल्याउँदै छु दाजु।’...
१९ पुस, जनकपुरधाम । भारतको अयोध्यामा नवनिर्मित राम मन्दिरको प्राण प्रतिष्ठाका लागि धनुषास्थित जानकी मन्दिरबाट ११ सय कोसेली पठाइँदै छ । मिथिलाञ्चलमा छोरीको घरमा माइतबाट कोसेली पठाउने चलन छ । त्यही विधि अनुसार अयोध्यामा नवनिर्मित राम मन्दिरको प्राण प्रतिष्ठा (घरबास)मा सीताको माइतीघर जनकपुरबाट कोसेली पठाउन लागिएको हो । कोसेलीमा सारी, धोती, गरगहना, पलङ, टेबुल, कुर्सि, […]
१४ फागुन, काठमाडौं । ललितपुर महानगरपालिकाले ‘कोसेली घर’ सञ्चालन गर्ने भएको छ । महानगरपालिकाले पाटन ढोका अगाडिको स्थान भाडामा लिएर कोसेली घर सञ्चालन गर्न लागेको हो । महानगरभित्र उत्पादन हुने हस्तकलाको बजार प्रवर्द्धन र विस्तारका लागि कोसली घर स्थापाना गर्न लागेको महानगरले जनाएको छ । महानगरका सूचना अधिकारी देवीप्रसाद गुरागाईंका अनुसार महानगरमा दर्ता भएका मात्रै […]
काठमाडौँ,८ पुष । सुन्दरबजार नगरपालिकाले सुन्दरबजार नगरपालिका–६ ठाँचीचौरस्थित प्रशासकीय भवनमा कोसेली घर निर्माण गरिरहेको छ । यहाँ स्थानीय उत्पादनको प्रवद्र्धन तथा बजारीकरण गर्ने र पर्यटक आकर्षित गर्ने उद्देश्यले नगरपालिकाले १५ लाख लगानीमा कोसेली घर निर्माण सुरु गरेको नगर प्रमुख कृष्णप्रसाद कोइरालाले बताए । उनले भने, “पालिकाभित्रका बासिन्दाले उत्पादन गरेका सामग्री राख्नका लागि कोसेली घर निर्माणलाई […]
स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिकामा ‘कोसेली घर’ सञ्चालन गरिएको छ । वालिङ उद्योग वाणिज्य संघ महिला उद्यमी विकास समिति मार्फत सञ्चालन र व्यवस्थापन हुने गरी महिला उद्यमीहरुले आ-आफ्ना उत्पादनलाई राख्नका लागि कोसेली घर सञ्चालनमा ल्याएका हुन् । एक कार्यक्रमकाबीच कोसेली घरकाे उद्घाटन गर्दै वालिङ नगरपालिकाकी उपप्रमुख कविता तिवारी गैरेले सबै मिलेर नै नगरको समृद्धि सम्भव […]
स्याङ्जाको वालिङ नगरपालिकाले स्थानीयस्तरमा उत्पादन भएका वस्तुहरुको बजारीकरणमा सहज हुने भन्दै कोसेली घर निर्माण गरी सञ्चालनमा ल्याएको छ ।नगरभित्र उत्पादित स्थानीय वस्तुहरुको प्रचारप्रसार तथा बजारीकरणमा सहयोग गर्ने उद्देश्यले नगर परिसरमै कोसेली घर निर्माण गरीएको हो । वालिङ नगरपालिकाभित्र उद्यमशीलताको विकास गर्ने योजनासहित नीति तथा कार्यक्रम बनाइएको नगर प्रमुख दिलिप प्रताप खाँणले बताए । “स्थानीय स्रोत […]
साँफेबगर नगरपालिकाकामा नगर उपप्रमुख कोसेली कार्यक्रम सञ्चालन भएको छ । उपमेयर विर्मलादेवि वुड्थापाले उक्त कार्यक्रमबाट घरघर पुगेर गर्भवतीलाई कोसेली दिएकी छन् । १४ वडाका ३ सय ३८ जना गर्भवतीलाई कोसेली दिइएको हो ।उनका अनुसार हरेक गर्भवतीलाई १ क्रेट अण्डा, १ थान कम्बल, २ लिटर तेल, कोल्केट, व्रस, साबुन, मास्क र एक प्याकेट नुन दिइएको हो । गर्भवतीका लागि पोष्टिक आहार लिएर घर आँगनमै आउनु खुसी भएको साँफेबगर नगरपालिका-४ मष्टमाडौंकी सरिता भुलले बताइन् । गर्भावस्थामा महिलाका लागि कोसेली लिएर
सोमबारबाट हस्तकला कोसेली मेला सुरु भएको छ । नेपाल हस्तकला महासंघ र भाटभटेनीको संयुक्त आयोजनामा आजबाट नक्सालको भाटभटेनीमा हस्तकला कोसेली मेला सुरु भएको हो । मेला कात्तिक १६ गतेसम्म सञ्चालन हुने छ ।१० गतेसम्म काठमाडौंको नक्सालमा सञ्चालन हुने छ भने कात्तिक ११ देखि १३ गतेसम्म भक्तपुरको ठिमी र १४ गतेदेखि १६ गते ललितपुरको कृष्णगल्लीमा रहेको […]
काठमाडौं, कात्तिक ८ । नक्सालस्थित भाटभटेनी सुपरमार्केटमा हस्तकला कोसेली मेला सुरु भएको छ । मेलाको नेपाल हस्तकला महासंघका अध्यक्ष सुरेन्द्र भाइ शाक्य र भाटभटेनी सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरुङ्गकी धर्मपत्नी सावित्री गुरुङ्गले सयुक्तरुपमा उद्घाटन गर्नुभयो । महासंघले हस्तकलाको आन्तरिक बजार प्रवद्र्धन गर्न हस्तकला कोशेली मेला आयोजना गरेको जनाएको छ । नक्साल भाटभटेनीपछि नयाँ ठिमी र कृष्णगल्ली […]
प्रदेश १ भरिका अपाङ्गता भएका व्यक्तिहरुले गरेका उत्पादन बजारीकरण र बिक्रीका लागि विराटनगरमा कोसेली घर सञ्चालनमा ल्याइएको छ ।
राष्ट्रिय अपाङ्ग महासंघ प्रदेश १ ले विराटनगरमा कोसेली घर सञ्चालनमा ल्याएको हो ।
कोसेली घरले प्रदेशभरि छरिएर रहेका अपाङ्गता भएका व्यक्तिहरुले गरेको उत्पादन संकलन गरेर बिक्री, वितरण र बजारीकरण गर्ने थलोको रुपमा विकास गर्ने लक्ष्य रहेको अपाङ्ग महासंघ प्रदेश १ का अध्यक्ष पार्वता श्रेष्ठले बताइन् ।
अपाङ्गता भएका व्यक्तिहरुले आय–आर्जनका लागि बनाएका यी सामाग्री बिक्री केन्द्रमार्फत खुद्रा बिक्री गर...
कैलालीको टीकापुर नगरपालिकाले चालू आर्थिक वर्षमा ४२६ सुत्केरीलाई उपमेयर पोषण कोसेली वितरण गरेको छ ।
नगरपालिकाले स्वास्थ्य संस्थामा सुत्केरी सेवा लिएका ४२६ सुत्केरीलाई कोसेली दिएको हो ।
नगरपालिकाले स्वास्थ्य संस्थामै सुत्केरी हुन प्रोत्साहन गर्न र नियमित गर्भजाँचमा ल्याउन कोसेली कार्यक्रम शुरू गरेको छ ।
कोसेली पाएपछि सुत्केरी महिला खुशी भएका छन् । टीकापुर–१ की रुपा चौधरीले कोसेली पाएपछि खुशी लागेको बताइन् । ‘मेरो २ महिनाकी छोरी छन्, पहिलो सन्तान हो । कोसेली लिन श्रीमान् पनि सँगै जानुभएको थियो,&r...