‘मामाघर नेपाल’ मकवानपुरमा सडक बालकहरुको व्यवस्थापनमा सक्रिय रुपमा काम गरिरहको संस्था हो । स्थानीय २–४ जना युवाको सक्रियतामा सुरु भएको ‘मामाघर’ २०६८ कात्तिक २७ गतेबाट हेटौंडा–४, जीएस चोकमा ५ कोठाको घर भाडामा लिएर प्रारम्भ गरिएको थियो ।मुख्यतः हेटौंडाको चुनौतीको रुपमा रहेको सडक बालक व्यवस्थापनमा यो संस्थाले महत्वपूर्ण काम गरेको छ । विधिवत् रुपमा २०७० सालमा दर्ता भएर सञ्चालनमा आएको सो संस्थाले हालसम्म सयौं सडक बालकलाई परिवारमा पुनःस्थापना गर्ने काम गरिसकेको छ भने